ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

किसान बचाउने मोडेलको सिको गरौं

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

पाल्पाको तिनाउ गाउँपालिकाले किसान प्रोत्साहन मोडेल कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाको काम गराइलाई हेर्दा उसले किसानलाई दुई किसिमले प्रोत्साहन गरेको देखिन्छ । पहिलो उत्पादीत कृषि जन्य उपज विक्रि वितरणमा सहकार्य । अर्को कुल बिक्री भएको कृषिजन्य उपजमा गाउँपालिकाको थप ५ पतिशत नगद अनुदान प्रदान । पहिलो कामका लागि गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि जन्य उपज (तरकारी, अन्य) किसानले गाउँबाट नै गाडीमा बुटवलमा पठाउँछन् । गाडीबाट उक्त सामान पालिकाले व्यवस्थापन गरेको कृषि उपज विक्रि स्थलका कर्मचारीले झार्छन । त्यसका लागि २०७९ चैत १३ गते बाट बुटवल उपमहानगरपालिका वडा नम्बर ५ हाट बजारमा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस अगाडी रहेको २ वटा सटर १०÷१० हजारमा पालिकाले नै भाडामा लिएको छ । तिनाउका तरकारी बुटवल, मणिग्राम, भैरहवा, सुनवल, परासीका बजारसम्म पुग्ने गरेको छ । कतिपय किसानले आफ्नो उत्पादन आफू उपस्थित नभइ गाडीमा बुटवलमा पठाउने गरेका छन् । साँझ विक्रि केन्द्रका कर्मचारीहरूले विक्रि भएको उपजको रकम किसानलाई दिने गरेका छन् । कतिपय किसानले एक मुष्ट १५÷१५ दिनमा आफ्नो रकम बुझ्दै आएका छन् ।

पालिकाले तिनाउ कृषि बजार व्यवस्थापन समिति गठन गरी ४ जना जना कर्मचारीसमेत राखेको छ । हप्तामा तीन दिन शनिबार, बुधबार र सोमबार बुटवलमा हाटबजार लाग्ने गरेको छ । सोही दिन तिनाउमा उत्पादित कृषि उपजहरूको बिक्री–वितरण हुनेगरेको छ । हाल एक हप्तामा करिब ११ मेट्रिक टन छ÷सात लाख रूपैयाँबराबरको तरकारी बिक्री हुने गरेको बताइएको छ । यही सरदरमा बिक्री भए वार्षिक करिब चार करोड रूपैयाँबराबरको कषि उपज बिक्री वितरण हुने अपेक्षा छ । विक्रि केन्द्रले तरकारी विक्रि गरिसकेपछि ४ प्रतिशत मात्रै व्यवस्थापन खर्च काटेर सबै पैसा किसानलाई भुक्तानी गर्छ ।यसबाट उत्पादीत तरकारी विक्रि गर्नको लागि विचौलिया छोप्नुपर्दैन । दिनभर कुरेर तरकारी बेच्नुपर्ने बाध्यता पनि छैन् । यसरी उक्त विक्री केन्द्रमा विक्रीका लागि ल्याउने किसानहरूलाई कुल विक्रि भएको कृषि जन्य उपजमा गाउँपालिकाबाट थप ५ प्रतिशत नगद अनुदान समेत प्राप्त गर्दै आएका छन् ।

तिनाउ गाउँपालिका पाल्पाले कृषि उत्पादनको बजारीकरणमा नयाँ अभ्यासको सुरुवात गरेको छ ।जसमा किसानले दुई तर्फबाट लाभ प्राप्त गरिरहेका छन् । एका तर्फ बिक्रिको लागि झन्झन्ट व्यहोर्नुपरेन भने अर्को तर्फ उत्पदानमा आधारित ५ प्रतिशत अनुदान समेत प्राप्त गरिरहेका हुन । पालिकाका तथ्यांकका अनुसार अघिल्लो चौमासिक मा ७ लाख ५० हजार रूपैयाँ भन्दा बढि किसानले अनुदानबापत गाउँपालिकाबाट प्राप्त गरेका छन् । तिनाउको यो कामले किसान उत्पादन बिक्रीमा समस्या छैन्, उत्पादनमा किसान प्रोत्साहित भएका छन् । यसले गाउँमा स्वरोजगारीको संभावना बढाएको पनि छ । यस्ता काम अरू पालिकाहरूले पनि गर्न सक्छन् । कृषि प्रधान हाम्रो देशमा कृषिको उत्पादन भएपनि बजारीकरणको अभावमा किसानहरू आफुले गरेको काम छाड्दै विदेशीरहेका छन् । यस्तो प्रकारको काममा अरू पालिकाहरूले हातेमालो गर्न सके गाउँका धेरै किसानलाई प्रोत्साहन हुनसक्छ । राम्रा काममा सबैले हातेमालो गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission