ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

ईच्छा विपरित गर्भको गर्भपतन बढी

११ पुष २०७८, आईतवार
११ पुष २०७८, आईतवार

स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या भन्दा महिलाको संख्या तेब्बर रहेको नेपाल परिवार नियोजन संघ दाङ शाखाले जनाएको छ । विभिन्न खालका अन्धविश्वास, यौन शक्तिमा कमी आउछ भन्ने धारणा विकास हुनुजस्ता कारणले पुरुषहरु बन्ध्याकरणकालागी नआएको हुनसक्ने शाखा कार्यालयले जनाएको छ ।

पछिल्लो ४ वर्षको तथ्यांक हेर्ने हो भने, ८ सय १ जनाले स्थायी बन्ध्याकरण गरेका छन् भने ईच्छा विपरित गर्भ रही स्वास्थ्य संस्थामा गई गर्भपतन गराउनेको संख्या झण्डै तेब्बर छ । जसमा १ सय ४३ जना पुरुषले स्थायी बन्ध्याकरण गराउँदा ६ सय ५८ जना महिलाले परिवार नियोजनको स्थायी बन्ध्याकरण गरेको तथ्यांक छ । शाखा प्रबन्धक बसन्त खनालका अनुसार, अझै पनि विभिन्न खालका अन्धविश्वास, यौन शक्तिमा कमी, भ्रमका कारण मानिसहरु सन्तानको रहर पूरा भएपनि स्थायी बन्ध्याकरणका लागि ईच्छुक हुन नसकेको बताए । महिलाको भन्दा पुरुषको बन्ध्याकरण गर्दा छिटो र सहज रुपमा हुने गर्दछ । यद्यपि, पुरुषमा विद्यमान अन्धविश्वास, यौन चाहनामा कमि हुने मनोविज्ञानलाई संस्थाका तर्फबाट हटाउन धेरै खालका सचेतनामुलक कार्यक्रम जारी रहेपनि अझै धेरै गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । उनका अनुसार स्थायी बन्ध्याकरण गर्दा यौन सन्तुष्टि अझ बढी हुने, शारीरिक समस्या नहुने हुँदा ढुक्कका साथ सुरक्षित जीवनका लागि स्थायी बन्ध्याकरण रोज्नु नै उत्तम हो । यस्तै, पुरुषभन्दा महिलाहरुले आफुले नै स्थायी बन्ध्याकरण गर्ने गरेका बताए । पुरुषहरु घरबाहिरको काममा जानु पर्ने, उनीहरुमा शारीरिक समस्या नआओस् भनेरै महिलाहरु स्वयं स्थायी बन्ध्याकरणका लागि अघि सर्ने गरेका बताए । “जे हुन्छ म सहन्छु भन्ने मान्यताका कारण पनि महिलाहरुले उल्लेख्य रुपमा बन्ध्याकरण गर्ने गरेका छन्” उनले भने । बन्ध्याकरण श्रीमान श्रीमतिको सहमतिमा जसले गरेपनि हुन्छ भन्ने मनोविज्ञान भने बिस्तारै बढ्न थालेको उनको भनाई छ ।

परिवार नियोजन संघ दाङ शाखाबाट सन् २०१७ मा २६ जना पुरुषले बन्ध्याकरण गरेका छन् भने १ सय ६५ जना महिलाले मिनिल्याप गरेका छन् । यस्तै, २०१८ मा ४८ जना पुरुषले बन्ध्याकरण गर्दा १ सय ६९ महिलाले मिनिल्याप गरेका छन् । यस्तै, २०१९ मा १५ जना पुरुषले बन्ध्याकरण गर्दा १ सय ६८ जना महिलाले मिनिल्याप गरेका छन् । २०२० मा १७ जना पुरुषले बन्ध्याकरण गर्दा ४४ जना महिलाले मिनिल्याप गरेका छन् । यस्तै, २०२१ मा हालसम्म ३७ जना पुरुषले बन्ध्याकरण गरिसकेका छन् भने १ सय १२ जना महिलाले मिनिल्याप गरेका शाखा प्रबन्धक खनालले जानकारी दिए । स्थायी बन्ध्याकरण गर्ने भन्दा अस्थायी परिवार नियोजनका साधन अपनाउने, असुरक्षित यौन सम्पर्कका कारण गर्भ रहन गई गर्भपतन गर्नुपर्नेसम्मको अवस्थामा पुग्नेको संख्या अझ डरलाग्दो छ । परिवार नियोजन संघका अनुसार जिल्लाका सुचिकृत स्वास्थ्य संस्थाहरुमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । पछिल्लो ४ वर्षको अवधिमा परिवार नियोजन संघको सम्पर्कमा आई गर्भपतन गराउनेको संख्या २ हजार ७ सय ८६ रहेको छ । जसमा औजारको प्रयोग गरी १ हजार १ सय ९० जना रहेका छन् भने औषधीको प्रयोग गरी गर्भपतन गराउनेको सख्या १ हजार ५ सय ९६ रहेको प्रबन्धक खनालले बताए । सानो लापरवाहीले शारीरिक, मानसिक, आर्थिक समस्या झेल्न बाध्य भएपनि अझै धेरैले गलत बाटो रोज्दा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गर्न चुनौतिपूर्ण रहेको छ । विद्यालयबाटै यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा बालबालिकाहरुलाई स्पष्ट जानकारी दिने उद्देश्यले विभिन्न चरणमा अभियान समेत भईरहेकाले आगामी दिनमा सुधारका राम्रा संकेत आउन सक्ने अपेक्षा गरिएको उनको भनाई छ ।

“अहिलेको एक रुपैयाँ लगानीले ३ रुपैयाँ प्रतिफल दिने भएपनि अझै धेरैमा विभिन्न खालका भ्रम र अन्धविश्वासले जरा गाडेको छ, यौन तथा प्रजननका विषयमा स्पष्ट हुन सकेमात्रै परिवारलाई मात्रै होईन, समाज र राष्ट्रका लागि ठूलो योगदान पुग्नेछ” उनले भने । स्वस्थ नागरिक उत्पादन र दीगो विकासको लक्ष्य प्राप्तिका लागि पनि यौन तथा प्रजननका क्षेत्रमा सुधार हुन आवश्यक छ । जसलाई सघाउ पुर्याउन नेपाल परिवार नियोजन संघले हरेक वर्ष यौन तथा प्रजननका विषयमा शिविर संचालन गर्दै आएको छ । यो पटक पनि दाङका विभिन्न ८ स्थानमा स्थायी बन्ध्याकरण घुम्ती शिविर शुरु गरिएको छ । स्वास्थ्य कार्यालय दाङ र नेपाल परिवार नियोजन संघ दाङको संयुक्त आयोजनामा अनुभवी विशेषज्ञ डाक्टर सहितको टोलीले स्थायी बन्ध्याकरण घुम्ती शिविर गरिरहेको शाखा प्रबन्धक खनालले जानकारी दिए । विषय विशेषज्ञ सहित १० जना परिवार नियोजन संघको टोलीले अहिले स्थायी बन्ध्याकरण शिविर संचालन गरिरहेको उनले बताए । उनका अनुसार, पुस १ गतेदेखि ३ गतेसम्म नेपाल परिवार नियोजन संघ दाङ शाखा घोराहीमा, पुस ४ र ५ गते सिसहनियाँ स्वास्थ्य चौकी सिसहनियाँमा, पुस ६ र ७ गते गढवा स्वास्थ्य चौकी गढवामा, पुस ८ र ९ गते लमही अस्पताल लमहीमा, ११ गते पञ्चकुले स्वास्थ्य चौकी पञ्चकुलेमा, पुस १२ गते श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, श्रीगाउँमा, पुस १३ र १४ गते राप्ती लाईफकेयर हस्पिटल तुलसीपुरमा र पुस १६ गते बंगलाचुली अस्पताल कमिरेचौरमा स्थायी बन्ध्याकरण शिविर हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?