ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

‘पुष्पलालः एक सर्वमान्य नेता’

७ भाद्र २०८१, शुक्रबार
७ भाद्र २०८१, शुक्रबार

जब हामी नेपाली भाषा साहित्यको चर्चा परिचर्चा गर्न थाल्छौं, हामीले सर्वप्रथम लिने नाम हो भानुभक्त आचार्य । भानुभक्त आचार्यको नाम नलिई हाम्रो नेपाली भाषा साहित्य सम्बन्धको चर्चा परिचर्चाले पूर्णता पाएको मान्न सकिन्न । पूर्णता हुँदैन । ठीक त्यसरी नै जब हामी नेपाल कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको चर्चा परिचर्चा गर्न थाल्छौं त्यतिबेला हामीले अनिवार्य रूपमा सर्वप्रथम लिने नाम हो पुष्पलाल । पुष्पलालको नाम नलिई हाम्रो नेपाल कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको चर्चा परिचर्चाले पूर्णता पाएको मान्न सकिन्न । पूर्णता हुँदैन । पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक हुन् । उनको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पुष्पलाललाई नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने दौरानमा उनलाई बंगाली कम्युनिष्ट नेता नृपेण चक्रवर्तीले ठूलो प्रेरणा दिएका थिए । कालान्तरमा नृपेण चक्रवर्ती उत्तर पूर्वी भारत त्रिपुराको मुख्यमंत्री भएका थिए । पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिव वा नेता भएतापनि पछि नेपाल कम्युष्टि पार्टीको नेतृत्व उनका हातबाट खोसिएको थियो । कहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व मनमोहन अधिकारीको हातमा पुग्यो भने कहिले डा. केशरजंग रायमाझीको हातमा । फेरि कहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तुलसीलाल अमात्यकोे हातमा पुग्यो । मनमोहन अधिकारी उच्च शिक्षा प्राप्त गरेको व्यक्ति थिए । एम ए पास गरेका व्यक्ति थिए । डा. केशरजंग रायमाझी पनि उच्च शिक्षा प्राप्त गरेका व्यक्ति थिए । त्यसरी नै तुलसीलाल अमात्यपनि उच्च शिक्षा प्राप्त गरेका व्यक्ति थिए । उनले एम ए पास गरेका थिए । पुष्पलाल भने मात्र म्याट्रिक पास थिए । हाई स्कुलपास थिए ।

एकपल्ट पुष्पलालले बनारसमा हामीसित कुराकानीको दौरानमा बताएका थिए— मनमोहन अधिकारीले धाक लगाउँदै र पुष्पलाललाई होचो देखाउँदै भनेका थिए — म त एम ए पास छु । मनमोहन अधिकारी र पुष्पलाल नाताले साढु दाई र साढु भाई हुन् । मनमोहन अधिकारीले दिदी साधना प्रधान र पुष्पलालले बहिनी सहाना प्रधानलाई विवाह गरेका थिए । पुष्पलालको शैक्षिक योग्यता हाई स्कुलसम्म भएपनि उनको अंग्रेजी भाषामा निकै राम्रो दखल थियो । उनी भारतका ठूला ठूला नेता तथा बुद्धिजीवीसित अंग्रेजी नै कुराकानी गर्दथे । उनले नेपालको इतिहासको अध्ययन गरेर अंग्रेजी भाषामा नोट बनाउने गर्दथे । उनले मलाई भनेका थिए– उनलाई चिठी लेख्दा नेपालीमाभन्दा अंग्रेजीमा लेख्न सजिलो लाग्दथ्यो । उनले मलाई शिलाङमा अंग्रेजीमा लेखेका केही चिठी अझपनि मसित सुरक्षित रहेका छन् । संकटकालको घर तलासीबाट पनि सुरक्षित रहेका छन् । पुष्पलाल निकै अध्ययनशील व्यक्ति थिए । उनी धेरे भन्दा धेरै अंग्रेजी पुस्तक अध्ययन गर्दथे । पुष्पलालले मलाई अध्ययन गर्न सल्लाह दिएका केही पुस्तकका नाम हुन्– प्लाखनोभको आर्ट एण्ड सोसललाइफ, अमेरिकन पत्रकार जेम्स किंजको चाइना शेक्स द वल्र्ड, अमेरिकन लेखक एल ई रोजको नेपाल स्ट्राटेजी सरवाइवल आदि । प्लाखनोभको आर्ट एण्ड सोसल लाइफ पुष्पलालसित रहेछ । उनले त्यो. पुस्तक मलाई अध्ययन गर्न दिएका थिए । प्लाखनोभको आर्ट एण्ड सोसल लाइफमा माक्र्सवादी साहित्यकलाको सम्बन्धमा व्याख्या विश्लेषण गरिएको छ । पुष्पलालले आफूले अध्ययन गरेको पुस्तकमा साइडमा ठाउँ ठाउँमा नोट समेत गरेका थिए । टिप्पणाी समेत गरेका थिए । यसबाट मलाई के बुझ्न गाह्रो परेन कि पुष्पलाल पुस्तकको अध्ययननिकै गहिरिएर गर्दा रहेछन् । गर्दथे ।

मैले एकपल्ट पुष्पलाललाई प्रश्न गर्दै भनको थिएँ— तपाईंको अंग्रेजी कसरी यति राम्रो भयो ? त्यसको जवाफमा उनले भनेका थिए उनी नेपाली कांग्रेसको पार्टी कार्यालयमा बस्दा हिन्दी र अंग्रेजीका समाचारपत्र एक साथ राखेर पढ्दथें । त्यसले उनको अंग्रेजी भाषा राम्रो हुनगएको हो । पुष्पलालको अंग्रेजी उच्चारण पनि निकै स्तरीय थियो । १९६० मा विश्व कम्युनिष्ट आन्दोलन मुलत दुई खेमामा विभाजित भएको थियो— रुसी खेमा र चिनीया खेमा । रुसी खेमाको नेतृत्व निकिता खुश्चोभले गरेका थिएभने चिनियाँ खेमाको नेतृत्व माओत्सेतुंगले गरेका थिए । विश्व कम्युनिष्ट पार्टीको विभाजनको असर नेपालमा पनि प¥यो । नेपाल कम्युनिष्ट पार्टीमापनि प¥यो । नेपाल कम्युनिष्ट पार्टी विभिन्न समूहमा विभाजित भयो । एउटा खेमाको नेतृत्व डा. केशरजंग रायमाझीले गरेको थिए भने अर्को खेमाको नेतृत्व तुलसीलाल अमात्यले । डा. केशरजंग रायमाझी राजावादी कम्युनिष्ट भनेर चिनिन्थे भने तुलसीलाल रुसवादी कम्युनिष्ट नेता । मनमोहन अधिकारीले माक्र्सवादी कम्युनिष्ट पार्टी गठन गरेका थिए । वैचारिकरूपले उनी भारतको माक्र्सवादी पार्टीका नजिक थिए । पुष्पलालले रुसी कम्युनिष्ट पार्टीलाई संसोधनवादी पार्टी ठहर गरेका थिए । उनी चीन समर्थक कम्युनिष्ट नेता मानिन्थे. । २०२५ सालमा उनले स्पष्ट रूपमा माक्र्सवाद लेनिनवाद र माओ बिचारधारालाई आफ्नो पार्टीको सैधान्तिक आधारको रूपमा ग्रहण गरेका थिए र नयाँ जनवादी क्रान्तिको कार्यक्रम अघि सारेका थिए । एक समयमा पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको प्रभाव देश भित्र र देश वाहिरपनि उत्तिकै पर्न गएको थियो । त्यसले लोकप्रियता प्राप्त गरेको थियो । व्यापक समर्थन प्राप्त गरेको थियो । उनले नेतृत्व गरेको नेकपा सबभन्दा बलियो पार्टी बनेको थियो । तर चीनको सांस्कृतिक क्रान्ति, भारतको नक्सलवादी विद्रोह तथा नेपालको झापा विद्रोहले पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई तहसनहस पा¥यो । पुष्पलालको पार्टीमा संगठित कति नेता तथा कार्यकर्ता पुष्पलालले चीनले जस्तै सोभियत रुसलार्ई सामाजिक साम्राज्यवाद भनेनन् भन्दै विद्रोह गर्न पुगे । पुष्पलालबाट अलग हुनपुगे । कति त पुष्पलालले झापालीले जस्तै तुरुन्त सशस्त्र क्रान्ति सुरु नगरेको भन्दै पुष्पलालबाट छुट्टिए । अलग भए । पुष्पलालले आफ्ना कार्यकर्ता तथा विभिन्न क्षेत्रमा नेतृत्वमा पुगेका व्यक्तिलाई थमाएर राख्न सकेनन् । चित्त बृुझाएर राख्न सकेनन् । उसरी त्यतिबेला उनीहरू पुष्पलालका कुरा सुन्ने मुडमा पनि थिएनन् । उनीहरू यथाशीघ्र नेपालमा सशस्त्र क्रान्ति प्रारम्भ गर्ने मनस्थितिमा थिए । उनीहरू तुरुन्त हतियार उठाउन चाहन्थे । परिणाम के भयो भने देशभित्र र देश वाहिर झांगिएको पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टी खुम्चिदै गयो । पातलिंदै गयो । दुब्लाउँदै गयो । कमजोर हुँदै गयो । निकै थोरै व्यक्तिले मात्र पुष्पलाललाई अन्तिम अवस्थासम्म साथ दिइरहका थिए । उनका पछि उभिएका थिए । तर यतिबेला धेरैजसो कम्युनिष्ट पार्टी वा समूह पुष्पलालको नाम नलिई कुनैपनि कार्यक्रम प्रारम्भ नै गर्दैनन् । पुष्पलालको जय जयकार नगर्ने कम्युनिष्ट पार्टी पाउन गाह्रो छ तर बिडम्बना उनीहरूले नाम पुष्पलालको लिएपनि राजनीति पुष्पलालको विपरीत अवलम्बन गरिहेको अवस्था छ । साँचो अर्थमा पुष्पलालको राजनीतिक लाइनमा चल्न चाहने पार्टी वा शक्ति भएपनि उनीहरू अत्यन्त कमजोर छन् ।

भानुभक्तलाई भानुभक्तको युगले चिनेन । उनलाई धेरैपछि मोतीराम भट्टले चिने र चिनाए । पुष्पलाललाई आफ्नो समयले चिन्यो पनि । चिनेन पनि । पुष्पलालले सही राजनीतिक लाईन लिएको भएपनि त्यसलाई सफलतापूर्वक स्थापित गर्न सकेनन् । फेरि त्यस बेलाको विकसित परिस्थितिमा उनलाई आफ्नो राजनीति बुझाउन कठिन भयो । उनलाई त्यसबेला चलेको आँधी बेरीको बेगलाई चिर्न गाह्रो भयो । त्यतिबेला नक्सलवादी र झापा आन्दोलनको प्रभाव यति व्यापक र शक्तिशाली भयो कि त्यसको अगाडि पुष्पलालको दीर्घकालीन सशस्त्र क्रान्तिको राजनीति अर्थहीन जस्तो देखियो । निरीह जस्तो भयो । यसैले उनलाई एक्लो बृहस्पति झुठो जस्तो हुुनुप¥यो । आज जसलेपनि जतिबेला पनि पुष्पलालको नाम लिनु त राम्रै कुरा हो तर के गर्नु धेरैले जति पुष्पलालको नाम लिएपनि पुष्पलालको राजनैतिक लाईन छोडिसकेको अवस्था छ । पुष्पलालले लिएको बाटो छोडिसकेको अवस्था छ । माक्र्सले एक ठाउँमा भनेका थिए— शेलीका प्रशंसक उनको २९ वर्षको उमेरमा मृत्यु भएकोमा दुखित छन् किनभने उनी त्योभन्दा बढ्ता बाँचेको भए समाजवादी क्रान्तिका अग्रदस्ता हुन्थे । त्यसरी नै बाइरनका प्रशंसक उनको ३६ वर्षको उमेरमा मृत्यु भएकोमा खुसी छन् किनभने उनी त्योभन्दा बढी बाँचेको भए प्रतिक्रियावादी बुर्जुवा हुन्थे । तर हामी पुष्पलालको सम्बन्धमा बोल्दा त्यस्तो केही नभनी यतिमात्र निसंकोच भन्न सक्दछौं– उनको ५४ वर्षको उमेरमा मृत्यु भएको हुनाले उनी अहिलेका सत्ता र शक्तिमा पुगेका अधिकांश कम्युनिष्ट नेतालाई जस्तै ठूलो कलंकपनि लाग्न सक्ने ठूलो खतराबाट अवश्य बचे । पतनको बाटो पनि लाग्न सक्ने ठूलो खतराबाट अवश्य बचे । उनको लोकप्रियता हिजोभन्दा आज झन् बढ्न गयो । उनी एक प्रकारले नाममात्रका भएपनि सबै रंग रोगनका कम्युनिष्ट पार्टी वा समूहहरूका सर्वमान्य नेता जस्ता भए । गद्दार पुष्पलाल भन्दै पुस्तक लेख्ने मशालका सर्वोच्च नेता मोहनबिक्रम सिंहले समेत उनलाई गद्दार भन्नु ठीक थिएन भनेर अघोषित रूपमा भएपनि आत्मआलोचना गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?