ट्रेंडिंग:

>> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार

संस्थाहरुमा प्रभावकारी र पारदर्शी बनाउन युवा नेतृत्व जरुरी

१७ कार्तिक २०८०, शुक्रबार
१७ कार्तिक २०८०, शुक्रबार

बुटवल, १७ कात्तिक ।

स्थानीय टोल विकास संस्थालाई निष्प्रभावकारी हुनबाट रोक्ने गरी युवालाई यसको नेतृत्वमा जोड्न जरुरी रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरु जोड दिएका छन् । जवाफदेहिता प्रयोगशाला नेपालको आयोजनामा शुक्रबार बुटवलमा भएको नीति निर्माणमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले युवाकै नेतृत्वमा नीति बनाउने गरी टोल विकास संस्था तहबाट भूमिका दिनुपर्नेमा उनीहरुले जोड दिए ।

कार्यक्रममा नगर खेलकुद विकास समिति बुटवल उपमहानगरपालिकाका अध्यक्ष बोनिन पियाले नेपालमा अझै पनि पुरानै शिक्षा प्रणाली रहँदा यसबाट युवाहरुलाई विकासमा जोड्ने कार्यक्रम ल्याउन कठिनाई भएको बताए । टोल विकासको सक्रियताकै कारण सरसफाई र सचेतनाका कार्यक्रमहरु प्रभावकारी भएको भन्दै उनले टोल विकास संस्था आफै प्रभावकारी बनाउने गरी युवा सहभागितामा जोड दिनुपर्ने सुझाव दिए । उच्च शिक्षामा विदेश जाने युवाहरुप्रति सकारात्मक सोच राख्नुपर्ने धारणा राख्दै उनले देशमा भएको अहिलेको आर्थिक कठिनाईलाई रोक्ने गरी सरकारको योजना अघि बढाउनुपर्ने बताए । देशमा सिमेन्ट, ह्याचरीमा आत्मनिर्भर भैसकेको उद्योग बन्द हुने अवस्था सृजना भएको उनले दुखेसो गरे । नेपालमा दक्ष युवाहरु आवश्यक पर्ने तर युवाहरु दक्षता हासिल गरेसंगै वैदेशिक रोजगारमा लाग्ने युवा वर्गलाई रोक्ने गरी सरकारबाट नीति निर्माण गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालले औपचारिक शिक्षा प्राप्त गरेका युवाहरुलाई टोल विकासमा समावेश गर्न सके प्रभावकारी हुने बताए । संविधानबाट १८ देखि ४० वर्ष उमेरलाई युवा मानिएको भन्दै यो समूहलाई लक्षित गरेर सामाजिक र नेतृत्व विकासका कार्यक्रम चलाउनुपर्ने बताए । युवाहरुलाई संसदीय प्रक्रियामा समावेश गराउने बारेमा जानकारी दिन जरुरी छ । सरकारको यकिन तथ्यांक नहुँदा त्यसमा रहेर छलफलबाट सही निष्कर्ष नआउने उनले बताए ।

कार्यक्रममा रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्लेले युवा प्रोत्साहन गर्ने गरी संस्थाबाट विविध कार्यक्रमहरु चलाउँदै आएको बताए । पाँच वर्षदेखि रुपन्देही जिल्लाका सबै पालिका र स्थानीय उद्योगहरुको सहकार्यमा रोजगार सुचना केन्द्र स्थापना गरिएको भएपनि त्यो अझ प्रभावकारी बन्न नसकेको बताए ।

युवाहरुलाई सीप विकास आजको आवश्यकतालाई मध्येनजर गरी गत एक वर्षदेखि ३ वर्षका लागि ईन्स्युर परियोजनाको सहकार्यमा सीप विकास तालिम चलाउँदै आएको उनले बताए । हालसम्म ३ सय बढीलाई सीप सिकाउन सफल भएको उनले बताए । युवा उद्यमी बन्न सरकारबाट नै नीतिगत रुपमा सहयोग नभएको उनले दुखेसो गरे । नाफाको नभई सरकारलाई उद्योगस्थापनासंगै कर प्रणालीमा समावेश गर्ने जस्ता कमजोरीहरु रहेको उनले बताए । अहिले पनि १२ हजार क्युफिट काठ देशभित्र उत्पादन हुन्छ र ३ हजार क्युफिट माग छ । तर यो सहज प्रयोग गर्ने नीति नहँुदा वर्षेनी मलेसियाबाट काठ ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । ‘सरकारबाट सहज नीति नहुदा उद्योग चलाउन कठिन छ ।’–उनले भने । विद्यालयस्तरमा नै कोर्ष तयार गर्न जरुरी छ । रोजगारमुलक कार्यक्रमहरु संचालन गर्दा स्थानीय पालिकाहरुले नीति बनाएर बजारको माग अनुसार चलाउनुपर्ने सुझाव दिए ।

यसैगरी बुटवल–१२, भैरव साझा टोल विकास संस्थाको अध्यक्ष कृष्ण प्रसाद घिमिरेले टोलमा गठन भएका विभिन्न संस्थाहरुको पारदर्शी हुने गरी स्थानीय सरकारको अनुगमन हुनुपर्ने बताए । टोल विकास संस्थाहरुलाई बजेट नहुने तर क्लबहरुको नाममा बजेट बिनियोजन भएपनि त्यसको प्रभावकारिता अनुगमनतर्फ ध्यान दिनुपर्ने उनले बताए । टोल विकाससंग धेरै क्षमता भएपनि आर्थिक अभावका काम गर्न नसकिएको उनले दुखेसो गरे । टोल विकास संस्थालाई आफ्नो क्षेत्रका क्लबहरुलाई छुट्टिएका बजेट पारदर्शी हुनुपर्ने उनले बताए ।

कार्यक्रममा युवा नेता निरज आचार्यले युवा लक्षित कार्यक्रमलाई थप वृहत रुपमा अघि बढाउनुपर्ने सुझाव दिए । वैदेशिक रोजगारमा फर्किएकाबाहेक देशभित्रकै युवालाई समेटेर कार्यक्रम चलाउनुपर्ने उनले बताए ।

कार्यक्रममा युवा प्रेम परियारले युवाको परिभाषा भुगोल र परिवेश अनुसार फरक हुँदा यसको नीति बनाउँदा समेत केही अन्तर देखिने बताए । हाल स्थानीय तहमा केवल ४२ प्रतिशत प्रतिनिधित्व युवाको रहेको र यसभन्दा माथि युवाको प्रतिनिधित्व झन कमजोर देखिएको उनले बताए । राजनीतिक पार्टीहरुले मूल धारमा युवालाई समावेश नगरेसम्म कुनै परिवर्तन प्रभावकारी हुन नसक्ने उनले दाबी गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप शाखाका अधिकृत कोपिला ज्ञवालीले बजेट अभावकै कारण कतिपय कार्यक्रम हुन नसकेको बताईन् । गतवर्ष ५ लाख बजेटमा (एक विद्यालय एक उद्यम) कार्यक्रम नवरत्न माविमा संचालन गरिएको उनले बताईन् । पालिकाबाट गरिएका कार्यक्रमहरुबारे जानकारीहरु बार्षिक पुस्तक प्रकाशन गरिएको र वेभ साईडमा राखिएको उनले बताईन् ।

यो वर्ष देखि बुटवल उपमहानगरपालिकाभित्रका १७ वटा निजी विद्यालयमा परीक्षा गरेर १० प्रतिशत छुट गरेको विवरण तयार गरिएको बताईन् । न्युनतम एक सय घर भन्दा बढी भएको समूहबाट टोल विकास संस्था गठन गर्न सकिने ब्यवस्था रहेको छ । नगरपालिकामा युवा परिचालन कार्यविधि निर्माण भएको छ तर संचालन गर्न नसकिएको उनले बताईन् ।
बुटवल उपमहानगर रोजगार शाखाका संयोजक अरबिन्द पाण्डेले वार्षिक योजना अनुसार युवा क्षमता विकासका कार्यक्रम चलाउँदै आएको बताए । जवाफदेहिता प्रयोगशाला नेपालका भवानी पाण्डेले युवाहरुलाई समाजमा रहेका साना ईकाईका टोल विकास संस्थाबाट नै नेतृत्व र भूमिका दिन सक्नु पर्ने बताए । यसले संस्थाहरुको प्रभावकारिता र पारदर्शिता बनाउन मद्दत मिल्ने उनको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?