ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

दाखाँक्वाडी–खैरा सडकमा सधै अवरोध

३२ श्रावण २०८१, शुक्रबार
३२ श्रावण २०८१, शुक्रबार

प्युठान, ३२ साउन ।
दाखाक्वाडी–खैरा पुलमा जाने सडक स्थानीयले अवरोध गरेका छन् । जिल्लाको मुख्य सडक भालुबाङ प्यूठान सडक अन्तर्गत दााखाँक्वाडिदेखि खैरा जोड्ने सडक स्थानीयसँग समन्वय नगरि खोलेको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

झिमरुक नदिमा नयाँ पुल निर्माण भएपछि आगमनमा सहज हुने भनेर खुशी भएका खैरा क्षेत्रका स्थानीय सडक अवरुद्ध भएपछि निराश भएका छन् । क्वाडि क्षेत्रबाट खैरा पुग्नका लागि घुमाउरो बाटो १ घन्टा बढी समय लाग्थ्यो । स्थानीयले झिमरुक नदिमा नयाँ पुल माग गर्दै आएपछि सडक डिभिजन कार्यालय प्युठान मार्फत झिमरुक नदिमा भर्खरै डवल लेनको पक्कि पुल निर्माण सम्पन्न भएको छ । त्यसपछि प्युठान नगरपालिकाले पुलसम्म पुग्ने नयाँ सडक निर्माण गरेको हो ।

त्यही सडक क्षेत्रमा जग्गा पर्नेहरूले प्युठान नगरपालिकाले सडक निर्माण गर्दा स्थानीयसंग आवश्यक समन्वन नगरेको भन्दै डोजर लगाएर सडक खनेर अवरुद्ध गरेका छन् । सडक निर्माण गर्दा नगरपालिकाले विभेद गरेकाले सडक अवरुद्ध गर्ने परेको स्थानीय अम्बिका धामीले बताइन् । ‘नयाँ सडक निर्माण गर्दा दुबै क्षेत्रका सदियारको बरारब गरेर काट्न पर्ने हो,’ उनले भनिन्,‘हाम्रो जग्गा मात्र खाटेकाले बिरोध गरेका हौ ।’ स्थानीयको बर्षौैको मागपछि सडक डिभिजन कार्यालय प्युठान २०७३ सालमा निर्माण शुरु भइ यहाँको झिमरुक नदिमा २०८१ असारमा पुल निर्माण सम्पन्न भएको छ । सडक अवरुद्ध भएपछि पुलबाट खैरा बासी सवारीमा वारपार गर्न पाएका छैनन् । पुल सञ्चालनमा नहुँदा यात्रु तथा खाद्यान्न ढुवानी गर्नेहरू करिव ७ कि.मी.को यात्रा लम्बाउनु पर्ने बाध्यतामा छन् । स्थानीय सरकारले आवश्यक समन्वय गर्न नसक्दा सडक सञ्चालनमा आउन नसेकेको यात्रुहरूको गुनासो छ ।

प्युठान नगरपालिका–१ खैराका भोज बहादुर बस्नेतले दुईमहिना देखि सडक अवरोध हुँदा । प्युठान नगरपालिका–१ र मल्लरानी गाउँपालिका–५ बासीको दैनिकीमा समस्या आएको बताए । ‘पक्की पुल निर्माणले सहजता ल्याउनेमा खुशी थियौं’ बस्नेतले भने ‘तर पटक पटकको अवरोधले समस्या भइरहेको छ ।’ उनले सरकारले दिगो सञ्चालनका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भनाइ छ ।
हिजोआज खैराबासी दाखाक्वाडी पुग्न गाडीमा चेरनेटा भएर एक घन्टाको घुमाउरो बाटो हिड्छन । पुल सञ्चालनमा आए खैराबाट ८/१० मिनेट मै दाखाक्वाडी पुग्न सकिने स्थानीय पदमप्रसाद पोख्रेलले बताए । ‘पुल बनेपछि पनि दुई कि.मि.को बाटो सञ्चालनमा नआउँदा ९ कि.मी.को घुमाउरो बाटोबाट सामान ढुवानी गर्नु परेको छ’ पोख्रेलले भने । प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले नगरपालिका, वडा र स्थानीयवीच सडक सञ्चालन गर्नदिने सहमती भएपनि केहि स्थानीयले सडक अवरुद्ध गरेको बताए । ‘वडा, नगरपालिकामा स्थानीयहरू सहित ल्याण्डपुलिङ गरी व्यवस्थापन गर्ने सहमती सहित सडक सञ्चालन गर्ने सहमती भएको थियो,’ बर्माले भने, ‘स्थानीयले सहमती अनुसार काम गर्नु हुन्छ भन्ने हाम्रो धारणा हो ।’ बर्माले कसैपनि सुकुम्बासी हुनु नपरोस तथा झिमरुक फाँटको प्रश्तान विन्दु सुन्दर होस् भनेर बाटो, बिजुली खानेपानी सहितको ल्याण्डपुलिङको डिजाइनका लागि नगरपालिकाले बजेटको व्यवस्था समेत गरेको जानकारी दिए ।

पुल सञ्चालनले नगरपालिका केन्द्र नजिक भएर पनि दुर्गम जस्तो खैलालाई सुगमता तर्फ लैजाने आशामा स्थानीय छन् । जिल्लाको मुख्य बजार बिजुवारको नजिकैको गाउँ भएर पनि झिमरुक नदिपारीको गाउँ खैरा सधै पछाडी परेको स्थानीयले गुनासो गर्दै आएका थिए । खैरालीहरू हिउँदको समयमा झिमरुक जलबिद्युत आयोजना बुटवल पावर कम्पनीले बनाएको ड्याम कचवयबाट गाडीमा वारपार गर्ने गर्छन । बर्खाको ठूलो भेलमा महिनौ गाडी चल्ने अवस्था हुँदैन। बर्खाको समयमा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादन बजार पु¥याउन समस्या हुने गरेको छ । सडकको दिगो समाधान सहित सञ्चालन ल्याउने व्यवस्था मिलाउनु पर्ने स्थानीयको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?