© २०२३
नवलपरासी, २ भदौ। गण्डक पीडितद्वारा विगत बर्षमा गरिएको संघर्ष र भारतिय पक्षसँग भएको सहमति अनुसारको काम भारतिय पक्षले गर्न थाले पछि अहिले गण्डक क्षेत्रमा उपलब्धीहरू देखिन थालेको छ । गण्डक पीडितसँग भएका सहमति भारतिय पक्षले एकप्रति आर्को कार्य गर्न थालेपछि अहिले गण्डक क्षेत्रका बासिन्दा त्यसलाई उपलब्धीको रूपमा हेर्न थालेका हुन् ।
२०६५ सालमा गण्डक संघर्ष समिति गठन गरि गण्डक नदी (नारायणी) बाट हुने गरेको क्षति ब्यवस्थापन गर्न भारतिय पक्षले काम नगरेको भन्दै ३१ दिनसम्म भारतिय नहरमा पानी रोकेर आन्दोलन गरेका थिए । भारतिय मुख्य पश्चिमी नहर भित्र नै टेण्ट टागेर आन्दोलनमा उत्रिए पछि भारतिय पक्षले स्थानिय प्रशासनको समन्वयमा संघर्ष समितिसँग छलफल गर्न बाध्य भएको थियो । छलफल पछि संघर्ष समिति र गण्डक परियोजना कार्यालय बाल्मिकी नगरका अधिकारी तथा भारतिय प्रशासनका अधिकारीहरूले २१ बुदे काम गर्न लिखित सम्झौता गरेका थिए ।
पीडितहरूले ब्यक्तिगत रूपमा पाउने क्षतिपुर्ति बाहेक अन्य गण्डक संरचना सम्बन्धि धेरै काम भारतले गरिरहेको छ । गण्डक पिडितले पाउने २ अर्ब ९३ करोड क्षतिपूर्ति बाहेक हालसम्म १० अर्ब बढिको काम भारतिय पक्षबाट भई सकेको संघर्ष समितिका पूर्व प्रवक्ता समेत रहेका स्थानीय प्रेम चन्द्र गुप्ताले बताए ।
सम्झौताको केही बर्ष भित्रै भारतीय पक्षद्धारा भत्किएको अवस्थामा रहेको गण्डक बाँध अन्तरगत ए ग्याप बाँध,बि ग्याप बाँध,नेपाल बाँध,लिँक बाँधहरू र भारतिय मुख्य पश्चिमी नहरको सर्भिस रोड पिच गर्ने काम गर्यो,गुप्ताले भने, यसले गण्डक क्षेत्रमा झण्डै ७६ किलोमिटरको चक्रपथ नै बन्यो । गण्डक पिडितलाई यातायातमा राहत मिल्यो । बर्षेनी गण्डक बाँधका विभिन्न स्परहरू मर्मत गर्ने काम गर्दै आएको छ । स्परहरू भत्किएको अवस्थामा थियो, जस्ले गर्दा स्पर बर्षेनी नदीमा आउने बाढीले बगाउँदै छोटो बनाउँदै आएको थियो । तर जब देखी मर्मत सम्भार काम शुरु छ,तब देखी स्परहरूलाई पक्कि बनाउने,नोजहरू बनाउने, बेसहरू बनाउने कार्य नियरन्तर चल्दै आएको छ ।
पानीको बहावलाई नियन्त्रण गर्नका लागि हजारौको संख्यामा नदी भित्र परक्युपाइन राखिएका छन् । ब्लकहरूले पानी नियन्त्रण गर्ने कार्य भई रहेको छ । गण्डक ब्यारेज देखी त्रिवेणीघाटसम्मको पर्खाल पनि भारतिय पक्षद्धारा निर्माण भई सकेको अवस्थामा पुगेको छ । यसले नेपाल तर्फ पनि गण्डक क्षेत्रमा पर्यटकिय पुर्वाधारको रूपमा पनि देखिन थालेको छ । त्यसै गरि साईफलहरूको नियमित सफाई गर्ने कार्य पनि भई रहेको छ । गण्डक क्षेत्रमा भई रहेको कामले स्थानिय स्तरमा रोजगारीको समेत सृजना गरेको पुर्व प्रवक्ता गुप्ताले बताए । गण्डक मर्मत सम्भार नियमित भई रहेका स्थानिय टेक्टर भएका ब्यक्तिको ढुवानी गर्न काम पाएका छन्,मजदुरहरूले पनि त्यहाँ काम गर्न पाएका छन् । यसले स्थानिय स्तरमा रोजगारी सृजना भएका देखिन थालेका छ ।
अहिले बि ग्याप बाँधलाई डेढ मिटर अग्लो बनाउने कार्य शुभारम्भ भएको छ,स्थानिय लख्खु यादवले भने, यो बाँधको उचाई बढनुका साथै बाँधमा दुई लैनको सडक पनि बन्ने छ । सो सडकले स्थानिय पुर्वाधारलाई सघाउने छ । बाँध सडकसँगै भए पछि नदीबाट अति ठूलै बाढी आउने बाहेकको समय बाहेक बाढीबाट लगभग सुस्ताबासी सुरक्षित हुने अवस्था देखिन थालेका छ । बाँध र सडक निर्माणले नदी किनारमा पर्यापर्यटन फस्टाउने सम्भावना देखिन थालेको उनको भनाई छ । गण्डक भित्र जलविहार गराउने,बाँधको पश्चिम तर्फ निजी जग्गावालाले नदीबाट शुरक्षा देखिन थालेका कारण अब बाँध नजिकै पर्यटन ब्यवसायका लागि आवश्यक पुर्वाधार बनाउने पनि चर्चा गर्न थालेको यादवले जनाए ।
बौद्धधर्मावलम्बीहरूको पवित्र स्थल अनोमाघाट देखी हिन्दुहरूको पवित्र स्थल गजेन्द्रमोक्ष धामसम्मको सडक पुर्वाधार गण्डक सहमति अनुसार नै भारतले बनाई दियो,उनले भने, विचको ११ किलोमिटर पुरै पर्यटन बजारको रूपमा अब विकास गर्न सक्ने सम्भावना देखिन थालेको छ । अभिषाप बनेको गण्डक अब केही बर्षमै बरदानको स्वरूप पाउनेमा उनले विश्वास ब्यक्त गरेका थिए । यतिको लामो पर्यटकिय क्षेत्रको सम्भावना बोकेको नेपालकै सबै भन्दा ठूलो हुने दाबी यादवले गरे । नेपालमा कोशी,कर्णाली र महाकाली जस्ता अन्य ठूला नदीहरू छन् ।
पर्यापर्यटनले ति क्षेत्र पनि महत्वपुर्ण छन् । तर ती स्थानमा ऐतिहासिक र पौराणिक महŒव बोकेको पवित्र तिर्थ स्थल भनेर स्थान देखिदैन् । तर यो गण्डक क्षेत्र ठूलो धार्मिक क्षेत्रको सम्भावना बोकेको क्षेत्र छ । जहाँ नेपालको बोध गया भनेर अनोमाघाटको विकास भई रहेको छ र नेपालको हरिद्धार भनेर गजेन्द्रमोक्ष धामले कोल्टे फेर्दैछ । अहिले पनि करोडौको लगानीमा गजेन्द्रमोक्ष धाम त्रिवेणीमा ठूलो होटलहरू निर्माणाधिन छन् । पुर्वप्रधानमन्त्री केपि ओलीले अगाडी सारेको नदीमा पानी जहाज चलाउने योजना यदि सफल भयो भने,यस गण्डक क्षेत्रलाई भारतको पटनासम्म जलमार्गले जोड्ने छ ।
अहिले अवधारणा बनेको छ । सुस्ता गाउपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले ती अवधारणालाई स्थानिय स्तरमा र लगानीकर्ता दुबैलाई बुझाउन सकियो भन्ने गण्डक क्षेत्र सुनौलो भविष्य बोकेको क्षेत्र बन्दै गईरहेका बताए । पर्यटन र संस्कृतिबारे स्थानीयलाई पनि ब्रोड सोच बनाउन र सिकाउन आवश्यक रहेको छ,अधिकृत पौडेलले भने,यो सम्भावना सुस्ता गाउपालिकाले मात्रै हेरेर भएन,लुम्बिनी प्रदेश सरकार र संघिय सरकारले पनि त्यही अनुसारको सम्भाब्यता अध्ययन गरि कामको थालनी गर्नुपर्छ । गण्डकका हरेक संरचना पर्यटकिय पूर्वाधारमा परिणत गरि पर्यटकिय क्षेत्रको रूपमा विकास गर्न आवश्यक देखिएको उनको भनाई थियो ।