ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

पर्यावरण दोहनले निम्त्याउने खतरनाक संकटका संकेतहरू

७ भाद्र २०७५, बिहीबार
७ भाद्र २०७५, बिहीबार

शिबराज पन्थी

वायुमण्डलको ओजोन तहमा कार्वन डाईअक्साइडको अधिकतम उत्सर्जनले सुर्यबाट पृथ्वीमा आएको प्रकाश परावर्तन हुन नदिनु र पृथ्वीमा ताप सोंस्ने क्षमताको ह्रास हुनुले पृथ्वी संगसंगै समुद्र समेत तात्तिएको जलवायु विज्ञहरूको ठहर छ । आज विश्वस्तरमै पृथ्वीको तापमान यत्ति धेरै खतरनाक ढंगले बृद्धि भइरहेको छ कि १९९० पर्यावरण दोहनले निम्त्याउने खतरनाक संकटका संकेतहरूको दशक सबैभन्दा बढी गर्मी भएको प्रमाणित भइसकेको छ । पृथ्वीको सतह तात्नुको पछाडी समुद्रको पानी तात्नु हो । विश्वस्तरमा भइरहेको उद्योग धन्दा र कलकारखानाहरूको तिब्र बिकासले ती उद्योगहरूबाट निस्किएको प्रदुषित ग्याँस, अनिवार्यता भन्दा पनि अत्यधिक प्रयोग भइरहेका सवारीका साधनहरूबाट निस्कने प्रदूषित धुँवा, बढ्दो जनसंख्या, वन वातावरण र जैविक विविधता अर्थात् प्राकृतिक स्रोत साधनहरू माथिको अनियन्त्रित दोहनका कारण विश्वस्तरमै जलवायु परिवर्तनका अनिष्ट संकेतहरू देखा पर्न थालेका छन् । जसले गर्दा मानव तथा जीवजन्तुको जीवनमाथि टूलो संकट निम्तने खतरा उत्पन्न भएको छ ।
गत ३ बर्ष अधि भारतमा पर्यावरण विज्ञहरूबाट गरिएको एक अध्ययनले सन् २०३५ सम्ममा प्रायः सबै हिमनदीहरू लोप हुने बताएको छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा बनेको अन्तर सरकारी जलवायु परिवर्तन अनुकुलन समितिद्वारा गरिएको संसारभरका ३०९ जना पर्यावरण विज्ञ र बैज्ञानिकहरूको एक अध्ययन अनुसार विश्वमा ठूलो परिमाणमा कार्बन डाई अक्साइडको उत्सर्जनले स–साना (नेपाल, बंगलादेश, भुटान, मालदिभ्स जस्ता) गरिब मुलुकका कृषि जैविक विविधताहरू नष्ट हुने र अस्तित्व नै जोगाउन गाह्रो हुने छ । बंगलादेशको बढिजसो जमीन समुद्र सतहबाट जम्मा २० फिटको उचाईमा रहेको छ । बढ्दो तापक्रम संगै हिमश्रृंखलाहरू पग्लिन थालेपछि समुद्रको जलस्तर माथि उठ्ने छ र स्वभावैले मानव बस्ती डुब्ने छ ।
एक अध्ययन अनुसार आगामी ३५ बर्षसम्ममा तापमान बृद्धिका कारण बंगलादेश लगायत समुद्र सतहका खाडी मूलुकको एक चौथाई भाग डुब्ने छ । सन् २०८० सम्म समुद्र तटका क्षेत्रहरूमा बसोवास गर्ने ५ देखि १० करोड विश्वभरकै मानिसले बसोवास क्षेत्र छोड्नु पर्ने छ । यो स्थिति बंगलादेशले मात्र होइन समुद्री तटका संसारकै अन्य राष्ट्रमा पनि निम्तिने छ । विश्व स्तरमा भइरहेको तापमान बृद्धिको अवस्थालाई लिएर संयुक्त राष्ट्रसंघद्वारा आयोजित अन्तर्राष्ट्रिय पर्यावरण सन्धिले विश्वस्तरमै बाध्यकारी ढंगले समस्या समाधानको बाटो समातेन भने आइपिसिसीको चेतावनीलाई कुनै राष्ट्रले टेर्ने छैनन्, फलस्वरूपः संसारका मानव जगतलाई ठूलो संकट र क्षति ब्यहोनुपर्ने बाध्यता निम्तिने उक्त अध्ययनले ठोकुवा गरेको छ ।
तापक्रम बढिरहेको अनुभव विश्वका अन्य राष्ट्रहरूमा मात्र होइन नेपालको हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसले समेत महशुस गरिरहेका छन् । फलफूल पाक्ने समयमा अन्तर परिरहेको छ भने फूलहरू फूल्ने समय पनि फरक पर्न थालेको छ । गुराँस फूल्ने र काफल पाक्ने समयमा अन्तर परेको त गतबर्ष संचार माध्यमहरूले सार्वजनिक गरिसकेका छन् । गतबर्ष गुराँसमा कहिल्यै नलाग्ने झुसिलकिरा आतंक बढेको थियो । अहिले पनि त्यो अध्ययन पुष्टि भएको छ । गत बर्ष गुराँसको राजधानी मानिने ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगम स्थल तिनजुरे, मिल्के र जलजले गुराँस वनमा झुसिलकिराले वन नै सखाप पारेको थियो । हिमालमा पाइने जडीबुटी यार्शागुम्बा, पाँचऔंले, हिमचितुवा र चौरी जस्ता वन्यजन्तुहरू पनि लोप भै रहेका छन् । तराईका वन्यजन्तु र लामखुट्टेहरूले चिसो खोज्दै पहाडी भू–क्षेत्रतर्फ उकालो चढ्दैछन् । समयमा बर्षा नहुनु, हिउँ पर्ने ठाउँमा पानी पर्ने गर्दा हिमालयहरू बिस्तारै पग्लिएर काला पहाड बन्दै छन् । नेपालमा दिन प्रतिदिन भै रहेको वन विनास, गिट्टी, बालुवा, ढुंगाको अनियन्त्रित दोहन र निकासी, चुन ढुंगा उत्खनन् र त्यसबाट संचालित सिमेण्ट उद्योग, क्रसर उद्योग संचालन, बस्ति विनास र प्लटिङ आदिका कारणले अत्यधिक मात्रामा कार्वन उत्सर्जन भइरहेको छ । अर्कोतिर वन जंगलको विनास, गिट्टी, ढुंगा, बालुवाको अनियन्त्रित दोहनले पानीका मुहान र सिमसारहरू सुकीरहेका छन् । अझ त्यसमा पनि चुन ढुंगाको उत्खनन्ले त पिउने पानीका मुहानहरू यत्ति धेरै नकारात्मक ढंगले सुकिरहेका छन् कि मानव जगतका लागि पिउने पानीको अभावले संकट निम्तने खतराको संकेत देखा पर्न थालेको छ ।
विज्ञहरूका अनुसार एउटा सालको रुखले कम्तिमा ५० बर्ष बाँच्दा ८ लाख ५० हजार बराबरको अक्सिजन उत्पादन गर्छ, १० लाख बराबरको माटोलाई मलिलो बनाउँछ र १० लाख बढी मूल्यको भू–क्षय नियन्त्रण गर्छ । त्यत्ति मात्र होइन, त्यहि एउटा रुखले १७ लाख मूल्य बराबरको वायु प्रदूषण नियन्त्रण गर्छ, पशुपंक्षी र मानव जगतका लागि ८ लाख ५० हजार मूल्य बराबरको आश्रय स्थल दिन्छ भने २ टन पानी संग्रह गर्ने श्रोत निर्माण गर्छ । एउटा १ सय बर्षको सालको रुखले १ हजार केजी कार्बन डाई अक्साइड उत्सर्जनलाई सोंसेर लिन्छ र प्राणी जगतका लागि अनवरत रूपमा अक्सिजन दिइरहन्छ । सिमेण्ट बनाउन प्रयोग गरिने चुनढुंगाले आफ्नो क्षेत्र वरीपरि अत्यधिक पानी सोंसेर सिमसार तथा मुलहरू फुटाउने काम गर्छ । अर्घाखाँचीको नरपानी, खाँचीकोट र दाङ तथा रोल्पाको होलेरी, काभ्रेको मुर्कुटी क्षेत्रका आसपासका चुरे महाभारत पहाडमा सिमेण्ट उद्योगका लागि चुनढुंगा उत्खनन् गर्दा अर्घाखाँचीमा १ हजार ८ सय भन्दा बढी पानीका मुहानहरू सुकिसकेका छन् भने दाङ रोल्पा क्षेत्रमा १ हजार २ सय भन्दा बढी पानीका मुहान सुकीसकेको अध्ययन टोलीले सार्वजनिक गरेको छ ।
यसरी वन वातावरण र जैविक विविधता माथि मानवद्वारा भई रहेको अनियन्त्रित दोहनले मानव जीवनलाई नै संकट निम्त्याई रहेको बिज्ञहरूको ठहर छ । पृथ्वीको तापमान बढ्नुमा अर्को मूल कारण पेट्रोलियम पदार्थ, ग्याँस, कोइला र उद्योग धन्दाहरूबाट निस्कने कार्वन उत्सर्जन पनि हो । बिकसित राष्ट्रहरूले उत्पादन गरेको कार्बनलाई सोंस्ने हाम्रो जस्तो विश्वका अन्य देशहरूका रुख बिरुवा र पानीका स्रोतहरू नै हुन् । बिकसित देशहरूमा सञ्चालित उद्योगधन्दा र यातायातका साधनहरूबाट उत्सर्जन भएको कार्बनले वायुमण्डलको ओजोन तहलाई काम्लोले जस्तै ढाकेको छ । जसका कारण सूर्यको प्रकाश पृथ्वीमा आएपछि पृथ्वीमा ताप सोंस्ने क्षमता कमजोर भएको छ र प्रकाश परावर्तन भएर फर्कने त्यहि ओजोन तहले दिँदैन । त्यसैले पृथ्वीमा अत्यधिक रूपमा बढिरहेको छ ।
आज तापमानको बृद्धिले जलवायु परिवर्तनमा ठूलो असर निम्तिएको पुष्टि हुँदै छ । वन वनतावरण र जैविक विविधता (पर्यावरण) माथि मानवद्वारा भइरहेको निर्मम दोहनले खोला नाला सिमसार र पानीका मुहानहरू सुक्दै छन्, हिमाल पग्लिरहेका छन्, वन्यजन्तु र जैविक विविधता लोप हुँदै छन् । चुरे विनाश हुँदै जाँदा भई रहेका भू–स्खलनबाट खहरे खोलाको माध्यम हुँदै समथर भू–भागमा कंक्रिट र बालुवा थुप्रिँदै गएको छ । जसले गर्दा बर्षेनी नदी तथा खोलाहरूका तह माथि उठ्दै गइरहेका छन् । जसका कारण मानव बस्तिहरू समेत कटान, डुवान र पटानको उच्च जोखिममा रहेका छन् । एक प्रकारले तात्कालिक फाइदा देखेर मान्छेहरूले दीर्घकालिन रूपमा आफ्नो टाउकोमा आफै बञ्चरो प्रहार गर्दै अप्रत्यक्ष रूपबाट आफ्नै मृत्यु वा विनाश निम्त्याई रहेका छन् ।
सन् २०१४ मा जलवायु परिवर्तन सम्बन्धी २ हजार ५ सय पृष्ठको रिपोर्ट तयार गरिएको थियो । विश्वका ७० देशका पर्यावरण बिशेषज्ञ, एक हजार ७ सय २९ जना मौसमविद् र ३०९ जना वातावरण विज्ञ तथा लेखकहरूले पर्यावरणीय क्षेत्रमा गहिरो अध्ययन पछि यो रिपोर्ट तयार गरेको उल्लेख छ । यस लेखमा उक्त रिपोर्टबाट केहि तथ्यहरूलाई आधार बनाइएको हो । उक्त रिपोर्टका सहप्रमुख एवं पर्यावरणविद् क्रिस्फील ले भनेका छन् कि जलवायु परिवर्तनले विश्व स्तरमा ब्यापक रूप लिई रहेको छ । त्यो भविश्यको त संकट छँदै छ, बरु यसका दुष्परिणामहरू केहि राष्ट्रमा आइसके र केहिमा आउँदै छन् । अष्टे«लिया, ब्राजील, सिड्नी, मोजाम्बिक, फिलिपिन्स, थाईलैण्ड, पाकिस्तान, बंगलादेश र श्रृलंकामा प्रलयकारी बाढी र पहिरोको प्राकृतिक विपत्तिहरू देखिइसकेका छन् । भारतको उडिसामा आएको आँधी तुफान र उत्तराखण्डको बाढी पहिरो पनि प्रलयकारी संकेत हो भने अमेरिकामा हिउँ बर्षा र भारतको राजस्थानबाट नेपालमा समेत यो बर्ष आएको तुफान सहितको हिले बर्षा अर्थात मौसम विज्ञान विभागका अनुसार डस्ट स्ट्रोम वा रेड रेन तथा नेपालमा २०७२ मा आएको महाभू–कम्पको विपत्ति यसका ज्वलन्त परिणामहरू हुन् । नेपालमा पनि प्राकृतिक स्रोत साधन माथिको अनियन्त्रित दोहनले जलवायु परिवर्तनका थुपै्र असरहरू देखापरेको तथ्य माथि नै छर्लंग भै सकेको छ । समयमा पानी नपर्नु, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, बाढी, पहिरो र खाद्यान्न उत्पादनमा ह्रास आउनु तथा मानव स्वास्थ्यमा गंभीर प्रकारका नयाँ नयाँ रोगब्याधिहरू देखापर्नु जलवायु परिवर्तनले निम्त्याएको तापमान वृद्धिको कारण हो । आज देशमा स्थानीय तथा उन्नत प्रजातिका खाद्यान्न र फलफूल तथा तरकारीहरू विस्थापित भै हाईब्रीड जातका खाद्यान्न र तरकारी फलफूलको प्रयोग अधिकतम बढेको छ । खाद्यान्न, तरकारी र फलफूलमा प्रयोग गरिने किटनाशक औषधि, रासायनिक मल जस्ता बिषादीको प्रयोगबाट उब्जिएका चिजहरूले मानव स्वास्थ्यमा नकारात्मक असरहरू पुराई रहेका छन् । यो पनि जलवायु परिवर्तनबाट निष्किएकै परिणाम अन्तर्गत पर्दछ ।
विज्ञहरूका अनुसार यसरी नै अनियन्त्रित औद्योगीकीकरण र उपभोक्तामा आधारित जिवनशैलीका लागि कार्बन डाई अक्साइडको उत्सर्जनमा यस्तै क्रम जारी रह्यो भने आउँदो केहि बर्षमै विश्वको तापक्रम ०.३ देखि ४.८ डिग्री सेल्सिएस सम्म बढ्ने र विस्तारै पृथ्वीका जीवजन्तु र वनस्पतिहरू डढेर खरानी हुन सक्ने संभावना छ । सन् २०५० सम्म विश्वव्यापि रूपमा २५ करोड मानिस आफै जन्मेको स्थलबाट पलायन हुन बाध्य हुने छन् । यस्तै संकटबारे विश्वमै ध्यान केन्द्रित गरि कार्वन डाई अक्साईड उत्सर्जनलाई नियन्त्रण गर्न मालद्विप्सले बिगतमा समुद्र मुनि एक सम्मेलनको आयोजना गरेको थियो भने नेपालमा कालापत्थर सम्मेलन सगरमाथामा गरिएको थियो । किनकी माल्दिभ्स र प्रशान्त महासागर क्षेत्रमा कैयौं द्विप र खाडीहरू समुद्रले निल्ने खतरा रहेको छ । झनै त्यसमा पनि बंगलादेश त केहि बर्षमै उच्च जोखिममा फस्ने विज्ञहरूले अनुमान गरेका छन् ।
यसरी तापक्रम बृद्धिका कारण जलवायु परिवर्तनमा देखिएको गंभीर असरले विपत्तिको सबैभन्दा ठूलो मार गरिब, किसान, मजदुर, भूमिहीन र समुद्री किनारामा बसोवास गर्ने मानिसहरूमा पर्ने छ । यसका साथै समुद्री किनारका खाडी राष्ट्र र द्विपहरूमा बसोवास गर्ने सबैखाले मानिसहरूलाई भयानक असर पर्ने छ । जलवायु परिवर्तनलाई न्यूनिकरण वा अनुकूलन गर्न अमेरिका र युरोपियन मुलुकहरू जत्ति संवेदनशील हुनु पर्ने हो त्यत्ति नभएको पाइएको छ । नेपालमा रुख रोपेर नेपालका लागि गर्नुपर्छ तर अमेरिकाका लागि हामीले रुख रोप्नु पर्ने होइन । बढ्दो औद्योगिकीकरणका कारण उत्सर्जन भइरहेको कार्वनको असर न्यूनीकरण गर्न ती बिकसित देशहरूलाई गरिब राष्ट्रका नागरिकहरूले जोडदार दबाब सृजना गर्नु जरुरी छ । संघर्ष सडकमा कपडा खोलेर, लाठी हिर्काएर र पत्थर ठोकेर हुँदैन । विज्ञ लेखक, राजनीतिज्ञ, पत्रकार, अधिकारकर्मी, साहित्यकार र नागरिक समाज सबैले आफूहरूले जाने बुझेको र अध्ययन गरेको प्रभाव असर र तथ्यहरूलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा सार्वजनिक गर्दै विकसित र समृद्ध मुलुकहरूको ध्यान केन्द्रित गराउनु पर्छ । यो पनि संघर्षको ठूलै स्वरूप हो । तसर्थ पर्यावरणको दोहनले नेपाल र विश्व स्तरमै निम्त्याई रहेका खतरनाक संकटका संकेतहरू प्रति आजैदेखि आम नेपाली नागरिकहरू तथा सरकारका अंगहरू संवेदनशील हुन आवश्यक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?