ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

महँगी बढेको बढ्यै, अनुगमन खोई ?

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

नेपाल राष्ट्र बैंकले यो बर्षको मुद्रास्फिति दर करिव ७ प्रतिशत हुने अनुमान गरेको छ । यो भनेको उपभोक्ताले यो बर्ष ७ प्रतिशत हाराहारीको मूल्य बृद्धि खेप्नुपर्ने छ । त्यसो त अहिले बजारमा तरकारीबाहेक अरू सवै बस्तुको मूल्य आकासिएको छ । मूल्य आकासिँदा सरकारी निकायले बेला बेला गर्ने मौसमी अनुगमन समेत अहिले गरेको छैन् । जसका कारण मूल्यबृद्धि झनै माथि जाने निश्चित छ । सरकारले दशैं तिहारमा मात्रै बजार अनुगमन गर्छ, त्यसयता भने अनुगमन नगर्दा बजारमा आफूखुसी सामानको मूल्य निर्धारण गर्ने प्रबृत्ति बढेको छ । निरन्तर बढिरहेको महँगीका कारण सर्वसाधारणलाई चुल्हो बाल्न धौ–धौ परेको छ । आफूखुसी मूल्य निर्धारण गर्दा र महंगी नियन्त्रणको संयन्त्र जिम्मेवार नबन्दा सर्वसाधारणहरू मारमा परेका छन् । बिहान कमाएर बेलुका गुजारा गर्नेहरूलाई के चाडबाड, के अरू दिन, सधैँ उस्तै छ । अहिले कृषकहरूको बारीमा तरकारी एकैपटक धेरै उत्पादन हुँदा बजारमा अहिले तरकारीको मूल्य सस्तिएको छ तर त्यसको तुलनामा उपभोक्ता सामाग्रीको मूल्य भने आकासिँदा चुनौति थपिएको छ । अर्कोतर्फ बजारमा पाइने कुनैपनि सामानको मूल्य सरकारले निर्धारण गरेको छैन् । मनलाग्दी नाफा राखेर बजारमा पठाईएका उपभोग्य सामानले उपभोक्ता निकै मारमा परेका छन् । यसमा पनि सरकारी संयन्त्रले कुनैपनि प्रकारको सोधखोज गरेको देखिएको छैन् । अर्कोतर्फ कम गुणस्तर भएका अनि खानयोग्य नभएका सामानहरू पनि म्याद थपेर बजारमा आउने गरेका छन् । अनुगमन फितलो हुँदा बजार अस्थीर छ । पछिल्लो समय बजारमा नक्कली सामानको बाहुल्यता बढेको छ । यस्ता सामानले मानिसको स्वास्थ्यमाथि असर पु¥याउने निश्चित छ । कम गुणस्तर, म्याद सकिएका, ढुसी परेका सामानको खरिद विक्री निर्वाध भैरहेको छ । यसमा सम्वन्धित उत्पादकका साथै सरकारको लापरबाहीको छनक मिल्छ ।

राष्ट्र बैंकले भनेजस्तै अहिले दैनिक उपभोग्य सामानहरूको मूल्य निरन्तर उकालो लागिरहेको छ । बजारको तुलनामा उपभोक्ताको क्रयशक्ति घटिरहेको छ । सरकारको लापरबाहीले सर्वसाधारणहरू मारमा परेका छन् । खाडीमा बसेर पसिना बगाएका नेपाली युवाको घर परिवार रेमिटान्समा चलेको छ । त्यही पठाएको पैसा महंगीका कारण बचत नहुने अवस्था छ । यही अवस्था कायमै रहने हो र सरकारले आम उपभोक्तालाई राहत दिने कार्यक्रम नल्याउने हो भने उपभोक्ता मारमा परिरहने र बिचौलियाहरू मोटाईरहने अवस्था हुनेछ । एकातिर नेपालमा रोजगारीको अभाव छ, आफ्नो क्षमता अनुसार रोजगारी पाइँदैन । त्यसमाथि विदेश गएर कमाएको पैसा महंगीका कारण घर खर्चमै सकिने अवस्था भएपछि भुई मान्छेलाई समस्या पर्ने अवस्था देखिएको छ । सरकारले यही बेला हो आम नेपाली सर्वसाधारण उपभोक्तालाई राहत दिने । तर, राहतको नाममा आहत दिने काम भैरहेको छ । पेट्रोलियमको मूल्य बढ्दा सवै उपभोग्य सामानको मूल्य बढ्छ । ढुवानी खर्च बृद्धिको असर सवै क्षेत्रमा पर्नु स्वाभाविक छ । त्यसको अन्तिम प्रहार उपभोक्तामाथि नै हो । बजार अनुगमन सधैँभरि गरिरहनुपर्ने नियमित प्रक्रियामै पर्नुपर्ने हो । तर सरकारी संयन्त्र चाडबाड आउँदा मात्र आफ्नो कर्तव्य सम्झिन्छ । चाडबाड मात्र नभएर अरू समयमा पनि यस्ता निकाय सकृय हुनुपर्छ । सर्वसाधारण उपभोक्ता दैनिकरूपमा ठगिएका छन् । आखिर किन रमिते छ सरकार ? अझैपनि अर्बौंको धान चामल आयात गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा महंगी बढ्नु स्वाभाविक छ । पैसा तिरेर पनि नागरिकले गुणस्तरीय खाद्यपदार्थ प्राप्त गर्न सकेका छैनन् । नागरिकको दैनिक जनजीवनसँग जोडिएका विषयहरूमा सरकारले किन हेलचेक्र्याइँ गरिरहेको छ ? अनुगमन गर्ने निकाय किन यतिधेरै निष्कृय छ ? मूल्य बृद्धि नियन्त्रण र आम नेपाली उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने हो भने सरकारले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउनेतर्फ ढिलाई नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?