© २०२३
सुनवल नगरपालिकाको तुरिया खोलामा खोला तस्करहरू पुनःसल्बलाएको खबर बाहिर आएको छ । गत साउन महिनामा नगरपालिकाले उक्त खोलामा तस्करी गरि राखिएको अबैध भण्डारण जफत गरी निरुत्साहित पार्न खोजेको थियो । यसबाट तस्कर हच्कीएका थिए । तस्करलाई नगर प्रमुखले तह लगाउन खोजेकी थिईन् । तर उनलाई नै सरकारी संयन्त्र भित्र छिरेर अहिले तस्करले नै तह लगाएको बताइन्छ । तस्करहरूले नगरप्रमुखको सचिवालयसम्म पहुँच पु¥याएर पुनः तस्करी कार्यलाई निरन्तरता दिन थालेको स्थानीयको आरोप छ । अहिले नगरपालिकाले जपत अभियान रोकेको हुँदा लागेको आरोप पुष्टि गर्न आरोपितलाई बल पुगेको छ ।
तुरिया खोलामा अहिले पनि करोडौ मुल्य बराबरको ढुंगा र मिस्कट भण्डारण अवस्थामा छ । खोलामा फेरी विहान बेलुका टेक्टर प्रयोग गरी चोर्ने कार्य शुरु भएको छ । मतलव तस्करी रोकिएको छैन् । तस्करीबारे प्रहरीलाई सूचना गर्दा सँगै तस्कारलाई पनि सँगै सुचना पुग्छ । खोला भित्रै सप्लायर्सका बोर्डहरू राखिएका छन् । खोला देखी ५ सय मिटरमा रहेको सुनवल सब डिभिजन बन कार्यालय छ, १ किलोमिटर भित्रै इलाका प्रहरी कार्यालय र नगरपालिका कार्यालय छ । तर ति खोलामा राखिएका सप्लायर्स बोर्डबारे तिनवटै निकायले अनभिज्ञता प्रकट गर्दछन् । यसले तस्करीमा तस्कर र सरकारी निकायको अनौपचारिक सहकार्य भएको पुष्टि गर्छ । इलाका प्रहरी कार्यालय सुनवल र सुनवल स्थित सब डिभिजन कार्यालयको नियतमा शंका उठेको छ । सरकारी कार्यालयप्रति स्थानियले विश्वास गुमाउदै गएका छन् ।
उक्त खोलाको सामग्री नगरपालिकाले कुनै आयोजनालाई उपलब्ध गराएको हो वा अन्य फर्मले निकासीका लागि राखिएको खोलाजन्य समाग्रीको स्टक हो ? वास्तविक लेखा जोखा पनि नगरपालिकासँग छैन् । यो नगरपालिकाको अर्को लापरवाही हो । स्थानीयको दबाब पर्दा केही समय तस्करी रोकिए झै गरिएपनि तस्करले मौका छोपेर पुनः सल्बलाउन शुरु गर्छन । केही समय काम रोक्ने र पुनः तस्करका गतिविधिले निरन्तरता पाउने प्रक्रियाले यहाँका जनप्रतिनिधि र स्थानीय प्रशासन माथि प्रश्न तेर्सीएको छ । उनीहरूले तस्कर तह लगाउनका लागि सामाग्री जफत गर्ने गर्छन् वा पैसाको बार्गेनिङका लागि त्यस्ता गतिविधि गर्छन ? या तस्करमा आफ्ना मान्छे वा आफ्ना ठूला व्यक्तिको प्रेसरमा परी तस्करलाई जोगाइरहेका छन् ? यो सबैले सोच्ने र सोध्ने प्रश्नहरू उठेका छन् । यसरी तस्कर संरक्षण गर्ने, सरकारको राजस्व गुमाउने र खोला दोहन गर्ने कार्य कानून विपरीतका कार्य हुन् । तसर्थ कानूनको रक्षा र पालना गर्ने गराउने काम स्थानीय सरकार र प्रशासनको हो । यसतर्फ ध्यान पुगोस् । तस्करसँगको साँठगाठ बन्द होस् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी