© २०२३
काठमाडौं,४ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग टेलिफोनमा कुरा गर्न पौने २ लाख जनाले आफ्नो नाम र नम्बर टिपाएका छन् । आसन्न मंसिर ४ को चुनावका सन्दर्भमा ओलीले आज सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दैछन् । उनले सर्वसाधारणसँग सुझाव लिन फेसबुकमार्फत नाम र नम्बर टिपाउन ओलीले सार्वजनिक रूपमा आव्हान गरेका थिए ।
मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयले जनाएको छ ।
सर्वसाधारणको उत्साहपूर्ण सहभागिताका लागि ओलीले सबैलाई धन्यावाद दिएका छन् । धेरै सहभागिता भएकाले नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ ।