ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

चाणक्य नीति र कौटिल्य अर्थशास्त्रको सन्दर्भ

१० भाद्र २०८१, सोमबार
१० भाद्र २०८१, सोमबार

भारतको चन्द्रगुप्त मौर्यको शासन कालका विद्वान ब्राहमण महामन्त्री बनेको कथन पाइन्छ । जसलाई आचार्य चाणक्य, कौटिल्य र कतै विष्णु गुप्त समेत भनेको पाइन्छ । उनको वारेमा निकै गहन कथनहरू पाइन्छन् । हरेक मानिसले आफ्नो आचरणमा रहन सक्यो भने उनको वारेमा भनिएका कुराहरू सत् प्रतिशत लागू हुन सक्छन् तर आचरण विहिनहरूका कुरा त बेग्लै रहे । कौटिल्यको अर्थशास्त्र र नीति शास्त्रले भारतमा मात्र होइन विश्वमै चर्चा कमाएको पाइन्छ । उनको अनुसरण गर्नेहरूले कहिल्यै जीवनमा निधारमा कलंकको टिका लगाउनु पर्दैन । चाणक्य नीति र चाणक्य सूत्रमा त्यस समयको समाजको चित्रणका साथै कतिपय कुराहरू आजभोली पनि मेलखाने खालका समेत पाइन्छन् । सानो कक्षामा अध्ययन गर्दा चाणक्यका केही नीति श्लोकहरू पढनु पर्दथ्यो । त्यो समयको पढाई भनेको घोकन्ते शिक्षा या लाठीको भरमा दिइने शिक्षा थियो । विषयवस्तुलाई गम्भिररूपले लिने स्वभाव भएकोले लाठीको भरमा आर्जन गर्न त परेन तर घोकन्तेको माध्यम भने अपनाउनु पर्दथ्यो । आजभन्दा पाँच दशक अघि घोकेका ती श्लोकहरू अहिलेपनि केही ताजै रहेका छन् । त्यस मध्येका दुईवटा श्लोकको वारेमा आज चर्चा गर्ने विचार लागेको छ । यी श्लोकले पाठकको मन कति छुन्छ । यो पंक्तिकारको मन भने सधै छुने गर्दछ । पहिलो श्लोक यस प्रकार रहेको छ ः–

विद्यार्थी सेवकः पन्था क्षुधाऽऽर्तो भएकातरः ।
भण्डारी प्रतिहारी च सप्त सुप्तान् प्रबोधयेत ।।
अर्थात विद्यार्थी, घरमा सघाउने मानिस, बटुवा, भोको मानिस, भान्से र चौकिदारी गर्ने मानिस यी सातवटालाई उठाउनु । यहाँ उल्लेख भएको शव्दार्थ मात्र हो । यसको ठोस अर्थ भनेको वेग्लै रहेको छ । विद्यार्थी र निद्रा परस्पर विरोधी कुरा मानिन्छ । विद्यार्थी आफ्नो अध्ययन अवधि भन्दा पहिले सुत्यो भने उसले आफूले आर्जन गर्ने जति शिक्षा आर्जन गर्न सक्दैन त्यसकारण विद्यार्थीलाई अध्ययनको समयभित्र सुत्यो भने उठाउनु पाप होइन त्यसलाई उठाउनु पर्छ भनिएको छ । दोस्रो घरमा काममा सघाउनका लागि राखिएको कुनै सहयोगी मानिस काममा सघाउन छोडेर निदाउन पुग्यो भने काममा व्यवधान हुन सक्छ । काम अपुरो हुन्छ । लक्षमा पुग्न सकिदैन । यसकारण घरमा सघाउनका लागि राखिएको सहयोगीलाई पनि कामको समय भित्र निदाएको देखेपछि उठाउनु वेश मानिन्छ भनिएको छ । तेस्रो हो बटुवा । पहिलेको जमानामा जो कोही पनि टाढा टाढासम्म पैदल बाटो हिंडेर यात्रा गर्नु पर्दथ्यो । हो यही समयमा बटुवा बाटामा निदाउन पुग्यो भने उ गन्तव्यमा पुग्न सक्दैन । अर्थात आजभोलीको कुरा गर्ने हो भने पनि कुनै साधनबाट यात्रा थालेको यात्रु त्यही साधनमा निदाउन पुग्यो भने उ उत्रन पर्ने स्थानमा नउत्रिएर टाढा जान सक्दछ । त्यसकारण पनि बटुवालाई उठाइ दिनुपर्दछ । चौथो भोको मानिस सुतेको छ भने खानपिनको बन्दोवस्त भयो भने उसलाई भोजनका लागि उठाउनु पर्दछ । यसरी उठाउँदा कुनै पाप लाग्दैन भनिएको छ । पाँचौं हो कसैको लखेटाइमा परेको मानिस लखेटिदै गर्दा बाटामा थकानको कारणले निदाउन पुग्यो भने उसको पिछा गरेको दुश्मन (मानिस वा जनावर) आयो भने उसमाथि पुरै खतरा हुन सक्छ । त्यसैले क्षुधाऽऽर्ती भएका तर अर्थात डराएको वा डरले काँतर भएको मानिसलाई पनि उठाएर उसको ज्यान जोगाउन सकिन्छ भनिन्छ । छैठौं नम्वरमा रहेको छ– भान्से अर्थात भण्डारे । सबैको खानाको जुगाड गर्ने व्यक्ति भान्से अर्थात भण्डारे हो । यही भण्डारे बेसममा निदायो भने उसको आश्रयमा रहेका सबै भोजनकर्ताहरू भोकै रहन सक्छन् । यसकारण भण्डारेलाई पनि उठाएर उसलाई कर्तव्यमा लाग्न आग्रह गर्नुपर्दछ । त्यसमा कुनै पाप लाग्दैन भनिएको छ । सातौ नम्वरमा रहेको चौकिदार हो । सारा सबै धन र जनको सुरक्षाको जिम्मा चौकिदारमा रहेको हुन्छ । त्यही चौकिदार निदायो भने अरूको हालत के होला ? अरू कति सुरक्षित रहलान ?
यी त भए सात उठाउने कुरा । किन उठाउने भन्ने पनि प्रष्ट भयो जस्तो लाग्छ । अव सात नउठाउनु भन्ने कुरा पनि एकपटक विश्लेषण गरेर हेरौ है त ।

अहिं नृपं शार्दूलं किटी च बालकं तथा ।
परश्वानं च मूर्ख च सप्त सुप्तान न बोधयेत ।।

अर्थात सर्प, राजा, सिंह, बँदेल, बालक, अर्काको कुकुर र मुर्ख यी सातवटालाई उठाउनु हुँदैन भनिएको छ । यहाँ उल्लेख भएकाहरू मध्येमा पहिलो सर्प हो । सर्पहरू प्रायः विषालु हुन्छन् । सुतेको सर्पलाई उठायो भने चाहे बिषालु होस चाहे नहोस उसले डस्न सक्छ । सर्पले डस्नु भनेको राम्रो होइन । यसकारण सुतेको सर्पलाई उठाउने वा जागा गराउने धृष्टता गर्नुृ हुँदैन । दोस्रो राजा भनिएको छ । राजा पनि घातकमा गनिन्छन् । राजालाई पनि वेसमयमा उठाउनाले उनमा क्रोध उत्पन्न हुनसक्छ । राजामा क्रोध उत्पन्न भयो भने के होला ? आफै अनुमान गर्न सकिन्छ । तेस्रो उठाउन नपर्ने भनेको सिंह हो । सिंह हिंस्रक जनावर हो । जसले जो कोही माथि पनि हमला गर्न सक्छ र हत्या गर्न सक्छ । सुतेको सिंहलाई उठाएर किन खतरा मोल्ने ? यो भन्दा उठाउँदै नउठाउनु नै वेश हो भन्ने लाग्दछ ।
चौथो नम्वरमा रहेको छ बँदेल । बँदेल हुन त सिकारीहरूबाट मारिनसक्छ तर यो पनि हिंस्रक जनावर नै हो । यो हिंस्रक मात्रै नभएर कुनै बस्तीको नजिकमा रहेछ भने यसले त्यो खेत बारीको बाली नोक्सान गर्न त्यहाँ जान सक्छ । यसकारण पनि यसलाई नउठाउनु नै वेश हुन्छ भन्ने लाग्दछ । पाँचौमा रहेको बालक हो । यसको दुईवटा कारण हुन सक्छ । पहिलो कारण भनेको स्वास्थ्यका कारणले बालकलाई पूरा समय सुत्न दिनुपर्दछ । पूरा समय सुत्न पाएन भने बच्चा अस्वस्थ रहन सक्छ । दोस्रो के पनि हो भने कुनै बच्चा ज्यादा भुटो गर्ने खालका हुन्छन् । आमा काममा व्यस्त रहको समयमा बच्चा वेसमयमा उठ्यो भने उसले आमालाई हैरानी गर्न सक्छ । यसकारण पनि बच्चालाई पुरै सुत्न दिंदा वेश हुन्छ भन्ने कुरा ठीक हो । छैठौंमा परेको छ– अर्काको कुकुर । एक त कुकुरको कुरा त्यसमा पनि अर्काको कुकुर । अर्काको कुकुर उठायो भने उसले झम्टन सक्छ वा टोक्न वा चिथोर्न सक्छ । यसबाट पनि ठूलो नोक्सान हुन सक्छ । यसकारण कुकुरलाई पनि नउठाउनु नै वेश हुन्छ भन्ने कुरा ठीक हो । सातौंमा परेको छ मूर्ख । मुर्खलाई शरीर भर विषाक्त भएको जीवको रूपमा लिने गरिन्छ । विच्छीको विष पुच्छरमा हुन्छ । सर्पको विष दाँतमा हुन्छ । झिंगाको विष टाउकामा हुन्छ तर मूर्खको विष पुरै शरीरमा हुन्छ अर्थात मुर्खको पूरै शरीर नै विषयुक्त हुन्छ भनिएको छ । यसकारण यो शरीरभर विष भएको जीवलाई किन उठाउने र जीवन नै विषाक्त किन बनाउने ? यहाँ उल्लेख भएका सात उठाउनु र सात नउठाउनुमा जसको जति चर्चा गरियो, यी सबै चाणक्य नीतिमा आएका कुरा र आज भन्दा झण्डै पाँच दशक पहिले कण्ठस्थ पारिएका श्लोकको आधारबाट सानो चर्चा गर्ने जमर्को गरियो । चाणक्यलाई बुझ्नका लागि यिनी श्लोकहरू सुपाच्य छन भन्ने लाग्दछ । चाणक्य नीति नै हातमा लिएर अध्ययन गर्नुको मज्जा वेग्लै हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?