ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

लुम्बिनी विकास कोषद्वारा प्राचिन इनारको उद्वार उत्खनन् गर्ने

२३ श्रावण २०८०, मंगलवार
२३ श्रावण २०८०, मंगलवार

बुटवल , २३ साउन– लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालिन माटोद्वारा निर्मित इनारको उद्वार उत्खनन् गर्ने भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वमा निपयिन स्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदी किनारमा रहेको कुषाणकालिन माटोको इनारलाई उद्वार उत्खनन् गर्ने भएको हो ।

रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचिन इनार, कुवा, माटाका भाँडाहरू बगाउन थालेको भन्दै स्थनीयहरूले खबर गरेका थिए । लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरेपनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेषहरू भेटिएकाले स्थलगत रूपमा निरीक्षण गरेको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

उनले दानव नदीको कटानले इनार (रिंग) हरू बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको किनारमा अवस्थित इनारलाई उद्वार उत्खनन् गरि लुम्बिनी संग्रालयमा लैजाने तयारीमा जुटेको बताए । ‘नदीको कटानले प्राचिन समयका महŒवपूर्ण इनार, माटाका भाँडाहरू बगाएर भारत लगेको देखिन्छ, यसको संरक्षणका लागि कोष एक्लैले केही गर्न सक्दैन’ उनले भने –‘यसका लागि स्थानीय, प्रदेश र पुरातत्व विभाग सबैले मिलेर काम गर्नुपर्छ ।’ सदस्य सचिव शाक्यले लुम्बिनी गामे भनेर अशोक स्तम्भमा उल्लेख भए अनुसारकै प्राचिन बस्ती रहेको अनुमान गर्न सकिने बताए ।

स्थलगत निरीक्षणपछि कोषका पुरातत्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले निपनियामा बर्षेनी पुरातात्विक इनार र अन्य महŒवपूर्ण बस्तुहरू बग्दै गएकाले यसको संरक्षण गर्नुपर्ने बताए । उनले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्वार उत्खनन् गरि संग्रालयमा सुरक्षित गर्ने तयारी गरेको बताए । ‘प्रत्येक वर्ष यहाँ आउँदा माटोको इनार नदीको किनारमा देखिन्छ, तर बाढीले बगाइरहेको छ, यहाँ रहेको इनारलाई यो पटक उद्वार उत्खनन् गर्छौं’ उप्रेतीले भने ।

पुरातात्विक हिसाबले यो क्षेत्र निकै महŒवपूर्ण रहेको बताउँदै भारतका पुरातत्वविद् प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन् गर्दा बुद्धीष्ट साईटको उत्तरापथमा पर्ने व्यापरिक क्षेत्रका रूपमा व्याख्या गरेको उनले बताए । उनले निपनियालाई बुद्ध सर्किटको क्षेत्रसँग जोडेर पर्यटक आकर्षित गर्न सकिने बताए । भारतका प्रख्यात पुरातत्वविद एसबी देवले बन्जरही र पैसियामा उत्खनन् गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरी लगायतका सामग्री भेट्टाएका थिए । निपनियामा अहिले यी सामग्रीहरू दानव नदीको बाढीसँगै बग्दै आएका छन् ।

कोषले स्थलगत रूपमा गरेको निरीक्षणमा सदस्य सचिव सानुराजा शाक्य, पुरातत्व महाशाखा प्रमुख हिमाल कुमार उप्रेती, कार्यकारिणी सदस्य राजेश शाक्य, प्रेस कन्सल्ट्यान्ट विनोद परियार, कोषका कर्मचारीहरू नवराज अधिकारी, भोला प्रसाद गुप्ता र चन्द्रप्रकाश पाठक गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?