© २०२३
काठमाडौं,६ कात्तिक । बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज आइतबार अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ।
सरकारी वकिल कार्यालय स्रोतले आइतबार अभियोगपत्र दर्ताको तयारी भइरहेको जनाएको छ । प्रहरीले शुक्रबार अपरान्ह अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।
‘अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार र दर्ताको काम सम्भवत आज सकिने एक अधिकारीले बताएका छन् । अभियोग पत्र दर्ता भएपनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना छ।
सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनीमाथि १७ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी छिन्। तर आरोप लगाउने बालिकाको उमेर विवादित छ । उनीसंग १९ वर्ष उमेर जनिने नागरिकता भएको सन्दिपका वकिलले बताएका छन् ।