ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

बिपद् प्रभावितलाई राहतको खाँचो

७ भाद्र २०८१, शुक्रबार
७ भाद्र २०८१, शुक्रबार

यो बर्षको भारी बर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भएको छ । तराईमा भन्दा पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान लगायतका जिल्लामा मानवीयसंगै भौतिक क्षति हुँदा कैयौं परिवार घरबारविहीनताको अवस्थामा पुगेका छन । पछिल्लोपटक विगत तीन दिनदेखिको भारी वर्षाका कारण गुल्मी र अर्घाखाँचीमा १० घर परिवार विस्थापित भएका छन । पहिरो, बाढी र डुबान हुँदा मानवीय क्षतिसंगै करोडौं बराबरको भौतिक क्षति भएको छ । अर्कोतर्फ भारी बर्षा हुँदा पूर्व पश्चिम महेन्द्र राजमार्गमा भारी बर्षाले उक्त क्षेत्र डुबानमा पर्ने हुँदा सचेत हुनुपर्ने अवस्था उत्पन्न भएको छ । बुटवल पश्चिम रानीबगियादेखि कपिलवस्तुको चार नम्बरसम्मको सडक भारी बर्षाको बेला पूरै जलमग्न हुन थालेको छ । त्यसका कारण कुनैपनि बेला ठूलो दुर्घटना निम्तिनसक्ने अवस्था छ । सडक डिभिजन कार्यालयले यो बिषयमा गंभीरता देखाउनु जरूरी छ ।

सडक नै खोला बनेको अवस्थाले साना सवारीका साधनमा ठूलो जोखिम देखिएको छ । उता गुल्मीमा घर नै पहिरोमा बगेको कारण यो सिजनमा मात्रै एक दर्जन घर परिवारको बिचल्ली भएको छ । पहाडमा पहिरो र तराईमा बाढी अनि डुवान प्रत्येक वर्ष नेपालीहरूका लागि कहर वनेर आउने गरेको छ । यो वर्षमात्रै पहाडमा पहिरोमा परेर धेरै नेपालीको मृत्यु भएको छ । दर्जनौं व्यक्ति घाईते भएका छन । करोडौं सम्पत्तिको क्षति भएको छ । तराईको तुलनामा पहाडमा प्राकृतिक प्रकोपको ठूलो जोखिम छ । त्यही अवस्था तराईमा पनि छ । तर, तराईमा पहाडको तुलनामा जोखिम भने कम छ । तराईमा डुबान र बाढीको समस्या भने बर्षौदेखि नै यथावत छ । नदी किनारको तटीय क्षेत्रमा वस्नेहरू बाढीको जोखिममा परेका छन् । उता वर्षा सुरु हुनासाथ उत्तरतिर आँखा लगाउँदै बाढीको प्रतिक्षामा बस्नुपर्ने बाध्यता तटीय क्षेत्रका जनताका लागि पीडाको बिषय बन्दै आएको छ । तराईका धेरै वस्तीहरू नदी किनारको वस्ती सुरक्षित वनाउनेतर्फ आवश्यक गृहकार्य नहुँदा वर्षायाममा धेरै क्षति व्योहोर्नु परिरहेको छ । बाढी आउँदा त्यसले पार्ने क्षति विस्तारै बढ्दै गएको छ ।

तराईका जिल्लामा बाढीको जोखिम बढ्दै गएको छ । नदी किनारका वस्तीहरू बाढीको जोखिममा छन् । त्यसमाथि अव्यवस्थित वस्तीका कारण समस्या उत्पन्न भैरहेको छ । अव्यवस्थित वस्तीले विभिन्न संकटहरू निम्तिएको छ । बस्ती बढ्दै गएका कारण कुलो, कल्भर्ट साँघुरिँदै गएका छन । जमिन कम हुँदै गएको छ । पहिले सानो सानो खोला बग्ने जमिनमा अहिले महल ठडिएका छन् । जसका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छ । उता पहाडी भेगमा पनि विगतमा भन्दा धेरै पहिरो जान थालेको छ । यो गंभीर चुनौतिको बिषय हो । एकातिर पहाडबाट तीब्र बसाईसराई भैरहेको छ ।

अर्कोतिर त्यही पहाडमा बर्षेनी प्रकोपको क्षति बढ्दै गएको छ । यसको एउटै कारण जहाँकहीँ बाटोको नाममा सडक पु¥याउनु नै हो । यद्यपि संभावित जोखिमवाट वच्नेतर्फ समयमै सचेतना अपनाउनु पर्ने आवश्यकतामा भने जोड दिनैपर्दछ । यो वर्ष पहाडी जिल्लामा पहिरोले बितण्डा नै मच्चाएको छ । रोकथामको उपाय तत्काल केही देखिँदैन । भारी वर्षा भैरहेकोले जोखिम क्षेत्रका बासिन्दालाई अन्यत्र सार्नुपर्ने देखिएको छ तर त्यस विषयमा सरोकारवालाको ध्यान पुगेको छैन । पहिरो प्रभावित परिवारलाई राहत र उद्धारको खाँचो छ । यो बिषयमा सरकारको ध्यान जाओस् । नेपाली जनता हरेक बर्ष प्राकृतिक प्रकोपमा परेर पीडामा बस्नु परिरहेको अवस्थामा अहिले देखिएको भारी बर्षाको प्रभावबाट जोगिनेतर्फ प्रभावित क्षेत्रका जनता सचेत बन्नु जरूरी छ । यो बर्ष बाढी पहिरो र डुबानका कारण बिपदमा परेका प्रभावितहरूलाई सरकारले तत्काल राहत वितरण गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?