ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

उद्योगमा भारतीय कामदारकै भर

१२ श्रावण २०८०, शुक्रबार
१२ श्रावण २०८०, शुक्रबार

बाके, १२ साउन ।  नेपाल राष्ट्र बैंकको पछिल्लो एक अध्ययनले भारतसँग सिमा जोडिएका नेपालगन्जका उद्योगहरूले स्वदेशी कामदारलाई दक्ष बनाएर स्वदेशी उद्योगमै राख्नुपर्नेमा जोड दिएको छ । लुम्बिनी प्रदेशको औद्योगिक वातावरणका चुनौती शीर्षकको अध्ययनमा केन्द्रीय बैंकले भनेको छ,–‘स्वदेशी कामदारहरूको क्षमता अभिबृद्धि गरी उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति निर्माण गर्नु ।’

बाँकेमा बर्षेनी साना र ठुला दर्जनौ उद्योग संचालनमा आउँछन् । त्यसमा काम गर्ने कामदाहरूमा भारतीयको बर्चश्व हुने गरेको र स्वदेशी श्रमिकले काम नपाउने गरेको बिषयलाई मजदुर संगठनहरूले बिगतदेखि नै जोडदार आवाज उठाउँदै आएको नेपाल टे«ड युनियन महासंघका केन्द्रीय सदस्य पूर्ण केसी बताउँछन् । बाँकेका दर्जनौ उद्योगमा पहिले कुल कामदारको ६० प्रतिशतसम्म भारतीय नागरिक हुने गरेकोमा अहिले त्यो क्रमश घट्दै गएको बताउँदै उनी भन्छन्,–‘बिगतको जस्तो यहाँका उद्योगमा भारतीय कामदारको बर्चश्व त छैन तर घट्दोक्रम पनि सन्तोषजनक होइन ।’

यहाँका उद्योगमा कति भारतीय कामदार काम गर्छन भन्ने कुरा एकिन छैन । त्यसको अनुमगन र पुष्ट्याइ हुँदैनन् । तर उद्योगमा संगै काम गर्ने नेपाली कामदारहरूले भारतीय कामदारहरू उल्लेखिय रहेको बताउँछन् । सीमावर्ती भारतीय गाउँबाट बिहान दैनिक ठूलो संख्यामा साईकलमा मजदुरी गर्न आउनेको ताँती देख्न सकिने जिफन्ट केन्द्रीय सदस्य केसी बताउँछन् ।

सीमावर्ती भारतीय गाउँबाट बिहान आएर दिनभर काम गरी साँझ घर फर्किने भारतीय नागरिकको संख्या उल्लेखिय छ । रूपैडियाबाट उमेश काँदु दैनिक नेपालगन्जको एक प्लाई उद्योगमा काम गर्न आउँछन् । दश वर्षदेखि नेपालगन्जमै काम गरिरहेका उनलाई कोभिडका समयमा उद्योग र नाका बन्द हुँदा ठुलै संकट आयो । काम नपाएपछि घरखर्च जोहो गर्न पनि मुस्किल परेको बताउँदै उनले भने,–‘उद्योग खुलेपछि दैनिक कामकाजमा आइरहेको छु । मसंगै दश जना साथीहरू नेपालगन्जका बिभिन्न उद्योगमा काम गर्न आउँछन् ।’

यसरी नेपालगन्जमा काम गर्न आउने भारतीय मजदरहरू सामान्य हेल्परदेखि ठूलै पदसम्म हुने गरेका छन् । उनीहरूले दैनिक ज्यालादारीदेखि आर्कषक तलवसम्म बुझ्ने गरेका छन् । कानून बमोजिम भारतीय वा बिदेशी नागरिकले काम गर्दा श्रम बिभागबाट श्रम स्वीकृती लिनुपर्ने भएपनि नेपालगन्जका उद्योगमा काम गर्ने भारतीयले श्रम स्वीकृत लिए नलिएको प्रष्ट छैन । श्रम स्वीकृत बिभागले दिने र अनुगमनका लागि श्रम कार्यालय नेपालगन्जलाई कुनै निर्देशन छैन । श्रम कार्यालय नेपालगन्जका प्रमुख रुद्र नारायण शाहले अनुमगनका क्रममा सबै कामदारहरूले नेपाली नै भएको बताउने गरेको उल्लेख गरे । तर सुक्ष्म अनुगमन नहुने भएकाले धेरैले श्रम स्वीकृती बिनानै काम गरिरहे पनि कारवाही हुन सकेको छैन ।

मजदुर नेताहरू भारतीय कामदार राख्दा मजदुर आन्दोलनबाट जोगिने, सामाजिक सुरक्षा लगायतका कामको दायित्व लिन नपर्ने भएकाले उद्योगीहरूले भारतीयलाई रोज्ने गरेको आरोप लगाउँछन् । तर नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली नेपालगन्जका उद्योगमा स्वदेशी कामदारहरूको संख्या बढेको बताउँछन् । उनी भन्छन–‘उद्योगहरूमा स्वदेशी कामदारहरूको संख्या बढ्दै छ । हरेक उद्योगीले आफ्नै देशका नागरिकलाई काम लगाउँ भन्ने सोचेकै हुन्छ ।’ महासचिव ओलीले स्वदेशी कामदारलाई दक्ष बनाउन सकिने हो भने धेरै उत्तम हुने बताउँछन् ।

कोभिड नियन्त्रणका लागि पहिलो बन्दाबन्दी शुरु भयो । भारतमा निर्भर उद्योगहरू बन्दप्राय रहे । ठिक त्यही समयमा उद्योगहरूले स्वदेशी कामदार खोज्न थाले । नेपालगन्ज औद्योगिक क्षेत्रका एक उद्योगी भन्छन–‘बन्दाबन्दीले कामदार आउन नसकेपछि उद्योग केहीदिन बन्द रह्यो । यसरी काम चल्दैन भनेर यहीका कामदारलाई काम सिकाउँदै उद्योग सूचारु गरे । त्यसपछि भारतीय कामदार नहुँदा पनि उद्योग चलिरहेको छ ।’

बाँकेका अधिकांस ठूला उद्योगमा भारती कामदारहरू छन् । उनीहरू बिना उद्योग चल्न नसक्ने अवस्था रहेको भएपनि पछिल्लो समय भने उद्योगहरूले स्वदेशी कामदारलाई प्राथमिकतामा राख्दै आएका छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै नेपालीहरू दैनिक संयौ बिदेश गइरहेका बेला नेपाली उद्योगमा भने भारतीय कामदारको बर्चस्व देखिथ्यो । त्यसको कारण खुलाउँदै गणापुरमा रहेको एउटा उद्योगका प्रबन्धक भन्छन–‘मेशनरी सामान चलाउन जान्ने दक्ष कामदार नहुँदा भारतीय कामदार राख्नुपर्ने बाध्यता छ । नभई नहुने अवस्थामा बाहेक अन्यथा नेपाली कामदार नै राख्ने गरिएको छ ।’ उनको उद्योगमा झण्डै अढाई सय कामदारहरू कार्यरत छन् । मुख्य मेशिनरी सामाग्री चलाउने भारतीय छन् ।

उद्योग आफैले मेशिनरी सामान चलाउन सिकाउँदै स्वदेशी कामदारलाई प्राथमिकता दिइरहेको उनको भनाई छ । उद्योगमा स्वदेशी कामदारलाई प्राथमिकता दिइने नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव ओली बताउँछन् । रोजगारी सिर्जनामा उद्योगको भूमिका ठूलो रहेको बताउँदै उनले दक्ष कामदार निर्माणमा उद्योगीहरूलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?