ट्रेंडिंग:

>> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग

चाडपर्वमा महँगी बढ्दै, रोक्ने कहिले ?

१४ भाद्र २०८१, शुक्रबार
१४ भाद्र २०८१, शुक्रबार

हरेक बर्षको साउन महिनादेखि नै नेपाली उपभोक्ताले अस्वाभाविक मूल्यबृद्धिको सामना गर्दै आउनु परेको छ । बर्षौदेखि चल्दै आएको यो परम्परा यो बर्षपनि यथावत छ, अर्थात चाडपर्व आउँदै गर्दा उपभोक्ताका दुःखका दिन सुरु हुन्छन् । बजारमा महंगीले उपभोक्ताको ढाडमात्रै होइन करङ्ग नै सेक्ने अवस्था उत्पन्न भएको छ । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक रूपमा बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभएपनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् । नेपाल खाद्य किराना तथा थोक व्यापार संघका अनुसार नेपाल सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नाममा अनावश्यक रूपमा लगाउँदै आएको ३० प्रतिशत भन्सार महसुल एवं अग्रिम आयकर कट्टीबापत १० प्रतिशतको राजस्व उठाउने गरेकाले पछिल्लो महिना चिनी, दलहन र चामलको भाउ बढेको छ । नेपाल खाद्यवस्तुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा नेपालमा खाद्यान्न लगायतका सवै उपभोग्य वस्तुको मूल्यमा बृद्धि भएको छ । पछिल्लो दुई महिनाको बिचमा मोटा चामल प्रतिबोरा तीन सय रुपियाँसम्म, दलहन प्रतिकेजी ९० रुपियाँसम्म र चिनी प्रतिकेजी २० रुपियाँ महँगो भएको छ । यसले उपभोक्तालाई महंगीको भार बढाएको छ ।

भारत सरकारले चामल, चिनी र दलहनलगायतका खाद्यवस्तु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुल लगायतका कारण पछिल्ला दिनमा नेपालका सीमित व्यापारीले आफूखुसी रूपमा मौज्दात रहेका वस्तुको मूल्य बढाएको पाइएको छ । सरकारका नियमनकारी निकायले अनुगमन गरेर कारबाही गर्न भने आनाकानी गर्दै आएका छन । सरकारको अनुगमन टोली सधैँ साना खुद्रा पसलमा सीमित हुँदा बजार अनुगमनले परिणाम दिन नसकेको अनुभूति भएको छ । पछिल्ला दुई महिनाको बिचमा चामल, चिनी, दहलन, चिउरा, आटालगायत सबै वस्तुको भाउ महँगो भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा चामल र चिनीको अभाव नहोस् भन्दै भारतबाट ६५ हजार मेट्रिक टन चामल र १९ हजार मेट्रिक टन चिनी खरिदका लागि व्यापारी छनोट गरेर खरिद प्रक्रिया थालेको छ । तर, नेपालमा ब्यापारीहरूले महंगी बढाउन तिज, दशैं तिहार लगायतका चाडपर्व कुरेरै बस्ने भएकोले भारतबाट जति सस्तोमा सामान आएपनि अहिले महंगी घटने अवस्था छैन । सरकारी अनुगमन संयन्त्र समेत यही बेला मूकदर्शक बन्ने गरेको छ । भारतबाट ल्याउँदै भाउ बढेको वस्तुको भाउ बढाउनुु स्वाभाविक भए पनि मौज्दात रहेकै वस्तुको भाउ बढाउने गरिएको छ । यसले बजारमा जति महंगी बढाएपनि कसैले केही गर्दैन भन्ने भावनाको विकास भएको छ । त्यसमाथि अहिले भारतले चामल, दलहन लगायतका वस्तुको निर्यातमा कडाइ गर्दै ती वस्तुको निर्यातमा २० प्रतिशत अतिरिक्त भन्सार महसुल थपेकाले आमनेपाली उपभोक्ता यसको प्रत्यक्ष मारमा परेको अवस्था छ । भारत सरकारले यी वस्तुको निर्यात नेपाल, श्रीलङ्का, माल्दिभ्समा पनि निर्यात गर्दै आएको भए पनि ती देश लगायतको भन्सार महसुल भने नेपाललाई मात्रै लगाएको छ ।

चाडपर्वको बेलामा सरकारले सर्वसाधारण उपभोक्तालाई असर पर्ने विषयमा जिम्मेवार र गम्भीर हुनुपर्नेमा सरकारको वेवास्ताकै कारण महँगी भारमा उपभोक्ता पर्नुपरेको कुरा लुक्दैन । चाडपर्वको यो बेला भएको मूल्यबृद्धिबाट नेपालीको भान्सा महंगो भएको मात्र छैन, तीजको मुखैमा महिला दिदी बहिनीहरूलाई आहत दिएको छ । एकातिर बजारमा भाउ बढ्दै जाने अर्कोतिर सर्वसाधारणको मात्रै होइन, उद्यमीको समेत क्रयशक्ति कमजोर हुने अवस्था आएको छ । ठूलाबडाले विलासी सामान किन्न नसकेका होलान्, सर्वसाधारणलाई भने हातमुख जोर्नै धौ भइसकेको छ । तसर्थ सरकार जनताकै सुविधाका लागि बनेको हो भने अव ढिलाई नगरी उपभोक्तालाई राहत दिनेतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission