© २०२३
नेपालगन्ज उपमहानगरपालिका अव सिसि क्यामेराको निगरानीमा हुने भएको छ । सोमबार नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसि क्यामेरा जडान गरिएसंगै अब शहर सिसि क्यामेराको निगरानीमा हुने भइको हो ।
सिसि क्यामेरा जडानसंगै अपराधिक गतिबिधि नियन्त्रण हुने जनाईएको छ । सिसि क्यामेरा जडानको पहल गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अब नेपालगन्जमा हुने हरेक गतिबिधि निगरानीमा हुने बताए । उनले अब सबैले सुरक्षित महसुस गर्ने बताए । संघका २५ जना पदाधिकारीहरुबाट २ लाख ५२ हजार १ सय संकलन गरि सिसि टिभी क्यामरा कोष निर्माणमा जुटेको अध्यक्ष बैश्यले बताए ।
१६ स्थानमा ५६ वटा सिसि टिभी क्यामराको ३३ लाख ९७ हजार २ सय ६८ रकम कुल लागत रहेको जनाएको समितिले जनाएको छ । विभिन्न संघ संस्था र व्यवसायीबाट सिसि टिभी क्यामरा जडानको लागि ४५ लाख ७६ हजार १ सय संकलन भएको समितिका अध्यक्ष बैश्यले बताउनुभयो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले सोमबार नेपालगन्जमा आयोजित कार्यक्रममा सिसिटिभी क्यामरा संचालनको सुभारम्भ गरे ।
समितिका उपाध्यक्ष जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीका अनुसार नेपालगन्जका राझा, भुजैगाउँ, कारकादौं, पुष्पलाल चोक, धम्बोझी, विपी चोक, गणेशमान चोक, भेरी अस्पताल चोक, त्रिभुवन चोक, त्रिवेणी चोक, शहीद सेतु विक चोक, बसपार्क चोक र बाईपासल लगायतका मुख्य चोकमा सिसिटिभी क्यामरा जडान गरिएको छ । नगरका विभिन्न भागमा जोडिएका सिसिटिभी जिल्ला प्रहरी कार्यालय बाँकेको प्रत्यक्ष निगरानीमा राखिएको छ । सिसि टिभी जडानमा सहयोग गर्ने व्यक्ति संघ संस्थाका पदाधिकारीहरुलाई सहयोग गरे बापत प्रमाणपत्र प्रदान गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी