कपिलवस्तु, २८ चैत्र ।
वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेश कृषि वन तथा वातावरण समतिको टोलीले विभिन्न जिल्लाको सामुदायीक र साझेदारी वनको अध्ययन भ्रमण गरेको छ । सो क्रममा संसदिय टोली बुधबार साँझ नेपालमै पहिलो वैज्ञानिक वनको अभ्यास गरेको तिलौराकोट साझेदारी वन उपभोक्ता समुह कपिलवस्तुको अध्ययनको लागि साझेदारी वनको कार्यालय चेतरादेईमा पुगेको थियो । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवार (सन्तु), प्रदेश कृषि वन तथा बातावरण समितिका सभापति विश्वप्रेम पाठक, पुर्व प्रदेश वनमन्त्री दुर्गा प्रसाद चौधरी, पुर्व प्रदेश महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती घिमिरे, प्रदेशसभा साँसद मिना बुढा मगर, प्रदेश साँसद शान्ती लोध, प्रदेश वन सचिव मोहनराज काफ्ले, वन निर्देशक प्रभात सापकोटा, डिभिजनल वन अधिकृतहरु ईश्वरी प्रसाद पौडेल, बिजयराज सुवेदी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाई सहित मन्त्रालय र सञ्चारकर्मीको टोली जिल्लामा पुगेको हो । साझेदारीको अध्ययनका लागि पुगेको टोलीलाई साझेदारी वन वारे जानकारी दिदै तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेयले सो साझेदारी वन ६ हजार ६ सय १२ हेक्टर बढी क्षेत्रफलमा रहेर ३० हजार बढि घरधुरीका २ लाख बढि वन र वनको पहुँच भन्दा टाढा रहेका उपभोक्तालाई सेवा दिदै आएको जानकारी दिए ।
साझेदारी वनले २०६४ मा कार्ययोजना निर्माण गरे पनि २०६७ मा कार्ययोजना स्विकृत भएको स्मरण गराउदै २०६८ सालमा जारी निर्देशिकाका आधारमा तत्कालिन अवस्थामा देशमै पहिलो पटक वैज्ञानिक वन व्यस्थापनको सफल अभ्यास गरिएको उनले जनाए । पछिल्लो समय ऐनहरु आएर वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन प्रणालीको कार्य अगाडी बढे पनि कतिपय नितीगत समस्या र न्युन श्रोतका कारण योजना अनुसारको काम अगाडी बढाउन समस्या परि रहेको उनले गुनासो गरे । “यो साझेदारीमा प्रति बर्ष ९ सय हेक्टर वन क्षेत्रमा थिनिङ्ग गर्नु पर्ने थियो । सो कार्यमा ५ करोड हाराहारी लाग्ने अवस्था छ । तर मन्त्रालयले न्युन श्रोत उपलब्ध गराउदाँ काम गर्न समस्या परेको छ ।” पाण्डेयले समिति र मन्त्री सँग गुनासो गर्दैै भने । मन्त्रालयले आवश्यक बजेट र नितीमा सहजतामा सहयोग गरे वनको हैसियत सुधार र राजश्व संकलनको दायरा बढ्ने उनले स्पष्ट पारे ।
डिभिजन वन कार्यालय कपिलवस्तुको कार्यक्षेत्रको वन बारे जानकारी दिदै डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले कपिलवस्तु डिभिजनले प्रदेशभरमै बढी राजश्व बुझाउदै आएको जानकारी दिए । उनले डिभिजन अन्र्तगत २ वटा साझेदारी र ७३ मध्यका ६८ सामुदायिक वनमा वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन लागु गरिएको जनाए । सबै वनमा सो प्रणाली लागु गर्ने तयारी गरिएको जनाउदै डिभिजन अन्र्तगत देशकै ठुलो र सबै भन्दा पहिले वैज्ञानिक वनको अभ्यास गरेको तिलौराकोट साझेदारी वन भएको पौडेलले स्पष्ट पारे । वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापनले वनको हैसियतमा धेरै सुधार भएको अधिकृत पौडेलले जानकारी दिए ।
वन सम्बद्र्धन प्रणालीमा आधारित वन व्यस्थापनको प्रभावकारीता अनुगमनका लागी मन्त्री र समितिका सभापति सहितको टोली अध्ययनका लागि हिडेको लुम्बिनी प्रदेशको वन तथा वातावरणका सचिव मोहनराज काफ्लेले जानकारी दिए । पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाईले राखेको प्रश्न बारे जानकारी दिदै सचिव काफ्लेले अतिक्रमण नियन्त्रण र वन व्यवस्थापन मन्त्रलायको प्राथमिकताको बिषय भएको स्पष्ट पारे । सो अवसरमा साझेदारी वनले गरेका कार्य बारे पुर्व प्रदेश वनमन्त्री दुर्गा प्रसाद चौधरी, पुर्व महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती घिमिरेले राखेका बिभिन्न जिज्ञासा बारे साझेदारी अध्यक्ष पाण्डेय र तत्कालिन अवस्थामा सो साझेदारीमा वैज्ञानिक वन व्यवस्थापनमा कार्य गरेका बर्दियाका डिएफओ बिजयराज सुवेदी तत्कालिन अभ्यास र वन व्यवस्थापनको प्रक्रिया बारे जानकारी गराएका थिए । अध्ययन भ्रमणका रहेका लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवार (सन्तु) ले मन्त्रलयले वन संरक्षणलाई प्राथमिकतामा राखी वन सम्बद्र्धन प्रणालीमा आधारित वन व्यस्थापन व्यवस्थापनको कार्यलाई योजना अनुसार अगाडी बढने गरि निती र श्रोतको सुनिश्चिततामा भुमिका खेल्ने बताए ।
