ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन

कुमाल समुदायका भाँडा गोदाममै थन्किए

१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

लमही, १६ मंसिर । आफूहरूले बनाएका माटोका भाँडाहरू बिक्री नभएर गोदाममै थन्किएपछि लुम्बिनी प्रदेश सरकारका भूमि ब्यवस्था तथा कृषि मन्त्रीलाई बजारीकरणको ब्यवस्थापन गरिदिन आग्रह गरेका छन् । नागरीकहरूका समस्या सुन्न गढवाको खैराखालमा पुगेका प्रदेश सरकारका कृषि मन्त्री भण्डारीलाल यादवसंग स्थानीयहरूले यस्तो गुनासो गरेका हुन् ।

गढवा–३ खैराखालका चुन्नुराम कुमालले आफूहरूले उत्पादन गरेका माटोका भाँडाहरू बिक्री नभएर गोदाममै थन्किएको गुनासो गरे । माटो र दाउराको जोहो गरी एनकेन बनाएका भाँडाहरू स्थानीय स्तरमा बिक्दैनन् टाढा लैजाने साधन छैन । प्रदेश सरकारले भाँडाहरूको बजारीकरण गर्न बाहिर लैजाने साधनको ब्यवस्था गरिदिनु पयो–चुन्नुरामले भने । ‘अहिले युवा जनशक्ति बिदेश जाने लहर फैलियो । हामी बिदेश जान नपरोस भन्ने चाहान्छौं । युवाशक्तिलाई पनि पुख्र्यौली पेशाप्रति जागरुक बनाउन सरकारको ध्यान जानु प¥यो’–लखनऊ बिश्वबिद्यालयमा बिएससी एजी अध्ययनरत सोही गाउँका स्थानीय छविलाल थारु कुमालल भने ।

हामी महिलाहरू धेरैले माटोका भाँडाहरू बनाउने गर्छौं । यो हाम्रो पुख्र्यौली पेशा हो । यसको संरक्षण र जगेर्ना गर्न नयाँ प्रबिधिको तालिम आवश्यक छ । आधुनिक भट्टी र बिद्युतिय मसिनरी औजारहरू तथा तालिमको जरुरी छ–स्थानीय राजकुमारी थारु कुमालले बताईन । माटोका भाँडाहरू उत्पादन गर्न दाउरा र माटो प्रयाप्त छैन । केहि समयपछि हामीले प्रयोग गर्दै आएको माटोको खानी रित्तिन्छ र दाउराहरू पनि नपाउने अवस्था हुन्छ, यसका लागि स्थानीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक छ–सोही गाउँकै महेन्द्र थारु कुमालले बताए ।
शुक्रवार स्थानीयका समस्या सुन्न गढवा ३ को खैराखालमा पुग्नुभएका मन्त्री भण्डारीलाल यादवसंग स्थानीयहरूले आफूहरूले बनाएका माटोका भाँडाहरू बजारीकरणमा ध्यान दिन सुझाब राखेका छन् । कार्यक्रममा उपस्थित अधिकांश नागरिकहरूले प्रदेश सरकारलाई माटोका भाँडा टाढा लगेर बिक्रीवितरण गर्न पिकअप भ्यान अत्यावश्यक भएको माग गरेका हुन् ।

स्थानीयका माग सुन्दै मन्त्री यादवले हालै प्रलेश सरकारले कार्यबिधि बनाएर पास गरिसकेको र अब तत्काल किसानहरूका लागि कार्यक्रमहरू गर्न प्रस्तावना माग गर्ने तयारी भैरहेको बताए । समूह बनाएर प्रस्ताब लिएर आउनुस हामी किसानका माग संबोधन गर्ने छौं– मन्त्री यादवले उनीहरुलाई भने । माटोका भाँडाहरू मानव स्वास्थ्यकालागि पनि लाभदायक हुने भन्दै मन्त्री यादवले भाँडाहरूको उत्पादन र बजारीकरणका लागि प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । बिसानहरूकालागि कृषि ज्ञानकेन्द्र, भेटेनरी र मुख्यमन्त्री आर्थीक बिकास कार्यक्रम मार्फत सुचनाहरू खोल्न थालीएको भन्दै योजना माग्न किसानहरू कार्यालयमा धाउनुपर्ने बताए । जनताहरूले नेतालाई भोट मात्र हाल्ने होइन, योजना माग्ने र खर्बदारी गर्ने काम पनि गर्नुपर्छ उलले भने । लोकतन्त्र आएपछि देशमा धेरै बिकास भएको र अहिले लोकतन्त्रका बिरुद्ध सडकमा भैरहेका गतिविधी प्रति पनि जनता र आम किसानहरूले खर्बदारी गर्नुपर्ने उलको धारणा थियो ।
फियान नेपालको प्राबिधिक सपोर्टमा सञ्चालीत खैरा खाद्य अधिकार समूहले माटोका भाँडाहरू उत्पादन र प्रबर्धनलाई पटक पटक सरकारका निकायहरूको ध्यानाकर्षण गराउँदै आफ्ना अधिकारहरूलाई अगाडी बढाएको फियान लुम्बिनीका संयोजक शुरेस गौतमले कार्यक्रममा जानकारी दिए । कूल ५५ घरधुरीको बसोवास रहेको खैराखाल थारुकुमाल बस्तिका ३३ घरधुरीले माटोका भाँडाहरू बनाउने पेशालाई अंगाल्दै आएको स्थानीय अगुवा दामु थारु कुमालले बताए ।

यसअघि सहकर्मी समाज, दक्षिण देउखुरी अधिकार मञ्च र स्थानीय सरकारले पनि माटोका भाँडा पोल्ने आधुनिक भट्टी निर्माणमा सहयोग गरेपछि आफ्नो पुख्र्यौली पेशाप्रती स्थानीयको ध्यान गएको उलले बताए । वडा कार्यालयको सिफारीसमा गतबर्ष पर्यटन बिकास डिभिजन कार्यालय बाँकेले ६४ लाख ९२ हजार लगानी गरेपछि भाँडा राख्ने गोदाम घर, सो रुम, भाँडा पोल्ने भट्टीघर, १५ थान भाँडा बनाउने बिद्युतिय मसिन र २ थान माटो पेल्ने मसिन उपलब्ध गराएको छ । अब हामीलाई उत्पादन गरेका भाँडाहरू बिक्री गर्न पिकअप भ्यान र मसिनहरू चलाउन प्राबिधिक तालिम अबश्यक छ– कार्यक्रममा उपस्थित स्थानीयहरूले कृषिमन्त्री यादवसंग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?