ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

प्राविधिक विषय पढ्न ६० हजार घुस !

२३ श्रावण २०७५, बुधबार
२३ श्रावण २०७५, बुधबार

सल्यानमा एक प्राविधिक शिक्षालयले प्रवेश परीक्षामै एक विद्यार्थी संग ६० हजार रुपैयाँ घुस मागेको तथ्य खुलेको छ । भेटेनरि जेटीए पढ्नका लागी नाम निकाल्न प्राविधिक शिक्षालयका सञ्चालकले ६० हजार रुपैयाँ मागेको खबर सार्वजनीक भएको हो । जिल्लाको शारदा नगरपालिकामा रहेको आरती टेकनीकल इन्स्टिच्युटले ६० हजार दिएमा ‘इन्ट्रान्स’ मा नाम निकाल्दिन्छौँ भन्ने गरेको विद्यार्थीले जानकारि दिएका छन् ।
भेटनरी जेटिएमा करिब २०० जना भन्दा धेरैले फारम भरेको आरतीमा ४० जनाको कोटा रहेको छ । उक्त ४० जनाको कोटामा पर्नको लागि अहिले सल्यान लगाएत बाहिरी जिल्लाबाट एसईई दिएका विद्यार्थीहरू आएका छन् । सीटीईभीटीईबाट मान्यता प्राप्त भएको आरती टेक्निकल ईन्स्टिच्युडले सोमबार रोकिएको प्रबेशीका परीक्षापछि ६० हजार दिएमा जुनसुकै विद्यार्थीको नाम निकालिदिने भन्दै मोटो रकम मागेको कुरा खुल्न आएको हो ।
पत्रकार संग एक विद्यार्थीले भने, ‘मिहेनत गरेर नाम निकाल्ने र प्राविधिक विषय पढ्ने योजना थियो । तर घुस दिएमा मात्रै नाम निक्लने देखियो । कसरि पढ्न सकिएला र खै । मैले त हरेश खाइसकेँ ।’
सरकारी तथा निजि विद्यालयबाट राम्रो जिपिए नम्बर ल्याएर पढ्छु भन्दै गाउँबाट शहर झरेका विद्यार्थी सुरुमै प्रवेश परिक्षामा मोटो रकम इन्स्टिच्युडले मागेपछि पढाइमा हरेश खाएका हुन् । ‘भेटनरी जेटिएको लागी प्रवेश परीक्षामा नाम निकालिदिन्छौँ भन्दै संचालक दुर्गा भण्डारीले हामीबाट ६० हजार घुस मागेका छन्,’ नाम उल्लेख नगर्ने शर्तमा विद्यार्थीले भने ।
घुस खुवाएमा मात्रै नाम निक्लने भएमा अध्यनशिल तथा जेहेन्दार विद्यार्थीको भविष्यमाथी गम्भीर असर पर्ने देखिन्छ । विद्यार्थीले भनेका छन्, सञ्चालक दुर्गा भण्डारीले तपाई हामीलाई ६० हजार रुपैयाँ दिनुहोस्, हामी ढुक्कसँग नाम निकालिदिन्छौँ, तपाईले इन्ट्रान्स नै दिनुपर्दैन भन्नुभयो ।
त्यसैगरी अर्का एक विद्यार्थीले नाम गोप्य राख्ने शर्तमा भने, ‘सोमबार इन्ट्रान्स रोकिएपछि आरती टेक्नीकलले एक्कासी हामीलाई फोन गरेर कार्यालयमा बोलायो । नाम निकाल्नु छ भने ६० हजार दिए निस्किन्छ । सञ्चालकले यो कुरा अरु विद्यार्थीलाई भन्नु तर बाहिर आवट नगर्नु भन्नुभयो ।’उनका अनुसार नाम निस्किएपछि एकदुई महिना आरतीमै पढ्नुपर्ने र पछि बाहिर गएर पढ्नु पर्ने इन्स्टिच्युडले बताएको थियो । ति विद्यार्थीले भने, हामी गाउँदेखि एसईईमा राम्रो नतिजा ल्याएर पढ्छौँ भन्दै शहर आयौं तर यहाँ शिक्षामा पनि घुस चल्दो रहेछ । पहिले छात्रवृत्तिमा नाम निकाल्न पनि कोटा छ भनेको तर अहिले आएर त्यो पनि छैन् भनेको विद्यार्थीले बताए ।शिक्षामा भएको यस्तो घृणित कार्यले प्राविधिक शिक्षालयहरुको वेइजत हुनुका साथै विद्यार्थीको भविष्यमाथी पनि गम्भीर खेलवाड गर्ने भएकाले समयमै सत्य कुरा पत्ता लगाइ सञ्चालकमाथी कारवाहि हुनुपर्ने कुरा जिल्लामा उठ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?