ट्रेंडिंग:

>> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य

हात्ती संरक्षणमा बढ्दै चुनौति

२९ श्रावण २०८१, मंगलवार
२९ श्रावण २०८१, मंगलवार

लोपोन्मुख वन्यजन्तुको संरक्षणदेखि यातायातको साधनका रूपमा समेत प्रयोग गरिने भएकाले हात्तीको महत्व र यसको अस्तित्व रक्षा पछिल्लोसमय पेचिलो बन्दै गएको छ । विश्व हात्ती दिवस सोमबार मनाउँदै गर्दा नेपालमा हात्तीको संरक्षणको बिषय मुद्दाकैरूपमा गहनरूपमा उठान हुन सकेको छैन । हात्तीको उपयोग अहिलेपनि नेपालका केही दुर्गम बस्तीमा यातायातका लागि प्रयोग गर्न र बिरामीको उपचार गर्ने साधनका रूपमा प्रयोग हुने गरेको छ । संगै यसले मानव जीवनमा पु¥याउने हानी र जोखिम पनि उत्तिकै छ । पछिल्लोसमय हात्तीको संरक्षण नै प्रमुख चुनौतिका रूपमा देखापरेको छ । ठूलो शरीर र ठूलो क्षेत्र बासस्थानका लागि आवश्यक पर्ने भएकाले जंगल मासिँदै जानु पनि हात्तीका लागि चुनौती थपिएको छ । हात्तीको बासस्थान नै मासिन थालेपछि उनीहरूमाथि चुनौती थपिएको स्वाभाविक हो । अहिले मानवको चाप वृद्धि, विकासको पूर्वाधार बढ्दो लगायतका कारणले जंगल विनास हुँदै जानु र बासस्थानमाथिको अतिक्रमणले हात्ती जोगाउन समस्या उत्पन्न भएको छ । त्यसो त हात्तीमात्र होइन जंगली जनावरको बासस्थानमाथि हरेक वर्ष चुनौती थपिँदै गएको छ । हात्ती पाल्नपनि धेरै खर्च लाग्ने भएकोले संरक्षणमा अर्को चुनौति छ । हात्ती दिवस मनाउँदै गर्दा विगतको इतिहास हेर्ने हो भने नेपालमा मानव र हात्तीबीच त्यति राम्रो सम्वन्ध छैन । निकुञ्ज किनारका बस्तीमा अहिलेपनि हात्ती आतंक छ ।

निकुञ्ज वरपरका बासिन्दा प्रत्येक बर्ष हात्तीको उपद्रवबाट आजित भएका छन । एक तथ्याँक अनुसार नेपालमा बितेको दुई दशकमा २८० जनाको ज्यान हात्तीले लिइसकेको छ । यस हिसाबले भन्ने हो भने मानव र हात्तीबीचको द्वन्द्व नेपालमा धेरै ठूलो छ । पछिल्लोसमय जंगली जनावर हात्ती मानवका लागि समस्या बनिरहँदा प्रकृतिका लागि यो अपरिहार्य जस्तै वनेको छ । अवका दिनमा मानव र हात्तीबीचको द्वन्द्व कम गर्ने र हात्तीको बासस्थानको संरक्षणको प्रयास गर्नु जरुरी छ । विश्वमा वन जंगलको बिनास भैरहँदा यसको बासस्थान पनि संकटमा पर्दै आएको छ । नेपालमा हात्तीको दिगो व्यवस्थापन नभएकै कारण मानव र हात्तीवीच द्वन्द्व बढेकोले अवका दिनमा बासस्थान संरक्षणमा ध्यान दिनु जरूरी छ ।

मानव र हात्तीबीचको द्वन्द्व कम गर्ने हो भने अव हात्ती करिडोर निर्माण तथा हात्तीको पुरानो जैविक बाटोको पहिचान गरेर नयाँ शिराबाट यसको संरक्षण गर्नु आवश्यक छ । पछिल्लोसमय हात्तीलाई जोखिमको रूपमामात्रै नहेरी पर्यापर्यटनको विकासमा यसको संरक्षण गर्न सकियो भने त्यो लाभदायी हुन सक्छ । तसर्थ अबको दिनमा हात्तीलाई पर्यटनसँग जोडेर संरक्षणमा जोड दिनु जरुरी छ । हात्तीहरू परम्परागत रूपमा हिँड्ने जंगल क्षेत्रहरू मानव बस्ती र कृषि क्षेत्रहरूमा परिणत हुँदा हात्तीहरूको नियमित आवागमनमा अवरोध पुगेकोले पनि मानव हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । हात्तीको आनबानीको बिषयमा जानकार भएर होसियारी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सकिन्छ । समुदायले हात्तीप्रति राख्ने धारणा परिवर्तन गराउने, हात्तीप्रति गर्नुपर्ने जिम्मेवार व्यवहारबारे समुदायमा छलफल चलाउने, हात्तीबाट हुने बालीनाली वा सम्पत्तिको क्षति जोगाउन लाग्दा आफ्नो ज्यानलाई खतरा हुनसक्ने क्रियाकलाप रोक्ने कार्यमा केन्द्रित भएर लाग्नेतर्फ पहल गर्नु जरूरी छ । नेपालको पूर्वी क्षेत्र झापामा हात्तीले ठूलो क्षति पु¥याउन थालेपछि हात्ती नष्ट गर्ने भन्दा पनि यसलाई पर्यटनसंग जोडेर विकास गर्ने महत्वपूर्ण अवधारणा अघि सारिएको छ । समुदायले हात्तीप्रति गर्ने नकारात्मक व्यवहारमा परिवर्तन गरि हात्तीबाटै पर्यटन बिकास काम सराहनीय छ । तसर्थ हात्ती हाम्रोलागि जोखिममात्रै होइन साथी पनि हुन सक्छ भन्ने बिषयमा सोचौं र यसको संरक्षणमा जुटौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?