ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन

‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना

२३ मंसिर २०८०, शनिबार
२३ मंसिर २०८०, शनिबार

बुटवल, २३ मंसिर । गत आर्थिक बर्षमा रूपन्देहीको सैनामैनामा रहेको पर्रोहा स्वाथ्य चौकी बाट १ हजार १ सय ९३ जनाले रेबिज विरुद्धको खोप लगाए । चालु आर्थिक बर्षको असार यता कार्तिक सम्म थप १ सय २५ जनाले रेबिज विरुद्धको खोप लगाएका छन् । कुकुरले टोकेपछि रेबिज लाग्ने भएको कारण खोप लगाउनेको संस्था डेढ बर्षमा १ हजार ३ सय १८ भन्दा बढि छ । यो तथ्यांक अधिकांस सैनामैना नगरपालिका क्षेत्र बसोबास गर्ने मानिसहरूले खोप लगाएको तथ्यांक हो । जसमा केही शुद्धोधन गाउँपालिका रूपन्देही, कपिलवस्तुको बाणगंगा र बुटवल उपमहानरपालिका भित्रका पनि रहेका छन् ।

स्वाथ्य चौकी पर्रोहाको तथ्यांकलाई आधार मान्ने हो भने सैनामैना क्षेत्रमा दैनिक ३ जना भन्दा बढिलाई कुकुरले टोक्ने गरेको पाइएको छ । सैनामैना नगरपालिका अनुसार दैनिक ३ जना भन्दा बढिलाई टोक्ने गरेको पाइएको छ । यसरी दैनिक ३ जना भन्दा बढि लाई कुकुरले टोकेको कारण रेबिज विरुद्धको खोप लगाउनुपर्ने बाध्यातालाई अन्त्य गर्नको लागि नगरपालिकाले भुस्याहा कुकुर र घरपालुवा कुकुरको संख्या घटाउनको लागि अभियान सुरुवात गरेको छ ।

संघीय सरकार अन्तर्गतको केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौको सहकार्यमा नगर भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर र घरपालुवा कुकुर बन्ध्याकरण शिविर गरी कुकुर नियन्त्रणको लागि अभियान सुरुवात गरेको हो ।
सैनामैना नगरपालिका नगर प्रमुख नगरप्रमुख फणीन्द्र प्रसाद शर्माका अनुसार टोल टोलमा पशु एम्बुलेन्स मार्फत कुकुर संकलन गरेर भुस्याहा र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

शिविरको शुक्रबार शुभारम्भ गरिएको छ । पहिलो चरणमा ४ दिन मा ५ सय भन्दा बढि सामुदायीक र घरपालुवा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको नगर प्रमुख शर्माले जानकारी दिए । जसको लागि टोल टोलमा टोल विकास संस्था मार्फत सामुदायीक कुकुर पहिचानको लागि योजनाबद्ध रूपमा काम सुरुवात गरिएको छ ।

शिविरमा आउने घरपालुवा कुकुर लाई रेबिज विरुद्धको खोप समेत लाईने छ । विहान ८ः ३० बजे देखि साँझा ५ः ३० बजे सम्मको समय निर्धारण गरी कुकुर बन्ध्याकरणको कार्यक्रम राखीएको हो । जस अनुसार शुक्रबार सैनामैना नरपालिका वडा नम्बर १, २, ४ नम्बरका वडाको पुरानो गाउँ, रिङरोड, मुख्य राजमार्ग क्षेत्रबाट भुस्याहा कुकुर संकलन गरी ल्याएर बन्ध्याकरण गरिएको छ ।
यस्तै २३ गते शनिवारको दिन वडा नम्बर ३, ५ र ६ नम्बरका पुरानो गाउँ, रिङ रोड र मुख्य राजमार्ग र चौक चौक बाट कुकुर संकलन गरि शिविर सञ्चालन गरिएको स्थान साविक पर्रोहा गाविस कार्यालय हाल वडा नम्बर ४ को वडा कार्यालयमा ल्याएर बन्ध्याकरण तथा खोप लगाइएने कार्यक्रम छ ।

यस्तै आईतबार वडा नम्बर ७, ८ र ९ नम्बर वडा, सोमबार १० र ११ नम्बर वडा का विभिन्न क्षेत्रबाट भुस्याहा र घरपालुवा कुकुर संकलन गरी बन्याकरण गरिने भएको हो । सैनामैना नगरपालिकाको आ.व २०८० /०८९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु बिकास शाखा र केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौको सयुक्त आयोजन शिविर आयोजना गरिएको सैनामैना नगरपालिका पशु शाखा प्रमुख पशु विकास अधिकृत ईन्द्र बहादुर खड्काले जानकारी दिए ।

नगरपालिका उप प्रमुख बीना रानाले सामुदायीक कुकुरको कारण दुर्घटना जोखिम समेत बढ्दै गएको उनीहरूको स्वाथ्य अधिकार समेत बञ्चीत भएको बताउँदै यसको लागि नगरपालिकाले महत्व दिएर यो शिविर आयोजना गरिएको बताईन । सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सामुदायिक कुकुर व्यवस्थापनको लागि नगरपालिकाले मात्रै काम गरेर भन्दा पनि सबैको साथ र सहयोग बाट नियन्त्रण संभव भएको बताए ।

शिवर मार्फत पहिलो चरणमा बन्ध्याकरण कुकुरबाट थप सन्तान नजन्मिने तर घरपालुवा मानिसहरूले पनि यत्तीकै छाडा रूपमा कुकुर छाडीदिँदा थप समस्या आउन सक्ने भन्दै यसको लागि सबैले आ आफ्नो स्थानबाट कुकुर नियन्त्रणको लागि भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए । लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्सय विकास निर्देशनालयका पशु चिकित्सक तथा पशु पशु स्वास्थ व्यवसायी परिषद् सदस्य लोकराज भुषाल ले सामुदायिक कुकुर व्यवस्थापन जरुरी रहेको भन्दै यसको लागि केन्द्रीय रिफरल पशु चिकित्सालय को सहयोगमा शिविर आयोजना गरिएको बताए । उनले पशु अधिकारको लागि पनि शिविर आवश्यक रहेको बताए ।

मानिसबाट पशुमा सर्ने रोगहरू जुनोटिक रोग को जोखिम समेत बढ्दै गएको समयमा जोखिम न्युनीकरणको लागि खोप कार्यक्रम र बन्ध्याकरण शिविर आवश्यक रहेको बताए । शिविरमा केन्द्रीय रिफरल पशु चिकित्सालय का पशु चिकित्सक, सर्जन सहितको प्राविधिक टोली सैनामैना आएको छ । पशु एम्बुलेन्स सहितको समुहले पालिका विभिन्न स्थानबाट संकलन गरिएका सामुदायीक र घरपालुवा कुकुरको बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालन गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?