ट्रेंडिंग:

>> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै

छतिवन रुख मानव स्वास्थ्यलाई हानिकारक छैन : वनस्पतिविज्ञ डा. केसी

१७ कार्तिक २०८०, शुक्रबार
१७ कार्तिक २०८०, शुक्रबार

बुटवल,१७ कात्तिक ।   छतिवन ( एस्टोनिया) रुख मानव स्वास्थ्यका लागि हानिकारक नरहेको सरकारी निकायका वनस्पतित विज्ञले स्पष्ट पारेका छन् । छतिवन रुखको बारेमा तिलोत्तमा नगरमा उत्पन्न भ्रमबारे स्पष्ट पार्ने उद्देश्यले तिलोत्तमा नगरपालिकाले शुक्रबार आयोजना गरेको कार्यक्रममा वनस्पति विभागका महानिर्देशक डा. राजेन्द्र केसीले छतिवन रुखको बारेमा फैलाइएको भ्रममा कुनै सत्यता नरहेको स्पष्ट पारे । नेपालमा रुख, विरुवा, फूल, वनस्पतिको सन्दर्भमा खोज, अनुसन्धान गर्ने र यस सम्बन्धमा कुनै विवाद आएमा त्यसलाई निरुपण गर्ने सरकारको आधिकारिक निकाय वनस्पति विभाग भएको भन्दै डा. केसीले छतिवनबारे भ्रमपूर्ण प्रचारहरु भएपछि विभागले गत साउन २३ गते त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सहितका विज्ञ राखेर अन्तरक्रिया तथा थप खोज अनुसन्धान गर्दा कुनै पनि तथ्य, प्रमाण, अभ्यासले छतिवन रुख मानव स्वास्थ्यका लागि हानिकारक नरहेको पुष्टी भएको बताए ।

छतिवन आयातित नभई नेपालको स्थानीय प्रजाति भएको र छतिवनले वातावरणलाई समेत कुनै असर नपार्ने तथ्य प्रमाणले पुष्टी गरेको डा. केसीले स्पष्ट पारे । पनि स्पष्ट पारे । यो रुख सडक किनारमा सहरी सौन्दर्य प्रवद्र्धनको लागि लगाउन उपर्युक्त विरुवा भएको, भारतको पश्चिम बंगाल सरकारले यसलाई राज्यको प्रादेशिक रुखको रुपमा प्रवद्र्धन गरेको , छतिवनमा पर्याप्त औषधिय गुण रहेको, छतिवनले निःसन्तान गराउने भन्ने कुरामा कुनै पनि प्रकारको सत्यता नभएको डा. केसीले प्रष्ट पारे । छतिवनमा अधिक प्रदुषण सोस्न सक्ने क्षमता रहेको, बाह्रैमासे हरियाली रहने, सहज रुपमा उपलब्ध, कम हेरचाहले हुर्कने भएकोले सडक किनारमा लगाउन उपयुक्त भएको पनि महानिर्देशक डा. केसीले बताए ।
छतिवनको बोक्रा र चोपमा औषधिय गुण भएकोले विभिन्न समुदाय तथा आयुर्वेदमा औषधीहरुमा यसको प्रयोग हुने गरेको पनि उनले जानकारी गराए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांण, उपप्रमु्ख जागेश्वरदेवी चौधरी,प्रमुख प्रशाकीय अधिकृत नारायण अर्याल,कार्यपालिका सदस्य सुरेन्द्र श्री, तिलोत्तमा ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले छतिवन रुखबारे अनेक भ्रम फैलाइएको र अनधिकृत ढंगले रुखहरु काट्ने क्रियाकलाप भएकाले यसबारे सत्य तथ्य आम नागरिकमा जानकारी गराउन सरकारको आधिकारिक निकाय वनस्पति विभागका महानिर्देशकबाट यथार्थ जानकारी गराउन कार्यक्रम गरिएको बताए । उनीहरुले केही व्यक्ति हल्लाको आधारमा छतिवन रुखबारे भ्रम फैलाउंदै हिंडेको देखिएकाले कोही पनि भ्रममा नपर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?