© २०२३
बुटवल, ४ फागुन । बुटवल उपमहानगरपालिका वडा नम्बर–१९ रानीवारीका चौतारे प्रसाद थारु बुटवल उपमहनारपालिका मात्रै होइन रूपन्देहीकै पुरा मयुर नाँचको प्रवद्र्धक हुन । विगत ५०–५५ बर्ष देखि लोप हुन लागेको मुयर नाँच लाई उनले संरक्षण गर्दै आएका छन् । रूपन्देही देखि कपिलवस्तु, नवपरासी लगायतका स्थानमा हुने सांस्कृतिक माहोत्सव, मेला तथा समारोहमा उनको समूहको उपपस्थिति विगत लामो समय देखि हुँदै आएको छ ।
उनले स्थापना गरेको ‘थारु साँस्कृतिक मयुर नाँच झर्रा’ लाई उनले संस्थागत दिएका छन् । लामो समय देखि यो समुहको अध्यक्ष रहेका उनले ठूला ठूला कार्यक्रममाहरूमा समेत आफ्नो उपस्थिति जनाएका हुन । यसरी सास्कृतिक कार्यक्रममा आफ्नो मौलीक मयुर नाँच प्रदर्शन गर्दै आएका उनले विगतका बर्षहरूमा राजा, राष्ट्र प्रमुख राष्ट्रपति, प्रधानमन्त्री लगायतका अगाडी आफ्नो नाँच समेत प्रदर्शन गरेको अनुवभ छ । विगतमा राजालाई भैरहवामा अभिनन्दन गर्दा उनले प्रस्तुत गरेको मयुर नाँच बाट प्रभावित भएर ‘बक्सीस’ समेत पाएका थिए ।
पछिल्लो समयमा मयुर नाँच तथा संरक्षणको लागि युवा शक्ति पयालन हुने भएको कारण उनले उक्त नाँचको संरक्षणको लागि नयाँ जुक्ति निकालेका छन् । बुहारीहरूलाई नाँच सिकाउने ।
थारु समुदाय लगायत मधेसी समुदायमा अझै पनि बुहारीहरूलाई नाँच गान, मेला महोत्सव लगायतका सहभागीता गराउने प्रचलन कमै रहेको छ । तर चौतरे प्रसाद थारुले भने आफ्नो समूहलाई बुहारीहरूलाई सहभागी बनाएर विभिन्न स्थानमा नाँच प्रदर्शन गर्दै आएका छन् । उनी भन्छन्–‘छोरा मान्छेलाइ सिकायो उ विदेश गैजान्छ, छोरीहरूको विहे भएपछि उ पनि जान्छ, तर बुहारीहरूलाई सिकायो भने सधैलाई हुन्छ ।’
उनको समूहमा आवद्ध भएका ८ बर्ष १९ जना भन्दा बढि महिलाहरू सबै जना बुहारी नै छन् । २६ जनाको समुहमा महिलाहरूको संख्या १९ छन् । कुनै महिलाहरूलो ढकिया र अन्य मौलीक परम्परागत सामग्री बोकेर प्रदर्शन गर्दछन् भने समुहका ५, ६ जना महिलाहरूले लाठी लिएर मयुरको प्वाँख लगाएर मयुर नाँच नै नाँच्दै आएका छन् ।
अनिता थारु ‘थारु साँस्कृतिक मयुर नाँच झर्रा’ को सदस्य भएको लामो समय भएको छैन । उनी विगत ३ बर्ष देखि समुहमा आवद्ध भईएकी हुन भने मयुर नाँच विगत १ बर्ष देखि नाच्दै आएकी छिन् । उनी समुहमा अन्य पुरुष जस्तै मयुरको प्वाख लगाएर मयुर नाँच नाच्दै आएकी हुन । उनि भन्छीन्–‘सुरुवातमा त छोरा मान्छेसंग मिसिएर नाँच्न लाज लाग्यो, अहिले लाज लाग्दैन, लाठ्ी बजाउन, मयुर को प्वाखलाई हल्लाउन सहज सकिन्छन् । ’
उनले पछिल्लो समयमा अन्य बुहारी, सासुहरूको समेत समूहमा सहभागी हुँदा सहज भएको बताछिन् । बुटवल– १९ रानिवारी गाउँकै मिना थारु, समनी थारु, रिपा कमाल पनि बुहारीहरू हुन । उनीहरू पनि समुहमा मिलेर मयुर नाँच नाच्दै आएका छन् ।
समूहका अध्यक्ष चौतारे प्रसाद थारुका अनुसार छोराहरू बैदेशिक रोजगारी तथा अन्य रोजगारीमा व्यस्त हुने, छोरीहरू विवाह गरेर जाने भएको कारण अहिले बुहारीहरूलाई यो नाँचको तालिम समेत दिदै आएको छ । यहि समुहले सियारी गाउँपालिकामा केही समय पहिला तालिम समेत दिएको अध्यक्ष थारु बताउँछन् । समुहले विभिन्न स्थानमा मयुर नाँच प्रर्दशन गरे बापत नगद ५ हजार देखि २६ हजार रूपैयाँ सम्म लिने गरेको छ ।
मयुर नाँचको लागि आवश्यक पर्ने मयुरको कल्की भारतका विभिन्न स्थानबाट खरिद गरेर समुहले ल्याउने गरेको छ । यता, लोप हुन लगोको मयुर नाँचको संरक्षणका लागि बुटवल उपमहानरपालिकाले तालिम प्रदान गरी ययसको दिगोपनाको लागि प्रयास सुरुवात गरेको छ । नगर प्रमुख खेलराज पाण्डेका अनुसार मयुर नाँचको संरक्षण, प्रर्वद्धन तथा यसको दीगोपनाको लागि तालिम सञ्चालन गर्ने गरी २ लाख रूपैयाँ विनियोजन गरिएको जानकारी दिए । उनले भने–‘यो एउटा सस्कृति संरक्षणको अभियान समेत हो, हामी यसको लागि समुहलाई सहयोग गरेका छौ ।’ तालिम पश्चात केही युवा पुस्ताहरूले समेत मयुुर नाँच को महत्व बुझेर नाँच्ने, संरक्षण गर्ने लगायतका काम गरेमा बुटवल उपमहानरपालिकाको गरिमाको लागि थप टेवा पुग्ने नर प्रमुख पाण्डेयको भनाई रहेको छ ।