Butwal Today

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार

१४ माघ २०८१, सोमबार
अ+
अ-

बारा, १४ माघ ।

बारामा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट वृन्दावन नगरपालिका-३ विश्रामपुर बस्ने ४० वर्षीया बबिता ठाकुर रहेकी छिन्।

कलैया उपमहानगरपालिका-४ स्थित नेपाल बैंक अगाडि आइतबार साँझ ना४ख ४१८६ नम्बरको ट्याङ्करले ना.४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी बबिता ठाकुरको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी अर्की मोटरसाइकल सवारको सोही अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, हाल फरार रहेको ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?