ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

प्रदेश सांसद मेयरसंग आक्रोसित

२३ श्रावण २०७५, बुधबार
२३ श्रावण २०७५, बुधबार

प्रदेशसभा सदस्य बैजनाथ जैसवाल आक्रोस पोख्न नगरपालिका पुगेका छन्् । ५ नं.प्रदेशसभा सदस्य जैसवाल गाँउमा काम विशेषले गाँउमा छिर्दा गाँउको हिलाम्य बाटो देखाउदै उनलाई तथानाम गाँउलेले गाली गरे पछि बाटो किन मर्मत नगराई दिएको भन्दै उनि मंगलवार रामग्राम नगरपालिका माथि आक्रोस पोख्न पुगेका हुन् ।
भोट माग्न घरदैलो गर्ने,विकासको सपना बाड्दै भोट बटुल्ने जनप्रतिनिधीहरुलाई गाँउमा सडक सबै हिलाम्य भएर आँउजाउ गर्न कठिनाई हुन थाले पछि जनप्रतिनिधिहरु माथि जनता आक्रासित बनेको अवस्था छ । त्यही बेला मंगलवार प्रदेशसभा सदस्य जैसवाल आफ्नो पेट्रोल पम्प रहेको रामग्राम १७ पटखौलीमा पुगे पछि हिलो देखाउदै स्थानियले तथानाम गाली गरेका थिए । गाँउलेले मलाई केही बाकी राखेनन,उनले रामग्राम नगरपालिका पुगेर प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पंथलाई आक्रोस पोखे,तपाईहरु के हेरेर बस्नु भएको छ, हामी गाँउ घुम्न पनि नपाउने अवस्था भयो । समान्य बाटोको मर्मत पनि नगरि दिएर बाटो हिलाम्य भएको छ ।
अहिले गाँउमा गयो कि गाँउलेले गाली गरिहाल्छन्,भनेर कतिपय आफन्तको निम्तो मान्न पनि जान सकिने अवस्था भएन् । उनले थपे,रामग्राम नपाकै हकुई मेरो ससुराली गाउ हो,निम्तो आएको छ,तर गाँउमा गयो कि तथानाम गाली सुन्न पर्छ । नगरपालिकाले गाँउको समान्य बाटो पनि मर्मत नगरि दिदा त्यसले गाँउलेको झोकमा प्रदेशसभा सदस्य पर्ने गरेका छन् । गाँउको विकासका काम स्थानिय तहले गर्नु पर्ने हो,उनले प्रशासकिय अधिकृत पंथसंग झोक्किदै भने, सबै डाडु पन्यु तपाईहरुको हातमा छ,तर गाँउको सडकको बेहाल हेर्न समेत जानु भएको छैन् । घुम्दै फिर्दै हामी जादा गाँउलेको झोकमा हामी पर्ने गरेका छौ । नगरपालिका कार्यालयसंगै जोडिएका सदरमुकामका सडक समेत हिलाम्य बनेका छन्,उनले विभिन्न सडकको नाम उल्लेख गर्दै प्रमुख प्रशासकिय प्रति आक्रोस पोखे, के अब ति काम पनि प्रदेशसभा सदस्यले गरिदिइने हो ?
नगरपालिकाले लगाएको अत्याधिक करको बारे त्यतीकै गाली हामीले खान परेको छ । त्यसमा पनि सडक हिलाम्य हुदा त्यसको आक्रोस पनि खेप्न परेको छ । प्रदेशसभाले सुविधाबारे कानुन बनाईदिदा मेयर देखी वार्ड सदस्यसम्म प्रति महिना ३५ हजार देखी ८ हजार सुविधा लिईने एक मतले नगरसभामा प्रस्ताव पास भयो,तर स्थानिय तहका कर्मचारीले सुविधाबारे निर्णय भई राख्दा बाटो र जनता माथि पर्ने करको भारबारे पनि सम्झाई दिन पथ्र्यो । जवाफमा प्रशासकिय अधिकृतले जनप्रतिनिधि र स्थानिय तहका कर्मचारीको सेवा सुविधा थपिदा जनता माथि करको भार आउनु स्वभाविक भएको बताए ।
त्यसमा पनि गाँउको बाटो घाटोको मर्मत सम्भारका लागि पनि वार्ड तहबाटै योजना बनेर आयो,जनप्रतिनिधिले नै पास गरे,उपभोतmा समिति मार्फत नै काम गराए,त्यसमा प्रमुख प्रशासकिय अधिकृतले के गर्न सक्छ र ? उनले आफ्नो पुरा कुरा नभ्याउदै प्रदेशसभा सदस्य जैसवालले रोकिहाले,जनताबाट निर्वाचित हुने जनप्रतिनिधि भन्दा तपाईहरु स्थाई सरकार हो,उनि भन्दा गम्भिर भएर तपाईहरुले गाउलेको समस्या हेरिदिन पर्ने होईन,उनले भने, जनप्रतिनिधिलाई सबै तयार गराएर पास गराउने तपाई कर्मचारीहरु नै भएकोले बढि जिम्मेवारी लिईनु पर्ने जैसवालको भनाई थियो ।
राजस्वको अन्य स्रोत पनि हामी देखेका छौ उनले प्रशासकिय अधिकृत पंथलाई ध्यानाकर्षण गराउदै भने, अहिले खोलानालाबाट बालुवाको चोरी निकासी हुदा दैनिक पचास हजार नोक्सानी भई रहेको प्रति नगरपालिका गम्भिर नहुने र जनताको घाटी नै निमोठिने गरि कर लगाउन कतीको उचित हो ? जनताले करको भार कति थोग्ने ? सम्पती एका तिर लुटिदा नगरपालिकाको कर्मचारी तन्त्र चुप लागेर बस्ने ,रोक्ने प्रयास नगर्ने अनि सुविधा भन्दै जथाभावी करको भार थोपार्ने अनैतिक कार्य भएको हुदा त्यसलाई तत्काल सच्याउनु पर्ने उनले निर्देशन दिएका थिए । कार्यलयमा मेयर र उपमेयर दुबै जना नभएको अवस्थामा प्रदेशसभा सदस्यको आक्रोसको चपेटामा प्रमुख प्रशासकिय अधिकृत परेका थिए । प्रदेशसभा सदस्य निर्वाचित भए देखी पहिलो पटक नगरपालिकामा आक्रोस पोख्न पुगेका थिए । अन्तमा प्रशासकिय अधिकृत पंथले मेयर आए पछि गाँउको बाटो घाटो र करको बारे बोर्ड बैठक बोलाएर छलफल चलाउने प्रतिवद्धता दोहर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?