© २०२३
नवलपुर, ३ भदौ ।
नवलपरासीको नवलपुर कावासोती नगरपालिका–४ हसौरा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । कावासोती नगरपालिका ३ मञ्चोकका सुरजबहादुर विकका छोरा शिशिर बि.क. साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार हसौरा खोलाको चिलहा पुच्छरामामा पौडी खेल्ने क्रममा शिशिर अन्य तीन साथीसहित बेपत्ता भएका हुन् । बेपत्ता शिशिलाई खोजीका क्रममा प्रहरी टोलीले शव फेला पारेर घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।