© २०२३
नवलपुर, २६ भदौ ।
पूर्वी नवलपरासीको कावासोतीमा प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नं. १० का ३९ वर्षीय टिकाप्रसाद टोमटालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टोमटाले नयाँ नागरिकता बनाउनका लागि जन्ममिति लगायत सम्पूर्ण विवरण झुटो पेश गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका जिल्ला प्रहर कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । यसअघि भदौ १३ गते पनि दोहोरो नागरिकता लिन खोज्दा गौँडाकोट नगरपालिका वडा नं. ५ का बलराम सापकोटाका छोरा २८ वर्षीय अर्जुन सापकोटा पक्राउ परेका थिए ।
टोमटालाई फौजदारी कार्यविधि सँहिता २०७४ को दफा १४(६) बमोजिम दोहोरो नागरिकता शीर्षकमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको पौडेलले जानकारी दिए । कुनै नेपालीले झुटो विवरण पेशगरी नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी