ट्रेंडिंग:

>> ‘सामाजिक सञ्जाल नियमन गरौं’ >> मालपोतको ५ हजार घुस, लेखन्दासले पारे फास्फुस ! >> लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणः दैनिक २१० जना कामदार काममा >> माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै >> देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना >> प्रथम सहिद लखनको स्मृतिमा फुटबल प्रतियोगिता हुने >> कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ >> विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र   >> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप

नेपाली आकास कहिलेसम्म कालोसूचिमा ?

२४ जेष्ठ २०८१, बिहीबार
२४ जेष्ठ २०८१, बिहीबार

दुःखका साथ भन्नुपर्दछ– नेपालले आफ्नो हवाई क्षेत्रमा अझै सुधार गर्न सकेन । नेपाल बर्षौदेखि युरोपेली युनियन (ईयू) को कालोसूचिमा पर्दै आएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ । पछिल्लोपटक २०२४ मई ३० मा युरोपियन युनियनले अपडेट गरेको नयाँ सूचीमा नेपाल कालोसूचीमै रहेको छ । नेपालले हवाई क्षेत्रमा सुधार गर्न नसक्नु र लगातार कालोसूचिमा दोहोरिनु चिन्ताको कुरा होह । यसले नेपालप्रति विश्व समुदायले हेर्ने दृष्टिकोणमा समेत अवको दिनमा फरक हुनेछ । नेपाल पर्यटन क्षेत्रको हिसावले महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तब्य सम्पदा हो । नेपाल भ्रमण गर्ने रहर विश्वका जुनकुनै देशका नागरिकलाई हुन्छ । विश्वकै अग्लो सगरमाथा र गौतमबुद्धको देश नेपालप्रति विश्व समुदायको सकारात्मक धारणा छ । तर, यही धारणा बनाएर नेपाल आउन चाहने पर्यटक नेपालको आकास सुरक्षित छैन भन्दा भ्रमण नगर्न सक्छन । यस विषयमा नेपाल सरकारको ध्यान गएकै छैन । कालोसूचिमा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरसम्म छन् । यसरी कालोसूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकाशमा उडान अनुमति पाउँदैनन् ।

सोहीकारण राष्ट्रिय ध्वजाबाहक नेवानिले समेत आफ्नो उडान विस्तार गर्न असफल रहँदै आएको छ । यो नेपालको लज्जाको कुरा हो । सन् २०१३ मा नेपाल युरोपेली युनियनको कालोसूचीमा पर्नुको मुख्य कारण अन्तर्राष्ट्रिय नियामककारी निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा नेपाल पर्नु थियो । जसलाई उडान सुरक्षा चासो भनिन्छ । ईयूले नेपालका वायुसेवा कम्पनीभित्रको व्यवस्थापन, उनीहरूले उडान सुरक्षामा गरिरहेको लापरबाहीलाई समेत चासोका रूपमा हेरिरहेको छ । यसअघि ६ महिना अगाडि ईयूले नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको अडिट गर्दै कमजोरी औंल्याएको थियो । अन्तर्राष्ट्रिय निकायले देखाएको अर्को चासो हवाई दुर्घटना न्यूनीकरणका लागि चाहिने स्थायी संयन्त्र प्रति समेत हो । यसलाई आईकाओले समेत पटक पटक उठाइरहेको छ । यसो हुनुमा हरेक दुर्घटनापिच्छे सरकारले गठन गर्ने पटके आयोगप्रति लक्षित छ । नेपालमा जाँच आयोगमा स्वार्थ बाझिने व्यक्तिहरू राख्ने र मुख्य कारणहरू सकेसम्म लुकाउने गरेको आरोप लाग्छ । यसले हवाई दुर्घटना न्यून हुन सकेको छैन ।

नेपाली आकास अभै सुरक्षित हुन नसकेको विभिन्न उडानहरूले स्पष्ट गरेका छन । यति, श्री र बुद्ध तथा गुण एयरका उडानहरू सुरक्षित नरहेको कुरा उडान हुँदै गर्दाका उदाहरणले स्पष्ट गरेकै छन । तसर्थ नेपाली आकासलाई सरक्षित गराउने काममा ढिलाई भैरहेको छ । नेपालको आन्तरिकतर्फका धेरै जहाज दुर्घटनामा परेको उदाहरण र इतिहास नेपालको उडड्यन क्षेत्रमा छन् । जहाज दुर्घटनामा नेपालले ठूलो मानवीय क्षति बेहोर्दै आएको छ । तसर्थ अव नेपाल सरकारले नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो वनाउन नेपालमा पुराना र जीर्ण भएका जहाजको विस्थापन अर्थात विकल्प खोज्नुपर्ने भएको छ । विदेशमा चलाएर पत्रु परेका जहाज लिलामीमा नेपालमा आउने र ती नेपाली बायुसेवा कम्पनीले चलाउने गरेको उदाहरण अहिलेका जहाज हुन भन्दा अन्यथा हुँदैन । तसर्थ नेपालमा अव थोत्रा र पुराना जहाज चलाउनै प्रतिवन्ध गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?