ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

डढेलो नियन्त्रण गर्न “एयर ब्लोर”

२२ चैत्र २०८०, बिहीबार
२२ चैत्र २०८०, बिहीबार

कपिलवस्तु, २२ चैत। वन डढेलो नियन्त्रण गर्ने उद्धेश्यका साथ नेपालमै पहिलो पटक कपिलवस्तुमा एयर ब्लोरको नमुना अभ्यास गरिएको छ । कपिलवस्तुको डिभिजन वन कार्यालय कपिलवस्तु र तिलौराकोट साझेदारी वन उपभोक्ता समुहको अगुवाईमा साझेदारी वनको ढेकहरी स्थित वन क्षेत्रमा नमुना अभ्यास गरिएको हो । वन डढेलो नियन्त्रणका लागि बिदेशमा प्रयोगमा रहेको एयर ब्लोरको प्रयोग वन कर्मचारी, समुहका सदस्य र आगो नियन्त्रण दस्तालाई सहभागी गराई प्रदर्शन गरिएको हो ।

वनमा लाग्ने डढेलो नियन्त्रणका लागी लागी रुखका पात र वाटर ब्यागबाट पानीको फोहारा हाल्ने गरिदै आएकोमा एयर ब्लोरको प्रयोग गरि हावाको बेग मार्फत आगो नियन्त्रण शुरु गरिएको हो । डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले एयर ब्लोरको प्रयोगलाई प्रदर्शन गरि सो को उपयोगिता बारे जानकारी दिए । ब्लोरले प्रवाह गर्ने हावाको बेगले एक जना व्यक्तिले समेत धेरै श्रमिक बराबर आगलागी नियन्त्रणमा भुमिका खेल्ने देखिएको छ । एयर ब्लोरले बढि बेगले हावा फाल्ने हुदाँ आगो निभाउन तथा आगलागी बढ्न नदिन सहयोग पुग्छ । यसले हावाको माध्यमबाट पात पतिङ्गर हटाउन र फायरलाईनलाई सफा बनाउन सहयोग पुर्याउछ । वनमा लागेको आगो अन्यत्र फैलन नदिन र भएका पात पतिङ्गरलाई एकत्रित बनाउन एयर ब्लोरले सहयोग पुर्याउने वन प्राबिधीकहरू बताउछन ।

आफुहरूले रुखका हाँगाबिगा र पानीको प्रयोग गरेर डढेलो नियन्त्रण गर्दै आएको भए पनि नयाँ प्रबिधीको एयर ब्लोरको प्रयोगले वन डढेलो नियन्त्रणको कार्य धेरै नै सहज हुने वन डढेलो नियन्त्रण दस्तामा रहेका वन हेरालु रामगुलाब केवटले बताए । “पहिले रुखका हाँगाले आगो निभाउथ्यौं । पछि बिस्तारै वाटर ब्याग मार्फत पानीको फोहाराको समेत प्रयोग गर्न थाल्यौं । तर कतिपय समयमा पानी सकिएर समस्या पथ्यों । अब भने यो मेसिनले हामीलाई धेरै सहज हुन्छ भन्ने लागेको छ ।” केवटले भने । नमुना अभ्यास गरिएको एयर ब्लोरको उपयोगीता प्रभावकारी देखिए अन्य सव वन डिभिजन र समुहहरूमा समेत ब्लोरको प्रयोगलाई प्राथमिकता दिईने डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत खिल बहादुर तामाङ्गले बताए ।

कपिलवस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समुहले देशमै पहिलो पटक डढेलो नियन्त्रण दस्ता प्रयोगमा ल्याएको हो । सो साझेदारी गाँउबस्ती र राजमार्ग सँग जोडिएका कारण वन डढेलोको उच्च जोखिम क्षेत्रमा पर्दछ । यहाँ डढेलो नियन्त्रणमा १५ जना डढेलो नियन्त्रण टोली सँगै हेरालु र उपभोक्ता बिच सहकार्य हुदै आएको छ । यस क्षेत्रमा वन डढेलोको उच्च जोखिम मुल्याङ्कन गर्दै डढेलो नियन्त्रणको उपकरणको प्रयोग र अभ्यासलाई प्राथमिकता दिईएको तिलौराकोट साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष जय प्रकाश पाण्डेयले जानकारी दिए । “हामीले वन डढेलोको जोखिमको समयमा १५ जनाको डढेलो नियन्त्रण दस्तालाई तिन महिना सम्म नै २४ घण्टा खटाउने गरेका छौं । डढेलोको जोखिमलाई ध्यानमा दिएरै आज यो अभ्यास गरेका हौं ।” अध्यक्ष पाण्डेयले भने ।

एयर ब्लोरमा १ लिटर पेट्रोलको प्रयोगले एक घण्टा सम्म चलाउन सकिने र आगो नियन्त्रणमा प्रभावकारी भुमिका खेल्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले बताए । एयर ब्लोर उपयोगी प्रबिधी भएकाले नमुना अभ्यास गरिएको उनले प्रष्ट्याए । “बढि स्थानमा आगलागी हुदाँ एयर ब्यागमा रहेको पानी सकिने वा पानीको प्रयोग बढि हुदाँ जंगलमा आगो नियन्त्रणमा समस्या पर्ने गरेको थियो । तर एयर ब्लोरका लागि ४÷५ लिटर पेट्रोल साथमा भए दिनभर जसो प्रयोग गरि डढेलो नियन्त्रण गर्न सकिने अवस्था रहन्छ । लान लैजान र बोक्न समेत धेरै तौल नभएकाले यसलाई डढेलो नियन्त्रणका लागी उपयोगी उपकरणको रूपमा लिन सकिन्छ ।” सुवेदीले भने । थोरै जनशक्तिले पनि बढि कार्य सम्पादन गर्न सक्ने भएकाले एयर ब्लोर वनमा हुने आगलागी नियन्त्रणका लागी प्रभावकारी हुने उनको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?