ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

विपद्को सिकाइलाई प्रेरित गर्न शैक्षिक पोस्टर

१६ पुष २०७८, शुक्रबार
१६ पुष २०७८, शुक्रबार

कोभिड महामारीको विपत्तिमा विद्यालय बन्द हुँदा र खुल्दा विद्यार्थी, शिक्षक तथा अभिभावकले सिकाइका लागि के कस्ता भूमिका निर्बाह गर्न सक्छन् भन्ने सचेतनात्मक सन्देश दिनेखालका ६ वटा पोस्टर सार्वजनिक गरिएका छन् । ‘अभिभावक, शिक्षक र विद्यार्थीका लागि’ बनाइएका ती पोस्टरहरुको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले वेभिनार कार्यक्रममार्फत् सार्वजनिक गरेका हुन् । अभिभावक, शिक्षक र विद्यार्थी तीनै पक्षका लागि २–२ वटा पोस्टर बनाइएका छन् । सेभ द चिल्ड्रेनले ६ किसिमकै पोस्टरहरुलाई पहिलो चरणमा प्रदेश २ र कर्णाली प्रदेशमा वितरण गर्न ६० हजार प्रति छपाई भइसकेको जानकारी दिएको छ ।

पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै केन्द्रका महानिर्देशक पौडेलले भने, ‘यी पोस्टरहरु हाम्रा सम्पत्ति भएका छन् अब यी केन्द्रका वेभसाइटमा रहनेछन् । सिकाइ निरन्तरताका लागि अभिभावक, बालबालिका र शिक्षक तीनै पक्षलाई झक्झक्याउन पक्कै पनि सघाऊ पुग्नेछ ।’ उनले देशभरी रहेका करिव ३४ हजार विद्यालयहरुमा कम्तिमा एक–एक वटा पोस्टर पु¥याउन साझेदार संस्थालाई आग्रह गरे । महामारीका अवधिमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अगुवाईमा सिकाइसम्बन्धी विभिन्न सामग्री तयार पारिएको र पोस्टर पछिल्लो नवीन कार्य भएको उनको भनाई थियो ।

कार्यक्रममा आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देलले सरकार र गैरसरकारी संस्थासँग मिलेर मिडियाले सशक्त सन्देश बनाउन सक्छ भन्ने उदाहरण पोस्टर भएको बताए । उनले ६ वटै पोस्टरको परिकल्पना, चित्राङ्कन, डिजाइन र सन्देश लेखनसम्मका प्रक्रियालाई सबिस्तार जानकारी दिए ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी निर्देशक एवं पाठ्यक्रम तथा सामग्री शाखा प्रमुख सविता दङ्गालले पाठ्यक्रमको सिकाइ सक्षमताको मर्मअनुसार पोस्टर बनेका र सातै प्रदेशका लागि उपयोगी हुने बताइन । उनले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी पोस्टर तयार पारिएको पनि जानकारी दिइन ।

प्रदेश २ को शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुयालले सिकाइ निरन्तरतामा सचेतनाका लागि पोस्टरहरु धेरै उपयोगी देखिएकाले तराई क्षेत्रका निम्ति मैथिली र भोजपुरी भाषामा पनि अनुवाद गरेर वितरण गर्नुपर्ने धारणा राखेका थिए । उनले प्रदेश २ का सबै जिल्ला र स्थानीय तहमा पोस्टर पुर्याउन निर्देशनालयले सघाउने बताए । सेभ द चिल्ड्रेनकी शिक्षा सल्लाहकार डा. लक्ष्मी पौड्यालले महामारीमा सिकाउन अपनाइएका सबैखाले माध्यम र उपायलाई पोस्टरमा नयाँ तरिकाले सम्बोधन गरिएको जानकारी दिइन । उनले अनलाइन तथा रेडियो÷टेलिभिजनबाट विमुख बालबालिकाको सिकाइमा अभिभावक सरिक गराउन पोस्टरले महत्वपूर्ण सन्देश दिनसक्ने बताइन । सेभ द चिल्ड्रेनकै शिक्षा विशेषज्ञ उद्धव भट्टराईले घरमा बालबालिकालाई सिकाउन अभिभावकले गर्नुपर्ने क्रियाकलाप र कर्तव्य पोस्टरहरुले सम्झाउनेछन् बताए ।

शिक्षा पत्रकारहरु रोशन गाउँले क्षेत्री, कृष्ण मल्ल र प्रकाश सिल्वालले पोस्टरबाट सीमान्तकृत समुदायका बालबालिकाको सिकाइका लागि सचेतना पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । पोस्टरहरुमा अभिभावकले घरमा बालबालिकालाई सिकाउन गर्नुपर्ने क्रियाकलाप, उनीहरुको कर्तव्य, शिक्षकले विद्यालय खुल्दा तथा नखुल्दा अपनाउनुपर्ने शिक्षण विधि, सक्रियता र विद्यार्थीले सिक्न र लिन सक्ने सीपका विषयमा चित्रात्मक सन्देश राखिएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, आजको शिक्षा साप्ताहिक र सेभ द चिल्ड्रेनले संयुक्त रुपमा पोस्टर उत्पादन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?