ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

निर्वाचन पछि एमालेको बहुमत सरकार : अधिकारी

४ कार्तिक २०७९, शुक्रबार
४ कार्तिक २०७९, शुक्रबार

कपिलवस्तु,४ कात्तिक । नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले नेकपा (एमाले) जनताको पार्टी भएकाले आगामी निर्वाचन पछि एमालेको बहुमतमा संघीय र सबै प्रदेश सरकार गठन हुने बताएका छन् । बाणगंगाका विभिन्न स्थानका मतदाता भेटघाट तथा पार्टीका सम्पर्क कार्यालय उद्घाटनका क्रममा एमालेको सरकारले राष्ट्रिय पुंजीको आधारमा जनतालाई शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, विद्युत आदि विकासको पहुंचमा लैजाने बताए । अधिकारीले देशभरका जनताले सुर्य चिन्हमा भोट हालेर जनताका आधारभुत आवश्यकताहरु र गठबन्धन सरकारले अलपत्र पारेका विकास निर्माणका कामहरु एमालेको सरकारले पुरा गर्ने दावि गरे । एमाले नेतृत्वको सरकारले शिलान्यास गरेका देशभर ५ सय भन्दा बढी अस्पताल, संयौ सडकहरु गठबन्धन सरकारले खारेज गरि जनता माथि प्रहार गरेकाले त्यसको परिणाम अब जनताले देखाउने अधिकारीले बताए ।
पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज गिरधारीलाल न्यौपानेले गठबन्धन सरकार सेटिंगबाट चलेको बताउदै देशको विकासका लागि जनादेशको सरकार आवश्यक रहेको बताए । बाणगंगा ९ भलवाडमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै जनमतबाट बन्ने एमालेको सरकारले मात्र देशको विकास गर्न सक्ने बताए ।
यसैबीच नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नंं.१ (क) प्रदेश सांसदका उम्मेद्वार बिष्णु पन्थीले बाणगंगाको पट्नालाई सडक संजाल र पुलको विकास गर्दै पुर्वाधार विकासमा जोड्ने काम अगाडि बढाएको बताएका छन् । बाणगंगाका विभिन्न वडामा मतदाता भेटघाटका क्रममा उनले पट्नाको विकासमा आफु तल्लीन रहेको बताएका छन् ।
त्यस्तै गोबड्डिहवा, पिपरा–धरमपुर, मेचकुरी पट्ना–पतरिया, लवनी–सिवलवा हुंदै नेपाल भारत सीमा सम्मको सडक खण्ड कालोपत्रे समेत आफ्नै पहलमा भएको उनले बताए । बैदौली, कोपवा—देउवापार हथौसा, वरवा—सोनपुर पट्ना हुंदै रुपन्देही जोड्ने सडकखण्ड र ओदारी भड्सडवा प्रगतिनगर, पट्ना हुंदै रुपन्देही जोड्ने सडकखण्ड पनि कालोपत्रे गर्ने प्रमुख प्राथमिकतामा रहेको बताए । त्यस्तै पट्ना स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि बर्थिङ सेन्टर सञ्चालन गर्ने र प्राविधिक धार तर्फको शिक्षालाई यथाशिघ्र सञ्चालन गर्ने र अबको ५ बर्षमा पट्नालाई उज्यालो पट्ना बनाउने पन्थीले प्रतिवद्धता व्यक्त गरे ।
क्षेत्र नं. १ (ख) प्रदेश सांसदका उम्मेद्वार मधुसुदन शरण चौधरीले जनताका आधारभुत आवश्यकता र अपुरा विकासका कार्यहरुलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?