ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन

अख्तियारको निर्देशन : स्थानीय तहमा योजना आयोग,निजी सचिव र सल्लाहकार नराख

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

बुटवल,२४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा योजना आयोग र सल्लाहकार हटाउन निर्देशन दिएको छ ।
‘स्थानीय तहमा योजना आयोग गठन गर्ने, कर्मचारी तथा पदाधिकारीको सेवा शर्त सुविधा तोक्ने, निजी सचिव र सल्लाहकार जस्ता पद सिर्जना गर्ने लगायतका विषयहरु समावेश गरी अनावश्यक व्ययभार थप्ने कार्य कानून विपरित हुनाका साथै उक्त कार्यबाट सार्वजनिक कोषको अपव्यय हुने हुँदा उक्त कार्य तत्काल रोक्न निर्देशनमा भनिएको छ ।

अख्तियारले मन्त्रालय स्तरको निर्णयबाट कार्यविधि बनाइ दरबन्दी सृजना गरेर गठन गरिएका कार्यालय र नियुक्तीहरु नगर्न समेत भनेको छ ।

मन्त्रालय स्तरको निर्णयबाट कार्यविधि बनाइ कोष स्थापना गर्ने, संगठन संरचना र दरबन्दी थप गर्ने काम गरेर व्ययभार थपेको भन्दै तत्काल उक्त कार्य रोक्न अख्तियारले निर्देशन दिएको छ ।
संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने आयोजनाको वर्गीकरण गर्नुपर्ने अख्यितारले दिएको सुझावमा उल्लेख छ ।

ठेक्का व्यवस्थापनमा रहेका समस्या समाधान गर्न निश्चित समयसम्म ठेक्का नलगाएमा स्वतः अर्थ मन्त्रालयमा बजेट समर्पण हुने पद्धतिको विकास गर्ने भनिएको छ । यस्तै सुझावमा मोविलाईजेशन पेश्कीमा रहेको विकृति रोक्न यसको विधि र पद्धति कार्य सम्पादनमुखी बनाउने गरी सुधार गर्न भनिएको छ ।

संघ तथा प्रदेश सरकार मातहतका निकाय र स्थानीय तहले लागतमैत्री, प्रतिफलयुक्त र लाभग्राहीको जिवनस्तर उकास्ने प्रकृतिका आयोजना, कार्यक्रम स्वीकृत मापदण्ड, निर्देशिका, कार्यविधि बमोजिम मात्र छनौट तथा कार्यान्वयन गर्न भनिएको छ ।अर्थ मन्त्रालय र तीनै तहको सरकारलाई बजेट निर्माणमा सुधार गर्न २२ बुँदे निर्देशन दिएको छ ।

शुक्रबार एक परिपत्र गर्दै अर्थ मन्त्रालयसहित बजेट तर्जुमा गर्ने तीनै तहका सरकारलाई बजेट निर्माण र वितरणमा अनुशासन पालना गर्न भनेको हो ।

संघ, प्रदेश र स्थानीय तीनै तहमा आयोजना बैंकको स्थापना गर्न, मध्यमकालीन खर्च संरचनाको कार्यान्वयन गरी आयोजना बैंक, मध्यमकालीन खर्च संरचना, मन्त्रालयगत बजेट सूचना प्रणाली र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली बीच अन्तरआबद्धता कायम गर्ने गरी मात्रै बजेट बनाउन अख्तियारले भनेको हो ।

आयोजना बैंकमा प्रविष्ट नगरेका आयोजनामा बजेट विनियोजन नगर्न पनि अख्तियारले तीनै तहका सरकारलाई सचेत गराएको छ ।

यस्तै, आयोगले राष्ट्रिय योजना आयोगले बजेट तर्जुमाको निकायगत सिलिङ्ग उपलब्ध गराउनु पूर्व सम्बन्धित निकायसंग तयारी पूरा भएका आयोजनाहरुको विवरण माग गर्न समेत भनेको छ ।

अख्तियारले पठाएको सुझावमा संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने आयोजना वर्गीकरणको वस्तुगत मापदण्ड बनाएर तोकेका प्रकृति र लागत सीमाका आयोजना मात्र प्रविष्ट हुनेगरी बजेट विनियोजन गर्न भनेको छ ।

अख्तियारले आयोजना बैंकमा राख्ने आयोजनाहरुको ब्याख्या समेत गरेको छ ।
संघ, प्रदेश र स्थानीय तीनै तहमा बजेट तर्जुमा गर्दा उल्लेखित प्रकृयाभन्दा बाहिरबाट आयोजना समावेश गरी बजेट विनियोजन गर्नु प्रचलित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन नियम विपरीत हुने अख्तियारको सुझाव छ ।

आर्थिक वर्षको बीचमा कार्यपालिकाको निर्णयको आधारमा बजेटमा योजना राखेर कार्यान्वयनमा लैजाने प्रवृत्ति तीनै तहका सरकारमा देखिएको भन्दै वित्तीय अनुशासन र भ्रष्टाचार नियन्त्रणका दृष्टिले चिन्ताको विषय रहेको उल्लेख छ ।

जथाभावी बजेट रकमान्तर गरी खर्च गर्ने विकृति झाँगिदै जाँदा स्रोतको दुरुपयोग र सम्पादित कामको गुणस्तर समेत कमसल हुने गुनासो बढेको भन्दै अति आवश्यक भएमा दोस्रो र तेस्रो त्रैमासिकमा मात्र गर्न सक्ने गरी मापदण्ड बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

अख्तियारले अर्थमन्त्रालयलाई स्रोत सुनिश्चितताको सहमती बिना बहुवर्षीय ठेक्का नलगाउन भनेको छ । औचित्यका आधारमा मात्रै बहुवर्षीय आयोजनामा स्रोत सहमति दिने व्यवस्था गर्न अर्थमन्त्रायलाई अख्तियारले भनेको छ ।

अख्यितारले बहुवर्षीय आयोजना छनोट गर्दा नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम बाहेक नगर्न भनेको छ । त्यस्तै अख्तियारले राष्ट्रिय गौरवका र उच्च प्राथमिकतामा रहेका रणनीतिक आयोजनामा मात्र बहुवर्षीय स्वीकृति दिने गरी मापदण्ड तर्जुमा गर्न भनेको छ ।

अख्यितारले संघ प्रदेश र स्थानीय तहले बजेट तर्जुमा गर्दा आयोजना र कार्यक्रमको तल्लो सीमा कायम गरी बजेट तथा कार्यक्रम कार्यान्वयमा अनुशासन कायम गर्न निर्देशन समेत दिएको छ । यस्तै योजना छनौट बजेट तर्जुमा र कार्यान्वयनका हरेक चरणमा प्रशासनिक र राजनीतिक नेतृत्वले सामूहिक जिम्मेवारी र जवाफदेहिता निर्वाह गर्नुपर्ने अख्तियारको सुझाव छ ।

तीनै तहका सरकारले बजेट स्वीकृतिको चरणमा अवण्डामा करोडौ रकम बजेट छर्ने प्रवृत्तिलाई अन्त्य नगरे अख्यितारले गरेको अनुसन्धानमा कारबाहीको भागीदार हुनुपर्ने चेतावनी समेत सुझावमा उल्लेख छ ।

तीनै तहका सरकारले योजना नीति बजेट र कार्यक्रम तयार गर्दा दोहोरोपना नहुनेगरी तयार गर्न भनिएको छ । अख्तिायारले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच रहेको आयोजनाको दोहोरोपना र संघबाट समेत निकै साना आयोजना राख्ने प्रचलन तत्काल अन्त्य गर्न र राष्ट्रिय गौरवका आयोजना, दीर्घकालीन महत्वका रणनीतिक आयोजना र क्रमागत आयोजना बाहेकका आयोजना नेपाल सरकारले कार्यान्वयन नगर्ने भनेको छ ।

अख्यितारले सार्वजनिक खरिदको कार्य समयमै अगाडी बढाउने, समयमै सम्झौता गर्ने, सम्झौता अनुसार आवश्यक परेमा ठेक्काको म्याद थपगर्ने, सम्झौता अनुसार काम नगर्ने पक्षलाई कानूनी कार्वाही गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?