ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

 हवाई तथा स्थल नाकाहरु व्यवस्थित गर्न जरुरी : गृहमन्त्री खाँण

५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

 

भैरहवा, ५ कार्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपालका सबै हवाई तथा स्थल नाकाहरु सुुव्यवस्थित गर्न सरकार लागिपरेको बताएका छन् । सुुरक्षा, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिबिधि चलायमान गराउन पनि नाका ब्यबस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेकोे उनले जनाए ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पाँच दलीय गठबनधनको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रमलाई बोल्दै हवाई तथा स्थल नाका ब्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र मित्र राष्ट्र छिमेकी मुलुुकहरुबिरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिबिधि रोक्न पनि नाका ब्यबस्थित गर्नुु पर्ने जरुरी रहेको औल्याए ।

उनले नेपालको भूमि प्रयोग गरी दुुई छिमेकी मुलुकबिरुद्ध हुनसक्ने गतिबिधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गंभीर ढंगले सरकार अगाडि बढ्ने विश्वास दिलाए । ‘मुलुुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुुकबिरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिबिधि रोक्न पनि नाकाहरु सुुब्यवस्थित गर्नुु पर्ने छ । यसतर्फ सरकार लागिरहेको छ’, उनले भने, ‘निर्वाचन लगत्तै सबै सिमा नाका ब्यबस्थित गर्ने काम सुुरु हुन्छ ।’

स्थल नाका सुुब्यबस्थित गर्ने कामको सुुरुवात निर्वाचन पछि सरकारले रुपन्देहीको बेलहिया नाकाबाट गर्ने समेत उनले प्रतिबद्धता जनाए । उनले नाका सुुब्यबस्थित गराउन निमार्ण गर्नुु पर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्जुस्याइँ नगर्ने समेत प्रष्ट पारे । त्यस्तै उनले बेलहियामा बन्ने आईसीपी निमार्णका लागि नेपाल सरकारले कुटनीतिक र राजनीतिक रुपममा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विश्वस्त रहेको बताए ।

‘नेपाल सरकार र भारत सरकारको संयुक्त प्रयासमा आईसीपी निमार्ण हुने हो’, गृहमन्त्री खाँणले भने, ‘आईसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौं । भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निर्माणमा ढिलाई भएको हो । जग्गा अधिग्रहण गरी निर्माण प्रक्रिया अगाडि बढाउन नेपाल सरकारले भारत सरकारसंग कुटनीतिक र राजनीतिक दुवै तवरले छलफल अगाडि बढाएको छ ।’

अधुुरो रहेको बेलहिया–बुुटवल ब्यापारिक मार्ग अन्तर्गत बेलहिया खण्डको सडक निमार्ण तीनचार महिना भित्रै सम्पन्न हुुने पनि उनले बताए । विशेष आर्थिक क्षेत्र ‘सेज’मा नियमित विद्युत आपूर्ति र संचालन कार्यबिधिमा उद्योगी ब्यसायीले राख्दै आएका माग सकारात्मक रहेको पनि उनले बताए । क्षेत्र नम्बर ३ (क)का गठबन्धनका उम्मेदवार तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले रुपन्देही र सिंगो मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकास गर्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?