© २०२३
करिब ७ बर्ष पहिले म बिशेष कामले काठमाण्डौमा थिएँ, एकाबिहानै मोबाइलमा फोनको घण्टी बज्यो । यसो मोबाइल उठाएर हेरेँ, चिनेको बुटवलकै एक बहिनीको फोन रहेछ । कुरा कहांँ हुनुहुन्छबाट भयो । उनले भन्दै गइन– मेरो छोराको साथी पाल्पा दोभानदेखि आफन्तको घरमा बसी क्याम्पस जाने आउने गर्थे । विपन्न बर्गका उनी बुटवलमा डेरा गरी बसेर खर्च धान्न कठिन थियो । त्यस कारण आफन्तकोमा बसेर बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गर्ने गरेका थिए । उनी साईकलमा नै बुटवल दोभान आवतजावत गर्ने गर्थे । कुनै एकदिन साइकलमा दोभान फर्किंदै गर्दा ५ बजे छुटेको क्याम्पस पुष महिनामा ढुसी लागेको अँध्यारोमै बुटवल नगरमै पर्ने शिद्धबाबा पुगेका के थिए, भीडभाड, चक्काजाम अनि दौडादौड देखेछन । के भैरहेछ भन्दै उनी साइकल रोकेर छक्क परेर यो जामबाट कसरी साइकल छिराएर पाल्पा तिर भाग्ने होला भनि बाटो खोज्दै रहेछन । खर्च अभावमा बिहानको खाना पछि एकैचोटि घरको खानाको दौडाइमा हिंँडेका उनी यसो अगाडि बढ्न खोज्दा यो सालेलाई छोप । यो पनि हो एक प्रहरीले भनेछन, अर्को प्रहरी आएर साइकल साइड लगा भनेछ, उनी अझैपनि छक्क पर्दै के हो यो ? के भैरहेछ ? भन्दाभन्दै प्रहरीले एक लात हानेछ र आफ्नो गाडीमा राखेर इलाका प्रहरी कार्यालय बुटवलमा लगेर थुनेछ ।
न त हातमा मोबाइल छ न त कसैलाई चिनेका छन । चार दिनपछि कताबाट हाम्रो छोराको फोन नम्बर याद रहेछ र गुहार मागे । त्यसपछि हामीले उनका आफन्तलाई खबर गर्न पाइयो । उनकी आफन्तले भन्दै थिइन, धन्न हाम्रो बाबुको फोन उनलाई कण्ठ रहेछ र त्यहीँसंँगै लगेको एक ब्यक्तीलाई अनुरोध गरेर मोबाइल मागेर साथीलाई फोन गरेर साथीमार्फत उनी बस्ने आफन्तलाई थाहा लाग्यो । क्याम्पस गएको ब्यक्ति फर्किंदै गर्दा कसरी त्यहांँ पुग्यो भन्ने कुरा सबै बुझाउन प्रहरीलाई निकै मेहेनतका साथ बिन्तीभाउ गर्दा पनि प्रहरीले नसुनिदिँदा उनलाई प्रहरीबाट छुटाउन केही सिप लागेन । साथीभाई, आफन्त र परिवारले प्रहरीलाई कुरा बुझाउन जति नै कोसिस गरेपनि केही नलागेर ती ब्यक्ती थुनिएको चार दिन हुंँदा बल्ल उनले गुहार मागेको थाहा लाग्यो । काठमाण्डौंदेखि फोन गरेर बडे नेताहरूलाई सहयोग मागेर पाँचौं दिनमा थुना मुक्त गर्न सफल भैयो भनि पीडितका आफन्त भन्दैथिए । त्यसदिन त्यस ठाउँंको लडाईं चुल्ठेमुन्द्रे ड्रगिस्टहरूको रहेछ । जुन ग्याङ बाउको दुइ नम्बरी पैसामा सडकमा नशा पिएर लडने, खुकुरी हानाहान गर्ने, निहत्था पुलिसलाई दुःख दिने, बाटो हिँडेका सर्वसाधारणलाई कष्ट कटाउने गर्दा रहेछन । यस्तो खेलमा ती बिचरा बाटो हिडदै गरेका निर्दोष बटुवाले बिना गल्ती यातना भोग्नुप¥यो । यसरी कहिलेकाहीँ मान्छे परिवन्दमा पर्छ ।
एकदिन बाटोमा कुनै सवारी साधनको ठक्करमा साइकल सहित रगताम्मे अवस्थामा लडिरहेका एक बृद्धलाई गुहार दिन एक युवक लागी पर्छन । बेहोस अवस्थामा रहेका उनलाई अस्पतालसम्म ल्याउन सडकमा गुडिरहेका कैयाँैं साधनमा लिफ्ट माग्छन र मुस्किलले एक गाडीवालाले रोकेपछि बिन्तीभाउ चढाउंँदै अस्पतालसम्म ल्याइ पु¥याउँंछन र उपचार गराउँंछन । केही घण्टामा बृद्ध घाइतेको होस आउँंछ । उनले केही इसाराको भरमा आफनो ठेगाना बताउँंछन । ती युवाले धेरै ठाउँं फोन खबर गरि बृद्धको फोटो सेयर आदी दुनिया गरेपछि बृद्धका छोराले थाहा पाएर अस्पताल आउँंछन र सुरुमा उनले बाबाको अबस्था बुझनु त कता छ कता पहिलो शब्दमै बाउले चलाउने साइकलको खोजी गर्न थाल्छन । सहयोग गरेका युवक हेरेको हेरै हुन्छन । उनी ट्वाल्ल परेर बृद्धका छोरालाई हेरेर धिक्कार्छन– हे भगवान यो उमेरको बृद्ध बाबाप्रति कत्तीपनि दया माया नभएको कस्तो छोरा जन्मेहोला भन्दै, यस्तो सन्तान जन्मनु पनि धिक्कार छ भन्दै उनी आफूलाई पनि धिक्कार्छन । म भोकभोकै आफ्नो काम छोडेर मानव सेवामा लाग्नु पनि व्यर्थ गरेंँ कि भन्दै आफैमाथि प्रश्न तेस्र्याउँंछन । युवाले सोचेका थिए– उनका परिवार आउनेछन र मलाई धेरै धेरै धन्यवाद दिनेछन । तर यहाँ त त्यसको उल्टो परिणाम सडकमा दुर्घटना भै थिच्चिएको साइकलको पैसा पो तिर्नुपर्ने हो कि जस्तो पो भयो त । माथिका यी दुबै घटना काल्पनिक नभएर वास्तवमै भएका घटना हुन् ।
करिब दुई महिना पहिले बुटवल राजमार्ग चौराहामा ठेला ब्यापारीको सामान कबाडी केटाकेटीले झिकेर भागेको बिषयमा बस स्टाफ र कबाडी ठेलावालाबीच हानाहान र तानातान मच्चिन्छ । यही द्वन्द्वमा ठेलावाला सख्त घाइते हुन पुग्छन । भागदौडमा यो भिडन्तको दर्शक बनेका एक पेन्टको काम गरेर घर फर्कँदै गरेका मजदुर प्रहरीको पक्राउमा पर्छन । उनी सोधपुछका नाममा चौकीमा करीब दुई हप्ता लामो थुनामा बस्छन । आमा, बाउ र आफन्तको हारगुहारमा उनी थुना मुक्त त भए तर धरौटीमा तारीक धाउने गरी छुटे । यसैले हाम्रा बाउबाजले भन्ने गर्थे हुलमुलमा जीउ जोगाउ, अनिकालमा बिउ जोगाउ । उनी निर्दोष ठहर हुन धेरै समय लाग्ने छ । माथिका केही घटनाहरू त उदाहरण हुन । हाम्रो समाजमा यस्ता घटना धरै हुने गर्छन । राम्रो काम गर्ने र राम्रो चिताउनेलाई कहिले भलो हुंँदैन । जस्ले अर्काको कुभलो गर्छ र कुभलो नै चिताउँंछ उसलाई राम्रो नै हुने गरेको छ । जहाँंपनि सोर्स र पहँुंचका भरमा काम हुनेगर्छ । कहिल्यै पनि दोषीले सजाय पाएको हँुंदैन । निर्दोष मानिस फस्ने र सजायको भागेदार हुने गर्छ । हुने खानेले हुंदा खानेलाई जे गरेपनि हुने गरेको छ । जहिले होस गरिब अन्यायमै परेको हुन्छ । त्यसैमा जातको र लिंगको आधारमा गर्ने हिंसाका कारण यो बर्गमाथि अरू अन्याय भईरहेको छ ।
राजाका पालामा राजाको हुकुम भन्दै हत्या लुटपा त र बलात्कार काण्डमा जेल परेकालाई आममाफी दिएर थुनामुक्त गरिन्थ्यो भने लोकतन्त्र गणतन्त्र पछि यो देशको सर्वेसर्वा राष्ट्रपतिलाई बनाइएको छ र राष्ट्रपतिमार्फत अपराधीलाई पनि आममाफी दिने चलन चलेको छ । गणतन्त्र र लोकतन्त्र दिवस जस्ता अवसरमा दिइने यस्ता आममाफीमा आजीवन थुनामा राख्नुपर्ने हत्यारा र बलात्कारीहरूलाई सोर्स र पहुंँचका भरमा एक दुई महिनामै थुनामुक्त हुने गरेका छन । हुन त सतिले सरापेको देश भनेर हाम्रो देशलाई चिन्ने गरिएको छ । यहाँं इमान्दार वा राम्रो काम गर्ने कसैलाई राम्रो हँुंदैन । राम्रो त लुटेरा चोर चंडाललाई हुनेगर्छ । हो यहांँ भन्न खोजिएको के भने परिवन्दमा पर्न केही गर्न पर्दैन, यत्तिकै पनि पर्न सकिन्छ । यसैले हामी भीडभाड देखेर त्यहांँ भरसक हुलिन नखोजौं । कहिलेकाहीँ अनावश्यक रूपमा परिबन्दमा पर्न सकिन्छ । अर्को कुरा मानव सेवा गर्दा पनि विचार पु¥याउनु पर्छ कि । सबैको भलो होस् ।