ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

प्रवासको सिप, क्षमता र पूँजीलाई नेपाल भित्र्याउन प्रधानमन्त्रीसंग आग्रह

११ भाद्र २०८१, मंगलवार
११ भाद्र २०८१, मंगलवार

बुटवल, ११ भदौ ।

प्रवासी नेपाली संघ भारतले लगभग एक तिहाई जनसंख्या देशवाहिर रहेकाले उनीहरुको हक हित र सुरक्षाका लागि प्रवासी नेपाली आयोग गठन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । त्यस्तै संघले भारत प्रवासमा रहेका नेपालीहरु समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा जोडिन इच्छुक रहेकाले नेपाल सरकारले प्रवासी नेपालीको लगानी पूँजीलाई सुरक्षित गर्ने ग्यारेन्टी गर्न र नेपाल सरकार, प्रवासी नेपाली उद्यमी तथा व्यवसायीबीच संयुक्त लगानी वोर्ड स्थापना गर्दा भारत प्रवासबाट मात्र करोडौं पूँजी स्वदेशमा लगानी हुने भएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण गरेको छ ।

प्रवासी नेपाली संघ भारतका लागि नेकपा (एमाले) का पार्टी इन्चार्ज हरिप्रसाद घिमिरे, संघका अध्यक्ष नारायण प्रसाद होमागाई, उपाध्यक्ष सीता अधिकारीसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र दिदै उक्त माग गरेका हुन् ।

ज्ञापनपत्रमा भारतमा निजी क्षेत्रमा कार्यरत मजदुरहरुले एम्प्लाइज प्रोभिडेन्ट फण्डद्वारा प्रदान गर्दै आएको पेन्सन योजना अन्तर्गत प्रवासी श्रमिकहरु सम्वन्धित रहेपनि सो रकम न्युन हुनुका साथै प्राप्त गर्नका लागि भारतमै जानुपर्ने बाध्यताका साथै त्यसका लागि भारतीय कागजात चाहिने भएकोले धेरै नेपालीहरु सो पेन्सन बुझ्न नगएकोले वार्षिक अरवौं रकम नोक्सानी भएकोले नेपालमै बुझ्ने व्यवस्था मिलाउन पनि जोडदार माग गरिएको छ ।

यस्तै अन्य मागहरुमा सिमा क्षेत्रमा कडाई गरी आपराधिक कार्य नियन्त्रण गर्न, सुरक्षाका लागि आवागमनको अभिलेखीकरण गर्न तथा नेपाली भन्सार नाकामा नेपाली कर्मचारीले प्रवासीहरुलाई दुव्र्यवहार गर्ने र एउटै समयमा पटक पटक जाँच गर्ने गरिएकोले एक ठाउँबाटै कम्प्युटराइज्ड तरिकाले जाँच गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

भारतमा शिक्षा प्राप्त गर्नुका साथै उतै जन्मे हुर्केका प्रवासी नेपालीका सन्तानलाई नेपालमा प्रवासी नेपाली आरक्षण कोटाको व्यवस्था गरी उनीहरुको सिप, दक्षता, र क्षमतालाई नेपालको विकास र समृद्धिमा लगाउन, लामो समयदेखि भारतमा बस्दै आएका नेपालीलाई पनि एनआरएनलाई जस्तै दोहोरो नागरिकता प्रदान गरी लगानी भित्र्याउने व्यवस्था मिलाउन, भारतमा जाने नेपालीले नेपाली नागरिकताका आधारमा सिमकार्ड पाउने व्यवस्था मिलाउन प्रवासी नेपाली संघले माग गरेकोे छ ।

त्यस्तै भारतमा रहेका नेपाली मठ मन्दिर, धर्मशालाको संरक्षण तथा स्वामित्व ग्रहण हुन नसक्दा बेवारिसे भइरहेकोले तिनलाई नेपालको सम्पत्ति बनाउने कानुनी व्यवस्था मिलाउन, प्रवासमा रहेका नेपालीको तथ्यांक व्यवस्थित तरिकाले संकलन गर्न र तेश्रो मुलुकमा हुने दुर्घटना वा मृत्युजस्ता घटनामा नेपाल सरकारले क्षतिपूर्तिको व्यवस्था गरेपनि भारतमा हुने त्यस्तै प्रकारका घटनामा बेवास्ता गरिएकोले नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

सो टोलीले पार्टीका महासचिव शंकर पोख्रेललाई पनि भेट गरी सरकारलाई बुझाएका मागका सम्वन्धमा सहजीकरण गरिदिन अनुरोध गरेको छ । महासचिव पोख्रेललाई पार्टीको संगठनात्मक कामका विषयमा जानकारी गराउँदै प्रवासमा काम गरेर नेपाल आउनेलाई पार्टीको जिम्मेवारी दिन, पार्टी स्कुल बिभागको तर्फबाट प्रवासी नेपालीको स्थिति, अबस्था, उनीहरूले गरेको योगदान, तथा भबिष्यमा गर्नुपर्ने कामलाई समेत सम्वोधन हुने गरी पाठ्यक्रम बनाई ती विषयलाई जानकारी दिने वातावरण बनाउन, प्रवासमा रहेका कार्यकर्तालाई पनि विभिन्न विभाग वा संयन्त्रमा जिम्मेवारी प्रदान गर्न अनुरोध गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?