© २०२३
विद्यार्थीलाई परिक्षाबाट निष्कासित गरिएको बिषयमा नेपालगन्जको एक स्वास्थ्य प्राविधिक कलेजका सन्चालकले वार्तामा बोलाएर विद्यार्थी नेता कुटाएका छन् । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबहाक ईकाई सभापति चन्द्र प्रकाश देवकोटा नेपालगन्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीको निर्देशनमा कुटिएका हुन् ।
नेपाली काँग्रेसबाटै २०७० सालमा सभाषद बनेका वाल्मिकीले परिक्षार्थी निष्कासित भएको बिषयमा बार्तामा आउन भन्दै देवकोटालाई बोलाएर बाहिरका केटाहरू लगाएर कुटपिट गरिएको नेपाल बिद्यार्थी संघ सिटिईभिटी इकाई उपाध्यक्ष सुरज थापाले बताए । नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थी राजेन्द्र बडुवाललाई क्याम्पसले बार्षिक परिक्षाबाट वञ्चित गराएको भन्दै नेवि संघ निकट विद्यार्थीहरूले आन्दोलन गर्दै आएका थिए । त्यही विषयमा वार्ता गर्ने भन्दै सोमबार क्याम्पसका निर्देशक बाल्मिकीले देबकोटा र नेवि संघका केन्द्रिय उपाध्यक्ष तथा ५ नम्बर प्रदेश संयोजक सुरज थापालाई क्याम्पसमा बोलाएका थिए । देवकोटाका अनुसार वार्ताकालागि क्याम्पस पुगेका उनीहरूलाई वाल्मिकीले हातपात गरेको र त्यसपछि १०÷१२ जनाको सँख्यामा रहेका युवाहरूले कुटपिट गरेका थिए । कुटपिटबाट देवकोटा गम्भीर घाईते भएका छन् । हाल उनको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घाइते बिद्यार्थीलाई नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइराला लगायतले भेटेका थिए । बाल्मिकीले भने घटना भएको अस्विकार गरेका छन् ।à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी