© २०२३
नवलपुर, २३ भदौ ।
पुर्वी नवलपरासी लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणका कार्यमा अब्बल बन्दै गएको छ । नवलपुरका विभिन्न ५ वटा सामुदायिक तथा मध्यवर्ती वन र एउटा आवादी क्षेत्र गरेर एक वर्षको अवधिमा १ सय २६ वटा गिद्धको गुँड फेला परेको छ ।
जसको गुँडहरुबाट ९४ वटा गिद्धका बच्चा हुर्किएका जटायु रेष्टुरेन्टका अध्यक्ष डिबि चौधरीले बताए । जटायु रेष्टुरेन्टले गरेको अध्ययन अनुसार जिल्लाको अंकुर सामुदायिक वनमा २ वटा, गुन्द्रही ढकाहा मध्यवर्ती वनमा ५२ वटा, ज्योति कुञ्ज सामुदायिक वनमा १९ वटा, कृष्णसार मध्यवर्ती वनमा १० वटा, नमूना मध्यवर्ती वनमा २६ वटा र रकुवाको आवादी क्षेत्रमा ४ वटा गिद्धको गुँड फेला परेको हो ।
जस मध्ये जिल्लाको नमुना सदरमुकाम बनाउने स्थान रहेको ज्योती कुञ्ज सामुदायिक वनमा १९ वटा गुँडबाट १९ वटा नै गिद्धका बच्चा हुर्किएर बाहिरी वातावरणमा आएका छ्न भने गुन्द्रही ढकाहाबाट ३७, अंकुरबाट २, कृष्ण सारबाट १० नमूनाबाट २६ र रकुवाको आवाद क्षेत्रका गुँडबाट २ वटा गिद्धका बच्चा हुर्किएर बाहिरी वातावरणमा आएका हुन् ।
यहाँको जिल्ला सदरमुकाम बन्ने स्थलमा १९ को संख्यामा रहेका गिद्धका गुँड विस्थापित नहुने गरी सदरमुकाम निर्माणको कामलाई अगाडि बढाइने गरेर तयारी गरिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले बताए । केही दिनअघि योजना आयोगको स्थलगत अनुगमनका क्रममा समेत गिद्धका गुँड र बासस्थान जोगाउने गरी निर्माणको काम गर्ने र नमूना सदरमुकामलाई गिद्ध संरक्षणसँगै जोडेर अगाडि बढाउने तयारी गरिएको उनको भनाई थियो ।
विषाक्त खानाका कारण एक वर्षमा २३ वटा गिद्ध मरेपछि चिन्तित गिद्द संरक्षणकर्मीहरुलाई पछिल्लो नयाँ तथ्यांकले खुसी बनाएको अध्यक्ष चौधरीले बताए । त्यो बाहेक ७२ वटा गिद्धबाट सन २००६ मा कावासोती–१३ मा गिद्ध संरक्षणका लागि समुदाय स्तरमा स्थापना गरिएको जटायु रेष्टुरेन्टमा विभिन्न प्रजातीका ५१७ वटा लोपोन्मुख गिद्ध रहेका छ्न् ।
गिद्ध संरक्षणमा नवलपुर र अझ विशेष गरी जटायु रेष्टुरेन्ट र त्यहाँका स्थानीयले सिङ्गो देशलाई नै उदाहरण प्रस्तुत गरेको चरा विज्ञ डा. हेमसागर बरालले बताए । “नवलपुर र जटायु रेष्टुरेन्ट र त्यहाँको समुदायले गिद्ध संरक्षणमा देखाएको सक्रियताले देशका अन्य स्थानमा समेत सकारात्मक सन्देश दिएको छ, नवलपुरबाट देशका अन्य जिल्लाले सिक्नु पर्ने कुरा धेरै छ्न”, बरालले भने, “एक वर्षको अवधिमा १२६ वटा गुँडबाट ९४ गिद्द हुर्किएर बाहिरी वातावरणमा आउनुलाई निक्कै राम्रो मानिन्छ ।”
गिद्ध संरक्षणमा सफलतासँगै केही चुनौती रहेको भन्दै जटायु रेष्टुरेन्टका अध्यक्ष चौधरीले समुदाय र सरोकारवालाको सहयोगमा बिस्तारै चुनौती हटाउँदै जान लागिएको बताए । “हिजो ७२ वटा गिद्धबाट जटायु रेष्टुरेन्ट सुरु गरेका हौ, चुनौती आउँछ्न्, सँगै सफलता पनि पाएका छौँ”, चौधरीले भने । विषाक्त आहारा, बासस्थानको समस्या र विद्युत लाईनका कारणले केही चुनौती थपेको भए पनि गिद्द संरक्षणमा नवलपुर र जटायु रेष्टुरेन्ट उदाहरणीय अब्बल बन्दै गएको उनको भनाई थियो ।
लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि नवलपुरको कावासोती–१३ मा स्थापना गरिएको जटायु रेष्टुरेन्टले समुदाय स्तरमा गएर चलाएको अभियानका कारण पछिल्लो समय गिद्ध संरक्षणमा सफलता प्राप्त हुँदै गएको हो ।
जिल्लाको कावासोती–१३ मा रहेको नमूना सामुदायिक मध्यवर्ती वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले बताए । उनका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन् । आगन्तुक प्रजातिका गिद्ध भने हिउँदको समयमा आउने गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी