ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

यस्तो छ लुम्बिनी प्रदेशको कृषि क्षेत्रका प्रमुख तथ्यांक

२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार
बुटवल,२५ मंसिर ।  राष्ट्रिय कृषिगणना २०७८ को तथ्यांक हालै बुटवलमा सार्वजनिक गरिएको छ । उक्त तथ्यांकमा समग्र नेपाल र लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्लाको कृषि क्षेत्रको पछिल्लो तथ्यांक देखाइएको छ ।
कृषिगणना २०७८ बाट प्राप्त प्रमुख नतिजाहरु यसप्रकार छन् : 
कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा ४१,३०,७८९ कृषक परिवारले २२,१८,४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८,३१,०९३ कृषक परिवारले २५,२५,६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको थियो । यो कृषिगणनाअनुसार लुम्बिनी प्रदेशमा ७,६५,०९२ कृषक परिवारले ४,२६,६१४ हेक्टर र रुपन्देही जिल्ला १,१७,३३३ कृषक परिवारले ६५,५५५ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ ।
कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाईएको छ भने अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । लुम्बिनी प्रदेशमा ६७ प्रतिशत र रुपन्देही जिल्ला ४९.२ प्रतिशत कृषक परिवार रहेको यो गणनाले देखिएको छ ।
यो कृषिगणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १,१५,८३,९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखाएको छ । अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः १,२०,९६,४१७ र ३.२ रहेको देखाएको थियो । यसरी नै लुम्बिनी प्रदेशको सन्दर्भमा जम्मा कित्ता संख्या २२,५२,७६४ र प्रति कृषक परिवार कित्ता संख्या २.९ रहेको देखाएको छ भने रुपन्देही जिल्लामा यो संख्या क्रमशः ३,६५,८२८ र ३.१ पाइएको छ ।
नेपालमा कूल सिंचित क्षेत्रफल ५४.५ प्रतिशत देखिएको छ भने लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा यो प्रतिशत क्रमशः ५६.७ र ८५.१ रहेको देखिएको छ । यसरी नै नेपालमा सिंचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएको छ भने लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा यो प्रतिशत क्रमशः ७१.७ र ८९.४ रहेको देखिएको छ ।
कृषिगणना २०७८ अनुसार धान बाली लागेको क्षेत्रफल १२,१६,३८७.७ हेक्टर, मकैको क्षेत्रफल ५,५९,९०९.३ हेक्टर र गहुँको क्षेत्रफल ६,५४,१९४.३ हेक्टर हुन आएको देखिन्छ । यो गणनाले लुम्बिनी प्रदेशमा धान, मकै र गहुूँको क्षेत्रफल क्रमशः २,४८,९८४ हे., ७७,७७९ हे र १,६८,८२६ हे., र रुपन्देही जिल्लामा यो क्रमशः ५७,०४९ हे., ३,३५१ हे. र ४०,९७४ हे. रहेको देखिएको छ ।
कृषिगणना २०७८ अनुसार बाली सघनता  दर १.९१ देखिएको छ । यो सूचकले नेपालमा कृषकहरुले बर्षमा सरदर दुई बाली लगाउने गरेको ईंकित गरेको छ । गत कृषिगणना २०५८ र २०६८ मा यो दर क्रमशः १.८३ र १.८५ देखिएको थियो । यो गणनाले लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको बाली सघनता दर क्रमशः १.९७ र १.९९ रहेको देखाएको छ ।
स्थायी बालीमा बगैंचाको रुपमा लगाईएको आँपको क्षेत्रफल १९,७८१ हेक्टर, केराको क्षेत्रफल ७,८९८ हेक्टर र सुन्तलाको क्षेत्रफल ६,५४५ हेक्टर, कागतीको क्षेत्रफल २,८०७ हेक्टर र स्याउको क्षेत्रफल ३,०८० हेक्टर हुन आएको देखिन्छ । यी सबै फलफुल बालीहरुको क्षेत्रफल गत कृषिगणनाको भन्दा बढेको देखिएको छ । लुम्बिनी प्रदेशमा आँप, केरा, सुन्तला, कागती र स्याउको क्षेत्रफल क्रमशः १,८३३ हे, १,३६६ हे., ८६५ हे, ५९७ हे. र १५४ हे. रहेको यो गणनाले देखाएको छ भने रुपन्देही जिल्लामा यो क्षेत्रफल क्रमशः २७७ हे., ७२ हे., १६.५ हे., ३५.८ हे. र ० हे. रहेको देखाएको छ ।
नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३,५३,८५७ बाट बढेर ३४,०५,०१४ हुन पुगेका छन् भने गाईगोरुको संख्या करिव ४६ लाख, राँगाभैँसीको संख्या करिव २९ लाख, बाख्रा÷खसी÷बोका÷च्याङ्ग्राको संख्या करिव एक करोड ४२ लाख, सुँगुर÷वंगुर÷बदेंलको संख्या करिव १४ लाख,  कुखुराको संख्या करिव चार करोड ५१ लाख हुन आएको देखिन्छ । यो गणनाले उन्नत गाई र भैंसीको संख्यामा उल्लेखीय बृद्धि भएको देखाएको छ ।
यसरी नै लुम्बिनी प्रदेशमा गाईगोरुको संख्या करिव पाँच लाख १७ हजार, राँगाभैँसीको संख्या करिव छ लाख ५९ हजार, बाख्रा÷खसी÷बोका÷च्याङ्ग्राको संख्या करिव दुई  लाख ३८ हजार, सुँगुर÷वंगुर÷बदेंलको संख्या करिव एक लाख ९३ हजार, भेडाको संख्या करिव ८३ हजार र कुखुराको संख्या करिव ६६ लाख रहेको देखिएको छ भने यो संख्या रुपन्देही जिल्लामा क्रमशः २७ हजार, ९४ हजार, दुई लाख ४८ हजार, १३ हजार, तीन हजार चार सय र छ लाख ९६ हजार रहेको देखिएको छ ।
कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ। यसैगरी सन्दर्भ अवधिमा ४,७१,२६० कृषक परिवारले कृषिकार्यकालागि पावरट्रिलर प्रयोग गरेको र १,१७,९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखिन्छ । यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखीय रुपमा गिरावट आएर ८,५६,२८३ बाट ५,०९,८२५ वटा हुन पुगेको देखिन्छ । यो गणनाले लुम्बिनी प्रदेशमा फलामे हलो, ट्याक्टर र पावरट्रिलर प्रयोग गर्ने कृषकको प्रतिशत क्रमशः २०.४, ५०.८ र १३.५ देखाएको छ भने रुपन्देही जिल्लामा यो प्रतिशत क्रमशः ९.५, ७३.६ र ३.७ पाइएको छ ।
कृषिगणना २०७८ अनुसार नेपालमा माछापालन गर्ने कृषक करिव ४२ हजार सात सय, पोखरी संख्या ४९ हजार र यी पोखरीले  ओघटेको क्षेत्रफल १० हजार चार सय हेक्टर रहेको छ ।  यो गणना अनुसार लुम्बिनी प्रदेशमा माछापालन गर्ने कृषक करिव सात हजार  छ सय, पोखरी संख्या नौ हजार दुई सय र यी पोखरीले  ओघटेको क्षेत्रफल एक हजार आठ सय हेक्टर रहेको छ भने रुपन्देही जिल्लामा यो संख्या क्रमशः करिव दुई हजार  सात सय, तीन हजार तीन सय र सात सय हेक्टर रहेको छ ।  रुपन्देही जिल्लामा कृषि गणना २०६८ भन्दा कृषक परिवार संख्या करिव २० प्रतिशत र पोखरीले  ओघटेको क्षेत्रफल ४८ प्रतिशतले बढेको छ भने पोखरीको संख्यामा भने सामान्यरुपमा बृद्धि भएको छ ।
कृषिगणना २०७८ अनुसार ४,८३,२०८ (११.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यसप्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवारहरु ८,३५,९२१ (२१.८ प्रतिशत) रहेको देखिएको थियो । यो गणनाले लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा कृषि ऋण लिएका कृषकको प्रतिशत क्रमशः १०.४ र १०.१ रहेको देखाएको छ ।
कृषिगणना २०७८ अनुसार नेपालमा १,८२,४४१ (४.४ प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् भने लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा कृषि बीमा गरेका कृषकको प्रतिशत  क्रमशः ३.९ र ३.७ रहेको देखाएको छ ।
यस गणनाबाट प्राप्त नतिजाअनुसार नेपालमा ३,०८,५१२ (७.५ प्रतिशत) कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा सरकारी अनुदान लिएका कृषक परिवारको प्रतिशत क्रमशः ७.१ र ८.३ रहेको देखिएको छ ।
कृषिगणना २०६८ अनुसार नेपालमा मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९.० प्रतिशत महिला रहेका थिए भने कृषिगणना २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ हुन पुगेको देखिन्छ । यसरी नै लुम्बिनी प्रदेशमा मुख्य कृषकमा पुरुष र महिलाको प्रतिशत क्रमशः ६४.५ र ३५.५ र रुपन्देही जिल्लामा सो प्रतिशत  क्रमशः ७१ र २९ रहेको देखिएको छ ।
यो गणनाले नेपालमा ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य श्रोत कृषिकार्य रहेको देखाएको छ। अघिल्लो कृषिगणनाले यो प्रतिशत ८३.१ देखाएको थियो । यसरी नै लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा आम्दानीको मुख्य श्रोत कृषिकार्य हो भनी बताउने कृषकको प्रतिशत क्रमशः ६६.३ र ६४.३ रहेको देखिएको छ ।
गणनाबाट प्राप्त नतिजाले नेपालमा ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए । यसरी नै लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताउने कृषकको प्रतिशत क्रमशः ४९ र ६८.१ रहेको देखिएको छ ।
जम्मा कृषक परिवारमध्ये नेपालमा २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन् । अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो । यसरी नै लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताउने कृषकको प्रतिशत यो गणनाअनुसार क्रमशः २९.१ र २७.८ रहेको देखिएको छ ।
 बुटवलमा राष्ट्रिय कृषि गणना २०७८को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालय, काठमाडौंका उप–प्रमुख डिल्लीराज जोशीले राज्यको सहुलितपूर्ण कर्जा र अनुदान सीमित टाठाबाठा व्यक्तिहरूले मात्र लिने र वास्तविक किसानसम्म नपुग्दा पनि कृषि उत्पादन बृद्धि हुन नसकेको औंल्याए ।
कृषि अनुदान ७ प्रतिशत र कृषि ऋण जम्मा १२ प्रतिशतले मात्र लिएका उनले बताए ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने कृषक परिवार नेपालमा ५५ प्रतिशत र लुम्बिनीमा ५१ प्रतिशत रहेको बताए ।
तथ्यांक सार्वजनिक कार्यक्रममा कृषि विकास निर्देशनालय लुम्बिनीका निर्देशक रामप्रसाद पाण्डेले सुन्तला खेतीबारेको तथ्यांकमा त्रुटि रहेको औंल्याए ।
पक्लिहवा कृषि क्याम्पसका प्रमुख रामभजन मण्डलले देशको दुई तिहाई जनसंख्याको जीविकोपार्जनसँग गाँसिएको कृषि क्षेत्र सरकारको प्राथामिकतामा नपरेको हुंदा उत्पादनमा आत्मनिर्भर हुन नसकिएको बताए । मुलुकलाई कृषि प्रधान भन्ने मात्रै गरिएको तर कृषि क्षेत्रको आधुनिकीकरण गरी युवा जनशक्तिलाई स्वदेशमै कृषि कार्यमा टिकाउने सरकारको नीति तथा कार्यक्रम नहुंदा वर्षेनी अर्बौं रकमको खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने विडम्वना रहेको मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?