ट्रेंडिंग:

>> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त

छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर

१० आश्विन २०८०, बुधबार
१० आश्विन २०८०, बुधबार

सल्यान, १० असोज ।

संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रीएका स्थानीय तहका कर्मचारीले सल्यानमा हातमा कालोपट्टी बाँधेर पालिकामा धर्ना दिएका छन् । संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागू गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने लगायतका माग आन्दोलनरत कर्मचारीहरुको छ ।

हातमा कालोपट्टी बाँध्ने र ब्यानर कार्यालयमा राख्ने तथा आधा दिन पेन डाउन गर्ने जस्ता आन्दोलनका कार्यक्रम ७ गते देखि शुरु भएको स्थानीय तह कर्मचारी संघर्ष समिति सल्यानका सहसंयोजक तथा छत्रेश्वरी गाउँपालिकाका संयोजक प्रदीप चन्दले जानकारी दिए । सल्यानका स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित भएको भन्दै उनले यस अघि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाइएको र पालिकाहरुमा धर्ना दिएको बताए ।

आन्दोलनरत छत्रेश्वरी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले संसद्मा टेबल भएको संघीय निजामती ऐनले कर्मचारीहरूबीच विभेद ल्याएको भन्दै बुधबार कार्यालयमा हाटमा कालोपट्टी बाँधेर धर्ना दिएका छन् भने आफ्ना मागहरु सहितको कालो ब्यानर कार्यालयमा टाँस गरेका छन् । हाललाई दवावमुलक विरोधको कार्यक्रम रहेको र केही दिनसम्म लगातार हातमा कालोपट्टी बाँधेर काम गर्ने भन्दै संयोजक चन्दले सरकारले माग सम्बोधन नगरेमा पेन डाउन गरी कार्यालयको कामकाज ठप्प पार्ने चेतावनी दिए ।

आन्दोलनका कार्यक्रम अन्तर्गत असोज ११ गते सम्म राष्ट्रिय मान्यताप्राप्त दलका नेता तथा प्रमुख सचेतक समक्ष मागहरु पुर्याएर ध्यानाकर्षण गराउने र राष्ट्रियस्तरका ट्रेड युनियनसंग समन्वय गर्ने कार्यसूची छ । यस्तै असोज १२ गतेसम्म प्रत्यक पालिकाबाट कम्तीमा २ जना कर्मचारी काठमाण्डौँमा भेला भई १३ गते केन्द्रीय संघर्ष समिति गठन गर्ने तथा १४ गतेदेखि माग सम्बोधन नभएसम्म सशक्त आन्दोलन सुरु गर्ने र प्रत्येक पालिका वडा कार्यालयमा पूर्ण रुपमा पेन डाउन एवम् सिंहदरबार अघि विरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको स्थानीय तह कर्मचारी संघर्ष समिति सल्यानले जनाएको छ ।

विना सहमतिमा ७५३ वटै स्थानीय तहमा चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, समायोजनका कर्मचारीको उचित व्यवस्थापन गरिनुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्तिविकासको व्यवस्था गरिनुपर्ने, कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, निजामती अस्पतालबाट उपलब्ध हुने सेवासुविधा प्रदान गर्नुपर्ने जस्ता माग स्थानीय तहका कर्मचारीहरुको छ । यस्तै जुनसुकै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गर्नुपर्ने, स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिनुपर्ने र अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?