ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

पार्किङ्गको भद्रगोल अहिले, नगरको बहुतले पार्किङ्ग भवन कहिले ?

२१ श्रावण २०८०, आईतवार
२१ श्रावण २०८०, आईतवार

बुटवल, २१ साउन ।  बढ्दो जनघनत्व र सवारी साधनको चाप बृद्धिसँगै बुटवलमा पार्किङ्गको समस्या पनि बढ्दै गएको छ । नगरपालिकाले पार्कीङ्ग व्यवस्थापन सम्बन्धी ठोस निर्णय गर्न नसक्दा यसको जटिलता थपिदै गएको हो । बढ्दो सवारी चापसँगै शहरीकरणको ब्यबस्थापनमा चुनौती बन्दै गैरहेको पार्किङ्ग ब्यबस्थापनका लागि दीर्घकालिन सोंचको बिकास नहुदा बुटवलमा सवारी पार्किङ्गको समस्या बढ्दै गएको हो ।
बुटवल उपमहानगरको अमरपथ, अस्पताल लाईन, राममन्दिर लाईन, संगमपथ लगाएत ब्यस्त बजार क्षेत्रमा भद्रगोल रूपमा पार्किङ्ग हुने गरेको छ । बिगतमा शहरीकरणको बिकास ताका भविष्यमा पर्नसक्ने पार्किङ्ग अभावको समस्याबारे हेक्का राख्न नसक्दा स्थिती भयावह बन्दै गैरहेको छ ।

बुटवलमा दैनिक २० हजार भन्दाबढि साना, मझौला तथा ठुला सवारी साधन चल्ने बताइन्छ । ति मध्ये ४५ सय भन्दाबढि मोटरसाईकल, साना तथा मझौला सवारी साधनहरू दैनिक रूपमै बजारभित्र साँघुरा सडकमा प्रबेश गर्ने, लोड अनलोड गर्ने र केही समय पार्किङ्ग गर्ने गर्दछन् । त्यसमध्ये पनि २६ सय मोटरसाइकल, साना, मझौला सवारी साधन दैनिक आठ घन्टा बढि यहाँका सडकहरूमा पार्किङ्ग हुने सर्वेक्षणको ठहर छ ।

लामो समयदेखिको मुख्य सडकको दुरावस्था, झण्डै ६ दशक अघि बनेका साँघुरा सडक, बिगत केही समययता बढ्दै गैरहेको सवारी साधनको आयात, सवारी पार्किङ्गबारे चेतनाको अभावका कारण पनि सवारी पार्किङ्ग ब्यबस्थापन अस्तब्यस्त बनेको ट्राफिक प्रहरी कार्यालयको भनाई छ । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवलका अनुसार लापरवाहीकै कारण पार्किङ्ग ब्यबस्थापन अब्यबस्थित बनेको र यसले अन्य दुर्घटना पनि निम्त्याउने गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल लाईनको सवारी पार्किङ्गको भिडभाड कमगर्न अस्पतालकै उत्तरपट्टिको आफ्नै जग्गामा सवारी पार्किङ्गको ब्यबस्था गरिएको छ । आफ्ना कर्मचारी र सेवाग्राहीको हितलाई ध्यानमा राखेर अस्थायी प्रयोजनका लागि पार्किङ्ग ब्यबस्थापन मिलाइएको अस्पताल प्रशासनले जनाएको छ । तर अस्पतालले त्यहाँ आधुनिक भवन बनाउने योजना रहेकोले स्थायी प्रकृतिको पार्किङ्गको ब्यबस्थाको बारेमा भने सोंचिएको छैन ।

बुटवलको अस्तब्यस्त पार्किङ्गलाई ब्यबस्थित गर्ने उद्देश्यले लुम्बिनी बस टर्मिनल परिसरमा उपमहानगरपालीकाले तत्काल बहुतले सवारी पार्किङ्ग भवनको निर्माण गर्ने भएको छ भने क्रमशः अन्य स्थानमा पनि बनाउन अध्ययन गरिरहेको छ । बुटवल ४ मा रहेको पुरानो शोभा बोर्डिङ्गको जग्गा, बालमन्दिर परिसर, खेलकुद बिकास समितिको भवन परिसर, पुरानो नगरपालीका भवन रहेको स्थान लगाएतमा आधुनिक र स्थायी प्रकृतिको पार्किङ्ग स्थल बनाउने बिषयमा अध्ययन भइरहेको छ ।

बहुतले पार्किङ्ग भवन

तीब्र शहरीकरणसँगै बढ्दै गैरहेको सवारी साधनको चाप कम गर्ने र सवारीको उचित ब्यबस्थापन गर्ने उद्देश्यले बुटवलमा आधुनिक ७ तले पार्किङ भवन निर्माण गरिने भएको छ । मानिसहरूको भिडभाड भैरहने ब्यस्त शहरको बजार क्षेत्रभित्र पार्किङ्ग अभाव र अब्यबस्थित सवारी चापका कारण बिभिन्न समस्या उत्पन्न भैरहेको अवस्थामा बुटवल उपमहानगरपालीकाले बहुतले पार्किङ्ग भवन निर्माण गर्न लागेको हो ।
३० करोड ४० लाख रूपैयाँ लागत अनुमान गरिएको उक्त बहुतले पार्किङ्ग भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ । बुटवलका मुख्य बजार क्षेत्रमा बढ्दो सवारी साधनको चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच बहुतले पार्किङ्ग भवन निर्माणका लागि लगानी सम्झौता भएको हो ।

बुटवल ९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण गरिने बहुतले पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कोषको ७० प्रतिशत ऋण सहयोग र उपमहानगरको ३० प्रतिशत लगानीमा निर्माण हुने सो ७ तले पार्किङ भवन निर्माणपछि राजमार्ग र मुख्य बजारक्षेत्रको पार्किङ समस्या हट्ने नगर प्रमुख पाण्डेयले बताए ।

कुल २ सयवटा हलुका सवारी साधन पार्किङ्ग गर्न मिल्ने उक्त आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि १५ असोज २०७९ मा परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भइ प्रतिवेदन पेश गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको हो । लगानी सम्झौता लगत्तै ठेक्का प्रकृयामा जाने र १ बर्षभित्र निर्माण गरि संचालन ल्याउने शर्तसहितको ठेक्का सम्झौता गरिने योजना महाशाखा निर्देशक सुमन श्रेष्ठले बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?