ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

कार्यान्वयन होला आचारसंहिता ?

१० भाद्र २०८१, सोमबार
१० भाद्र २०८१, सोमबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जारी गर्नुभएको आचारसंहितालाई लिएर अनेकखाले टिप्पणीहरू सार्वजनिक भैरहेको बेला कार्यान्वयन जटिल देखिएको छ । आचारसंहिता कार्यान्वयन भएको अवस्थामा भने सुशासन, पारदर्शीता र जवाफदेही सरकारको छनक देख्न पाईने आशा एवं अपेक्षा गर्नु अस्वाभाविक होइन् । यद्यपि आचारसंहिता कार्यान्वयनमा मुख्यमन्त्रीको पहल कत्तिको प्रभावकारी बन्छ त्यो पछिल्लो दिनले देखिने छ । लागू हुनै कठिन देखिने आचारसंहिता अरू प्रदेशका लागिमात्रै होइन संघीय सरकारका लागि पनि मार्गदर्शक बन्ने देखिन्छ । मन्त्रीहरूका लागि जारी आचारसंहितामा प्रदेश राजधानी बाहिर भ्रमणमा जाँदा मुख्यमन्त्रीबाट भ्रमणको पूर्व स्वीकृति लिएर मात्र जानुपर्ने, जिल्ला भ्रमणमा जाँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई भ्रमण कार्यक्रमबारे अग्रीम जानकारी गराउनुपर्ने, भ्रमण टोली सानो र भ्रमण खर्च मितव्ययी हुनुपर्ने, अनावश्यक र औचित्यहीन भ्रमण कार्यक्रममा संलग्न हुन नहुने, एक जिल्लामा एक पटकमा दुई दिन भन्दा बढी नबस्ने गरी व्यवस्था मिलाउनुपर्ने र उपलब्ध भएसम्म सरकारी अतिथिगृहको प्रयोग गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । यो आचारसंहिता कार्यान्वयनमा मन्त्रीहरूले कत्तिको अग्रसरता देखाउँछन, त्यसैबाट यसको सफलता असफलता देखिनेछ ।

मुख्यमन्त्री आचार्यले एक महिनाको अवधीमा सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा पनि महत्वपूर्ण पहलकदमी सुरु गर्नुभएको छ । भ्रष्टाचार नियन्त्रणका लागि पाँच बर्षे रणनीति मुख्यमन्त्रीले स्वीकृत गर्नुभएको छ । यो सुशासनतर्फको महत्वपूर्ण अग्रसरता हो । लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा सुविधा कतौटी गरेर सुशासन कायम गर्ने योजना कार्यान्वयनमा लगेको छ । मुलुक आर्थिक संकटमा रहेको बर्तमान अवस्थामा मितव्ययीता अपनाउन पूर्व बिशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णयले प्रदेशको आर्थिक स्रोत जोगिएको मात्र छैन, प्रदेश सरकारप्रति आम जनताको आशा र भरोसापनि बढेको छ । अत्यावश्यक नपरी एक जिल्लामा महिनामा एक पटकभन्दा बढी भ्रमण गर्न नहुने, सरकारी कामको सिलसिलामा भ्रमणमा जाँदा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, निजी प्रयोजनका लागि भ्रमणमा जाँदा मुख्यमन्त्रीलाई जानकारी गराई जान सकिने र त्यस्तो भ्रमणमा भएको कुनैपनि खर्च सरकारी कोषबाट भुक्तानी लिन नपाइने आचारसंहिताले निश्चितरूपमा मुख्यमन्त्री आचार्यको सरकारप्रति विश्वास बढेको छ । तर, यो आचारसंहिता कार्यान्वयनमा लुम्बिनी प्रदेश सरकार कत्तिको सफल हुन्छ, त्यो हेर्न भने बाँकी छ । तरपनि सुरुमै प्रदेश सरकारले सुरुवात गरेका कामबाट जनतामा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।

२०७४ मा सम्पन्न पहिलो प्रदेश सभा निर्वाचनपछि गठित प्रदेश सरकारको यात्रा अहिले सात बर्षमा चल्दैछ । यसबीचमा प्रदेश सरकार धेरैपटक बदनामीको सिकार भएको छ । बुटवलबाट प्रदेश राजधानी हतारमा त्यो पनि रातारात दाङ देउखुरी सार्ने जुन काम भयो, त्यो कामले जनतामा घृणामात्रै पैदा भयो । सात बर्षको बीचमा प्रदेश सरकारको कामप्रति प्रदेशका आम जनताको अपनत्व भएन् । सांसद बिमला वलीसँग जोडिएर सार्वजनिक भएका समाचारले प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको छवि पनि धुमिल भएको अवस्था बिर्सन सकिदैन् । अव विगतमा देखिएका ती सवै बिकृतिको चाङ आचार्य नेतृत्वको सरकारले पखालोस् । प्रदेश सरकारप्रति जनताको भरोसा बढाउने काम सरकारले गरोस् । प्रदेशका मन्त्रीहरूले सपथ लिएको ६० दिन भित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने आचारसंहिता कार्यान्वयन होस् । मन्त्रीले पदमुक्त हुँदासमेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिताले मन्त्रीहरूलाई अनुशासित र जिम्मेवार बन्न प्रेरित गरेको छ । दान, उपहार, चन्दा आदि प्राप्त गर्न एवं सापटी लिन नहुने पनि आचारसंहितामा उल्लेख छ । आचारसंहितामा जोडिएका यी महत्वपूर्ण बिषय कार्यान्वयन गरेर प्रदेशका मन्त्रीहरूले मुख्यमन्त्रीलाई साथ दिए भने यो सरकार अहिलेसम्मकै सफल प्रदेश सरकारको रूपमा इतिहासमै दरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?