ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

व्यवसायिक तरकारी खेतीलाई प्लास्टिक पोखरीको भर

पुग्दीका २८ घर परिवारले व्यवसायिक रूपमा मौसमी तथा बेमौसमी तरकारी खेतिबाट राम्रो आम्दानी गरेका छन् । पहाडको टुप्पोमा कतै समथर त कतै भिरालो भएको जमिनमा, स्थानीय कृषकले एक दशक अगाडिबाट मौसमी तथा बेमौसमी तरकारी खेति गर्न लागेका छन् ।
१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

पाल्पा, १५ असार
तिनाउ गाउँपालिका मस्याम पुग्दीका कृषक खिम बहादुर कार्कीले यस वर्षको पहिलो सिजनमा नै भक्तपुर लोकल काँक्रा बाट राम्रो आम्दानी गर्न सफल भए । सात रोपनी क्षेत्रफलमा लगाएको काँक्राबाट राम्रो आम्दानी भएको उनले बताए । बुटवलमा हाट बजारलाई लक्षित गरेर शुक्रबार र मंगलबार टिपेको काँक्रा १० देखि १५ क्वीन्टल सम्म हुन्छ । प्रत्येक के.जीलाई कम्तीमा ७० देखि ९० सम्ममा बिक्री भएको छ । यस पटक काँक्राको मूल्य र उत्पादनमा आफू सन्तोषजनक भएको उनी बताउँछन् । खिम बहादुर कार्कीसंगै पुग्दीका २८ घर परिवारले व्यवसायिक रूपमा मौसमी तथा बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गरेका छन् । पहाडको टुप्पोमा कतै समथर त कतै भिरालो भएको जमिनमा, स्थानीय कृषकले एकदशक अगाडिबाट मौसमी तथा बेमौसमी तरकारी खेती गर्न लागेका छन् ।

एक गाग्री खानेपानीको लागि एकै घण्टा खर्चिएर तल खोल्सामा पुग्नुपर्ने थियो । खानी पानीको समस्या निकै मुस्कीलले समाधान भयो । आकासको पानी संकलन गर्न पोखरी बाट सिंचाई गर्दा समेत कृषकहरू उत्साहजनका रूपमा व्यवसायिक रूपमा काँक्रा खेती गरेको अगुवा कृषक रेवन्त कुवर बताउँछन् । उनले भने–‘उत्पादन, बजारीकरण, ढुवानी जस्ता कुनै विषयमा हामीले अनुदानमा गरेको होइन ।’
हामीलाई सिचाईको सुविधा भएको खण्डमा सुन नै फलाउन सकिने उनले दावी गरे तर पहाडको टुप्पोमा पानी कताबाट ? खेतीमा उत्साहित कृषकहरू सिचाईमा निरासा छन् । खोलाको पानी लिप्टिङ गर्ने भन्दा अरू बिकल्प नै नभएको उनी बताउँछन् । काँक्रो, सिमी, बोडीबाट वार्षिकरूपमा ५ देखि १५ लाखसम्म कमाउँछन् । कसै कसैले त २० लाखसम्म हात पारेको स्थानीय कृषकहरू बताउँछन् ।

तरकारी खेती गर्ने तरिका देखि नर्सरी देखि टिप्ने समयसम्म कृषकले अपनाउनु पर्ने सावधानी तथा ध्यान दिनुपर्ने विषयमा कृषि ज्ञान केन्द्रले सहयोग ग¥यो । रोग तथा किरा नियन्त्रण विषयमा पनि सिकायो । सिकाई अनुसार पनि भएको छ तर समस्या भनेको सिचाईकै हो । सिचाई भएको खण्डमा महिला दिदीबैनीहरू आर्थिक रूपले बलियो बन्ने थिए । बिकासका हिसाबले यो गाउँ पछाडि परेको हो । पानीको जोहो गरेर गरिएको खेतीबाट पनि राम्रो आम्दानी भएको कृषक बिन्दु कार्की बताउँछिन् । चार रोपनी बारीमा मकै लगाउन छाडेको पनि वर्षौ भयो । यतिखेर काँक्रा छन् बारीमा यसको लगतै सिमी बोडी बजारमा लैजाने हो दशैंलाई लक्षित गरेर बेमौसमी काउली तयार हुनेछ उनले भनिन् । हामीलाई वर्षायाममा पनि ढुवानीको समस्या हुँदैन बजार भएन भनेर कहिल्यै खिन्न र निरास हुन परेन समस्या भनेकै सिंचाई कै हो । जबजब निर्बाचन आउँछ । तबतब सिचाईका कुरा गर्नेहरू गाउँमा धेरै आउँछन् जब चुनाव सकिन्छ तब हराउँछ । स्थानीय सरकारले डाँडामा ठूलो प्लाष्टिकको पोखरी निर्माण गर्न नसक्ने होइन ? इच्छाशक्ती नभएर यस्ता समस्याको समाधान नभएको कृषक रेवन्त कुवर बताउँछन् । कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरी भन्दछन् प्लाष्टिक पोखरी निर्माणका लागि कृषकले कागजी प्रकृया पुरा गरेर आएको खण्डमा मागलाई सम्बोधन गर्न सकिनेछ । कृषकहरू विवाद रहित तरिकाले आएको खण्डमा हुन्छ सिंचाईको समस्याका विषयमा गाउँलाई नै पुरा गर्नेगरी पोखरी बनाउने ठाउँको छनोटमा विवाद हुनु भएन उनले भने ।

सिंचाइको समस्याका विषयमा स्थानीय कृषकहरू बीच आपसी समन्वयको कमीले गर्दा समस्या उत्पन्न भएको स्थानीय सरकारका प्रतिनिधि तथा वडा अध्यक्ष टाम बहादुर पुन बताउँछन् । तरकारी खेतीबाट वर्षमा २ करोड रूपैयाँ भन्दा बढि रूपैयाँ गाउँमा भित्रिनु सानो कुरा होइन सबै कृषकले मेहनत गरेका छन् । मेहनत अनुसार आम्दानी राम्रो गरेका छन् । यस्ता मेहनती किसानहरूले आपसी समझदारी कायम गर्न नसक्दा ठूलो पोखरी बन्न नसकेको स्थानीय कृषकहरू बताउँछन् ।

सानो पोखरी गाग्रीमा बोकेका पानीले सिंचाई गरेर खेति गरेका कृषकहरूका लागि एक/एक लाख लिटर क्षमताका तिन बटा पोखरी थप गर्नुको अन्य कुनै विकल्प छैन । खोलाको पानी तान्नु भन्दा आकासे पानी संकलन गर्नु नै उपयोगी हो । यसका लागि कृषकहरू संस्थागत रूपमा आउनु पर्दछ । काम गर्ने मेहनती कृषक निरास भएर घर फर्किनु नपर्ने ज्ञान केन्द्रका प्रमुख चौधरी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?