ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

‘हिंसात्मक घटना स्वीकार्य हुँदैन’

१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार

राजावादीहरूको शुक्रबारको प्रदर्शन हिंसात्मक वनाउने उद्देश्यले गरिएको सुनियोजित घटना थियो भन्ने घटनाक्रमहरूले पुष्टि गरेको छ । घटनामा परी एक पत्रकारसहित दुईजनाको मृत्यु भएको छ । शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी, लुटपाट गर्नु लोकतन्त्रमाथिकै प्रहार हो । शासन व्यवस्थाप्रति धज्जी उडाउनु हो । मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने आपराधिक क्रियाकलाप निन्दनीय छ । राजावादीहरूले गरेको प्रदर्शनलाई कुनैपनि अवस्थामा विरोधको शैली भन्न सुहाउँदैन् । प्रदर्शन हिंसात्मक र अराजक तबरले गरिएकोमा सर्वत्र आलोचना भएको छ । राजावादीले शुक्रबार जुन कृयाकलाप गरे त्यो हिंसात्मक र अराजकताको पराकाष्ठा हो । यो घटनाको जति नै भत्र्सना गरेपनि कम हुन्छ । अराजक भीडले राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिका निजी सम्पत्ति, सञ्चार गृह लगायत सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्न अक्षम्य अपराध हो । यो घटनाले गणतन्त्रवादी र राजावादीको चरित्र जनताले बुझ्ने गरी प्रदर्शन भएको छ । राजाबादी प्रदर्शन अराजकताको पराकाष्ठा हो । यो घटनाले राजाबादीहरू देशमा अस्थीरता फैलियोस भन्ने चाहेको देखिन्छ । तर, अव नेपाली जनता निरंकुशता नामको कुनैपनि दासता स्वीकार्न सक्दैनन् भन्ने कुरा विगतका धेरै घटनाले प्रमाणित गरेको छ । इतिहास साक्षी छ– राजतन्त्रले देशको स्थायित्व, विकास र भलो गरेको कुनैपनि प्रमाणित आधार छैन । पृथ्वीनारायण शाह र महेन्द्रलाई देखाएर राजा फर्किने कल्पनै नगरे हुन्छ । हो पृथ्वीनारायण शाह र राजा महेन्द्रले देशको लागि ठूलो काम गरेको कुरामा दुईमत छैन् । उनीहरूले देशका लागि गरेको योगदानको स्मरण देशले गरिरहेको छ । तर, विगतको योगदानको भरमा देशलाई बंश परम्परामा धकेल्ने चेष्टा गर्न सकिदैन् । कहिल्यै भुल्न सकिदैन– अव इतिहासको रथ फेरि पछाडि जान सक्दैन । कसैले फेरि वंशको शासन ल्याउने कुचेष्टा गर्नु आजको युगमा दिवास्वपना मात्रै हो ।

शुक्रबारको राजाबादीहरूले गरेको हिंसाजन्य घटनाको विभिन्न सामाजिक संघ संस्थाले निन्दा र भत्र्सना गरेका छन । इन्सेकले आगजनी, तोडफोड र लुटपाटका घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र व्यक्तिको जिउधनको सुरक्षाको आधारभूत अधिकारको हनन् भएको भन्दै भत्र्सना गरेको छ । आन्दोलनका नाममा गरिएको आगजनीमा पत्रकारको मृत्यु भएको छ । यहीक्रममा एकजना प्रदर्शनकारीको समेत मृत्यु भएको छ । प्रदर्शनका नाममा राजनीतिक दल तथा आमसञ्चार माध्यमका कार्यालयहरूमा गरिएको आक्रमणलाई लोकतान्त्रिक अभ्यास मान्न सकिँदैन् । यस प्रकारको हिंसात्मक घटनाले कुनैपनि अवस्थामा राजतन्त्र फर्कन सक्दैन । बरु अहिलेसम्म बचेखुचेको राजतन्त्रप्रतिको साख समेत खरानी हुने अवस्था आएको छ । व्यवस्था फाल्न त्यतिकै सजिलो छैन । राजतन्त्र फालेर गणतन्त्र ल्याउन सयौं नेपालीले सहादत दिएका छन् । यद्यपि नेताहरूले जनआकांक्षा अनुसार काम गर्न नसके व्यवस्थामाथि चुनौती थपिन सक्नेतर्फ भने अव सचेत हुनैपर्दछ । आजको परिवर्तित विश्व परिवेशमा वंश राजनीति कसैले स्वीकार्न सक्दैनन् । प्रतिगमनकारी राजावादी शक्ति फेरि उठ्न सम्भव छैन । प्रतिगामी शक्तिहरू जुर्मुराउनुमा शासकहरूको पनि कमजोरी भएको स्वयं नेताहरूले नै स्वीकार गरेका छन् । सत्ता बनाउने र सत्ताकै खेलमा लाग्दा जनतामा आक्रोश बढेको छ । यो आक्रोशलाई पपुलिस्टहरू, अराजकवादीहरूले प्रयोग गर्ने प्रयत्न गरेका छन् । तर, विरोधको नाममा समय वा व्यवस्थालाई पछाडि फर्काउने हर्कत कुनैपनि मानेमा स्वीकार हुन सक्दैन् । नेकपा (एमाले) ले सबै राजनीतिक दल पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ । उसले उदण्डता, अराजकता र हिंसाको घोर भत्र्सना गरेको छ । अव आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्नेतर्फ सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?