ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

नागरिकका कुरा जोड्ने सेतु

फरक नामले चिनिएपनि नागरिकका समस्यामा केन्द्रित रहेर काम गर्दा नागरिक स्तरका संस्थाप्रति नागरिकको विश्वास बढिरहेको छ । सरकार र सरोकारवालासँग कुरा उठाउने र सस्या सम्वोधन गराउनमा यहाँका केही संस्था र समूहहरू सेतुका रूपमा स्थापित हुँदै गएका छन् ।
१८ श्रावण २०८०, बिहीबार
१८ श्रावण २०८०, बिहीबार

बाँके, १८ साउन ।  नेपालगन्जको गर्मी चर्कियो । ठिक त्यतिनै बेला बिद्युत सेवा प्रभावित भएपनि सर्वसाधारण वाक्कदिक्क बने । बिद्युत माग गर्दै व्यक्तिगतरूपमा उठाएका मुद्दाको नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले सुनाइ गरेन । गर्मीबाट आहत भएका सर्वसाधारणको सारथी बन्दै बागेश्वरी असल शासन क्लवले प्राधिकरण बिरुद्ध आन्दोलन चर्कायो । सडकमै सुतेर नियमितरूपमा बिद्युत चाहिने मागलाई चर्कायो । परिणाम प्राधिकरणले अहिले विद्युत नियमित गरिरहेको छ ।

लामो समयदेखि उक्त संस्थाको अगुवाई गरिरहेका बागेश्वरी असल शासन क्लवका कार्यकारी अधिकृत नमस्कार शाह भन्छन्,–‘व्यक्तिगत गुनासो सुन्दै नसुनेपछि चर्को गर्मीमा प्राधिकरणकै अगाडि सुतेर बिरोधको आवाज उठाएपछि बिद्युत नियमित हुन लाग्यो । नेपालगन्ज जस्तो गर्मीमा बिद्युत नियमित हुनुपर्छ भन्ने सोंच कर्मचारीतन्त्रमा नभएका देख्दा दुःख लाग्यो ।’ उक्त क्लबले लामो समयदेखि यस्तै सामाजिक बिषयहरू उठाउँदै आएको छ ।

भ्रष्टाचार बिरुद्ध र सुशासनका पक्षमा काम गर्ने नेपालगन्जका युवाहरू मिलेर २०५७ साल मंसिर २४ गते यो संस्था संचालनमा ल्याएका हुन । गैरसकारी संस्थाकारूपमा ‘प्रोजेक्ट’मा आधारित कार्यक्रम पनि गर्दै आएको क्लव सामाजिक बिषयमा बिना स्वार्थ काम गरिरहेको शाह बताउँछन् । उनी भन्छन्,–‘कोभिडका बेला होस् चाहे बाढी पहिरो ! जनता आपतमा परेका बेला उहाँको आवाज बनेर निस्किने गरेका छौं ।’ क्लवको देशभर ७७ जिल्लामा शाखा, २० उपशाखा र १ सय इकाई रहेका छन् ।

नेपालगन्ज धार्मिक विविधताको शहर हो । यो यहाँको सबैभन्दा फरक बिशेषता भए पनि कहिलेकाँही समस्याका रूपमा देखा पर्छ । सबै धर्म सम्प्रदायका मानिसहरू शान्ति र सदभाव चाहने भए पनि उपद्रो तत्वले समस्या नल्याउन भन्नका लागि धर्म गुरुहरूको अन्तर धार्मिक सन्जाल गठन गरिएको छ । उनीहरूको एकता अद्भुत छ । नेपालगन्जलाई सदभावको शहरका रुपमा चिनाउन धार्मिक गुरुहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । कतिसम्म भने हरेक धर्मसम्प्रदायका कार्यक्रममा धर्म गुरुहरू अंकमाल गर्दै सदभावको सन्देश प्रवाह गरिरहेका भेटिन्छन् । भिन्न धार्मिक सम्प्रदायको बसोवास गर्ने शहरमा कुनै प्रकारको समस्या नआओ् भन्नका लागि नागरिकले गरिरहेको कामना धर्मगुरुहरूले पुरा गरिदिएका छन् ।

डा. बिनोद कर्ण पश्चिम नेपालकै चर्चित बरिष्ठ प्लाष्टिक सर्जन हुन । कार्यव्यस्थताकाबीच उनले नेपालगन्जमा सरसफाईको महाअभियान नै शुरु गरे । २०७२ सालमा डा कर्णले ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ नामक अभियान मार्फत नेपालगन्जमा बिरुवा लगाउन शुरु गरे । शहरीकरण बढ्दै जाने तर रुखबिरुवा नलगाउने प्रबृत्ति बढेका बेला कर्णले शुरु गरेको हरित अभियानले नेपालगन्जमा सार्थकता पाएको छ । कुनै प्रोजेक्ट बिनानै डा. कर्णले सयांै बिरुवा लगाइसकेका छन् । उनी स्वयं बिरुवा लगाउन दौडिन्छन् भने ती बिरुवाको हेरचाह समेत गर्छन । डा. कर्ण भन्छ्,–‘अहिले धेरै जना यो अभियानमा सहभागि भएको देख्दा खुसी लाग्छ ।’ डा कर्णका अनुसार सार्वजनिकस्थल मात्र नभई घर–घरमा बृक्षरोपण गर्ने गरिएको देख्दा आफ्नो अभियानले सार्थकता पाएको महसुस भएको उनले बताए ।

नरैनापुर– ५ मटैहीयामा रहेको विद्युत नो लाइटमा दक्ष र मिटर रिडीङ कर्मचारीको अभाव, समयमै र नियमित विद्युत महशुल बुझाउन नपाएको र एकमुष्ट जरिवाना असुली हुने गरेको लगायतका समस्या देखीएपछि संवाद समूह बाँकेको टोलीले नेपालगन्ज वितरण केन्द्रको ध्यानाकर्षण गरायो । विद्युत महसुल एक दिन मात्रै लिने गरेकोमा अब दुई दिन लिने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीको अभाव परिपूर्ति गर्ने र नियमित मिटर रिडिङ गर्ने व्यवस्था मिलाउन वातावारण बन्यो । यस्ता नागरिकका सय बढि मुद्दाको समस्या समाधानका लागि सहजिकरण गरिसकेको संवाद समूह बाँकेका संयोजक शुक्रऋषी चौलागाई बताउँछन् । प्रोजेक्टमा आधारित कार्यक्रम भए पनि संवाद समूहले नागरिकका आवाजहरू उठाउँछ । चौलागाई भन्छन्,–‘नागरिकका आवाज बोल्ने मात्रै होइन समस्या समाधानका लागि आवाज पनि उठाउँछौं ।’ महिला तथा बालबालिका त्यसमा पनि मुस्लिम एवं मधेसी समुदायका सवालमा निरन्तर आवाज बनिरहेको फातिमा फाउण्डेसन बाँके । मुस्लिम समुदायकै महिलाको अगुवाईमा संचालन भइरहेको यो संस्थाले महिला एवं बालबालिकाकाक्षेत्रमा आवाज उठाइरहेको छ ।
हाल अध्यक्ष रहेकी मैमुना सिद्धिकीलाई यो वर्षको भजनराम मानव अधिकार पुरस्कार प्रदान गरियो । कुनै संघसंस्थाले कार्यक्रम दिउन चाहे नदिउन आफुहरूले निरन्तर काम गरिरहेको उनी बताउछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?