ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र

१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

दाङ, १४ माघ ।

घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो अर्धवार्षिकमा र गत आर्थिक वर्षका जिम्मेवारी सरी आएका कुल ७९ विवादमध्ये ४६ विवाद फर्छ्यौट गरेको छ। न्यायिक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीले साउनदेखि पुसमसान्तसम्म सम्पन्न कार्यप्रगति बारे जानकारी दिन पत्रकार सम्मेलन गरि न्यायिक समितिमा दर्ता भएका विवादमा छलफल गराउँदै ५८ प्रतिशत अर्थात् ४६ विवाद मिलापत्र गर्न सफल भएको जनाइन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दामा न्यायिक इजलासमार्फत न्याय निरुपण गर्ने क्रममा दफा १ अनुसार १६ वटा, दफा २ अनुसार २० वटा, अन्य उजुरी तथा निवेदनका १६ वटा र आर्थिक वर्ष २०८०-०८१ बाट जिम्मेवारी सरी आएका २७ वटा विवाद गरी ७९ विवादमध्ये ४६ विवादको मिलापत्र भएको जानकारी दिइन्।

उनका अनुसार, दफा १ अनुसारका ८ वटा, दफा २ अनुसारका १३ वटा, अन्य उजुरी तथा निवेदनका ८ वटा र अघिल्लो वर्षको जिम्मेवारी सरी आएको १७ वटा विवादको मिलापत्र भएको छ। अब ३३ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको बताइन्।

न्यायिक समितिमा दफा १ अन्तरगत सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काले च्यापी घुसाई खाएको १७ वटा विवाद न्यायको माग गर्दै उजुरी परेका थिए। अब दफा १ अनुसार, सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काले च्यापी घुसाई खाएको १० मुद्दा फर्छ्यौट भएको र ७ वटा बाँकी रहेको छ।

यसै गरी, दफा २ अनुसार सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले मिची वा घुसाई खाएको १७ विवाद दर्ता भएकोमा १० वटा मिलापत्र भएका र ७ वटा प्रकृयामा छन्। पति पत्नी बीचको सम्बन्ध बिच्छेदका २ वटा दर्ता भई सबै मिलापत्र भएका छन्। अंगभंग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिटको १ उजुरीमा फर्छ्यौट गरिएको छ।

लेनदेन, घरायसी झगडा, अंश, ऐलानी जग्गा विवादसमेतमा परेका १६ विवाद मध्ये ८ वटा फर्छ्यौट गरिएको र ८ वटा प्रकृयामा रहेको जानकारी दिइएको छ। गत आर्थिक वर्षको जिम्मेवारी सरी आएको २७ विवादमध्ये १७ विवाद मिलापत्र गरिएको र १० वटा बाँकी रहेको जनाइएको छ।

घुम्ती न्यायीक शिविरमार्फत पछिल्लो समय न्यायिक समितिले आफ्नो कार्यलाई सहज बनाएको उल्लेख गरिएको छ। साथै, पालिकाले नगरबासीलाई कानुनी साक्षरता प्रदान गर्ने कार्य पनि अघि बढाइरहेको छ। वडा तहमा कानुनी साक्षरता अभियान अन्तर्गत १ देखि १५ नम्बर वडासम्म अभिमुखीकरण गरिएको र वडामा मेलमिलाप समिति गठन गरिएको बताइएको छ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत केसीले न्यायिक समितिको कामलाई प्रभावकारी ठहर गर्दै, पीडित र पीडक दुवैले जीतको अनुभव गर्ने उल्लेख गरे। यसले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। सामाजिक विषयसँग जोडिएका समस्याहरूलाई न्यायिक समितिमा उजुरी परेका कारण कानुनी साक्षरता र जिम्मेवार नागरिकता निर्माणमा पालिकाले ध्यान दिएको बताइन्छ।

समाजिक विषयमा जोडिएका समस्याहरूका समाधानका लागि न्यायिक समितिले गरेको कामको प्रभाव सकारात्मक रहेको कुरा प्रशासन शाखा प्रमुख बासुदेव आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी र पालिकाका कानूनी सल्लाहकार भुपबहादुर केसीले साझा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?