ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

‘सुस्ताको पुल’ क्षमता कति ?

मानिस ओहोर–दोहोर गर्नको लागि निर्माण गरिएको पुलमा क्षमता भन्दा बढि भारी भएका सवारी साधन (मोटरसाईकल) चल्दा यसको दीर्घकालिन प्रयोगमा समस्या देखिएको छ ।
७ असार २०८१, शुक्रबार
७ असार २०८१, शुक्रबार

बर्दघाट, ७ असार । केही महिना अघि मात्र सम्पन्न नारायणी नदिमा बनेको पुल उद्घाटन नहुँदै क्षमता भन्दा धेरै चाप थेगीरहेको छ । नेपालकै सबैभन्दा लामो भनिएको झोलुङ्गे पुल सुस्ता गाउँपालिका वडा नम्बर ५ को पकलिहवा र ५ कै सुुस्ता जोड्ने नारायणी पुलमाथी बनेको हो । करिब १० वर्ष पहिलेबाट निर्माण सुरु भएको थियो । पुलमा अहिले भारतिय मोटरसाइकलको अत्याधिक चापको कारण समस्या हुन थालेको छ । हरेक २ सय ३ दशमलव ८ मिटरमा टावर खडा गरी बनाइएको पुलले प्रतिमिटर ३ सय ६० किलोग्राम भारवहन गर्न सक्छ ।

पैदल यात्रुको लागि भनेर डिजाइन गरिएको पुलमा अत्याधिक मात्रामा मोटरसाइकल द्रुत गतिमा क्षमता भन्दा धेरै तौल लिएर गुड्दा पुलमा अनावश्यक चाप परेको हो । नारायणी पारीको सुस्ता भारतिय सिमा विहार सँग जोडिएको छ, विहारमा खाद्य सामग्री देखि अन्य घरायसी प्रयोजनमा प्रयोग हुने सामग्री उत्तर प्रदेशको तुलनामा महँगो पर्ने र भारतिय विहारीहरू बजार गर्नको लागि यहि पुलको माध्यमबाट उत्तर प्रदेशका बजारहरूमा ओहोर–दोहोर गर्दा पुललाई चाप परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए ।
पुल मान्छेमात्र हिँडने गरि डिजाइन गरिएको हो तर भारतियहरू एउटै मोटरसाइकलमा ४ जनासम्म चढने र सामान ढुवानी गर्दा ३—४ क्विन्टलसम्म पनि लादेर पुलमा ओहोर–दोहोर गर्दा पुलको लठ्ठा कमजोर हुने, नटबोल्ट ढिला हुने लगायतका समस्या आउन सक्ने विषयमा प्राविधिकले सजक गराएको उनले बताए ।

अधिकांस भारतीय मोटरसाइकलले पुलको भार बहन क्षमता भन्दा बढी सामान ओसारपसार गरिरहदा पुल कमजोर हुने भन्दै सम्बन्धित ठेकेदार कम्पनीले सुस्ता गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा समेत यस विषयमा जानकारी गराएको र अनुगमन र नियन्त्रणको लागि पहल गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको जानकारी दिए ।

‘झोलुङ्गे पुल मोटरसाइकल वा अन्य इन्जिनयुक्त सवारीको आवागमनको लागि निर्माण गरिएको हुँदैन, यो त केवल मान्छे, पशु चौपायाहरूमात्र ओहोर दोहोर गर्नको लागि बनाइन्छ’ झोलुङ्गे पुल महाशाखाका प्रमुख इन्जिनियर कुमार थापाले भने । ‘मोटरसाइकल वा अन्य इन्जिनयुक्त सवारीको अवागमनले पुल नै भाइब्रेट (थर्थराहट) गराउने र पुलमा प्रयोग गरिएका लठ्ठा, नटबोल्टहरू कमजोर हुन जान्छ र पुलको आयु घट्छ ।’ इन्जिनीयर थापाको भनाइ छ ।

सुस्ताको लाईफलाईनको रूपमा हेरिएको यो पुलले नारायणि नदि सुस्ता पारिका नागरिकको जिवनस्तर उकासिने बिश्वास लिईएको छ । नारायणी पारीको सुस्ता गाँउपालिका वडा नम्बर ५ यो पुल बन्नु अघि नारायणी नदिमा ढुँगाको माध्यमबाट जानु बाहेक विकल्प थिएन । भारतिय बाटो प्रयोग गरि जाँदा अनेक कष्ट ब्यहोर्नु परेका सुस्ताबासी पुल बनेपछि जिवनस्तर सहज हुनेमा आशावादी छन तर नेपालको पुलमा समेत भारतियहरूको रजगज चल्न थालेपछि उनीहरूले समेत प्रशासन गुहार्न बाध्य रहेका छन ।

२३ करोड लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई १ हजार ५ सय ७१ मिटर रहेको छ भने चौडाई १.६ मिटर रहेको छ । खुला सिमाका कारण पुलको वास्तविक उद्देश्य भन्दा फरक रहेर दुरूपयोग हुने तर्फ गाउँपालिकाले चिन्ता व्यक्त गरेको छ । पुलको भार बहन क्षमतालाई ध्यानमा राख्दै प्रहरी पोष्ट स्थापना गरिनु पर्ने वा निगरानी आवश्यक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?