ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

मानिसमा ‘सुँगुरको मिर्गौलाले काम गर्‍यो’

६ कार्तिक २०७८, शनिबार
६ कार्तिक २०७८, शनिबार

अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरिएको त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान गर्ने सक्ने विश्वास गरिएको बताएका छन्।

उक्त प्रयोगात्मक अभ्यासका क्रममा त्यस्तो मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति “ब्रेन-डेड” अर्थात् “मृतमस्तिष्क” भएको अवस्थामा पुगेका बिरामी थिए।

चिकित्सकीय भाषामा त्यसको अर्थ उनी निको भएर जीवित हुने सम्भावना थिएन र उनलाई चिकित्सा उपकरणको सहायतामा मात्रै जीवित अवस्थामा राखिएको थियो।

उनलाई दिइएको मिर्गौला आनुवंशिक परिवर्तन गरिएको एउटा सुँगुरबाट निकालिएको थियो।

सुँगुरको वंशाणुमा गरिएको त्यस्तो परिवर्तन बिरामीको शरीरले प्रत्यारोपण गरिएको अङ्ग स्वीकार गरोस् र बाहिरी अङ्गको रूपमा त्यसलाई अस्वीकार नगरोस् भन्ने हेतुले गरिएको बताइएको छ।

उक्त चिकित्सकीय परीक्षणका विवरणहरूबारे समकक्षी विज्ञहरूबाट समीक्षात्मक धारणहरू प्रकाशित भइसकेका छैनन्।

तर विज्ञहरूले भने यसलाई एक प्रकारको उन्नत प्रयोग भएको बताएका छन्।

यसअघि पनि त्यस किसिमका परीक्षणहरू भएका मानवबाहेक अन्य प्रजातिका प्राइमेट अर्थात् नरवानरमा गरिएको थियो।

अङ्ग प्रत्यारोपणमा सुँगुरको प्रयोग नौलो भने होइन। सुँगुरको मुटुको भल्भ मानिसको शरीरमा पहिले पनि व्यापक प्रयोग भएको छ। अनि आकारको हिसाबले पनि सुँगुरका भित्री अङ्ग मानिससँग मिल्दोजुल्दो हुन्छ।

न्यूयोर्क विश्वविद्यालयको ल्याङ्गोन मेडिकल सेन्टरमा भएको दुई घण्टा लामो शल्यक्रियामा चिकित्सकले सुँगुरको मिर्गौलालाई मस्तिष्क मृत भएका बिरामीको रक्तनलीसँग जोडिदिएका थिए। उनीहरूले रक्तसञ्चार सञ्चालन भएपछि बिरामीको शरीरले मिर्गौलालाई स्वीकार गरी सहज ढङ्गमा काम गर्छ वा अस्वीकार गर्छ भन्ने हेर्नका लागि त्यसो गरेका हुन्।

 

शल्यचिकित्सकहरूको उक्त समूहले झन्डै साढे दुई दिन मिर्गौलाको निगरानी गरे, पटकपटक जाँच र परीक्षण गरे।

अनुसन्धानको नेतृत्व गरिरहेका चिकित्सक रोबर्ट मोन्ट्गोमरीले बीबीसीसँग भने, “हामीले मानवमिर्गौला प्रत्यारोपण गरे सरह काम गरिरहेको मिर्गौला देख्यौँ जुन एउटा सामान्य मानवमिर्गौलाले गर्ने सबै कुरासँग मिल्दोजुल्दो देखियो।”

“सुँगुरको मिर्गौलाले मानव शरीरमा पनि सामान्य रूपमा काम गर्‍यो। प्रत्यारोपण गरिएको शरीरले त्यसलाई अस्वीकार गरेन।”

शल्यचिकित्सकहरूले सुँगुरको मिर्गौलासँगै थाइमस ग्रन्थिको केही भाग समेत प्रत्यारोपण गरेका थिए। कण्ठाधारनजिकै हुने उक्त ग्रन्थिले प्रतिरक्षा कोशिकाहरूको विकास गरी मानव शरीरलाई लामो समयसम्म मिर्गौला अस्वीकार गर्न रोक्ने सम्भावना भएकाले त्यसो गरिएको हो।

अङ्ग प्रत्यारोपणको प्रतीक्षा सूचीमा रहेका मानिसहरूको लागि तत्काल अङ्ग खोज्न आवश्यक भएको डा. मोन्ट्गोमरीको धारणा छ। उनले आफूले पनि मुटु प्रत्यारोपण गराएका छन्।

उनी आफ्नो यो कार्य विवादित हुन सक्ने स्वीकार्छन्।

“एउटा मानिसलाई बचाउनका लागि अर्को मर्नुपर्ने परम्परा सधैँ रहिरहनेछैन,” उनी भन्छन्,”मलाई थाहा छ यो चिन्ताको विषय हो। अनि यो पनि सत्य हो कि अहिले ४० प्रतिशत बिरामीले अङ्ग प्रत्यारोपण कुर्दाकुर्दै ज्यान गुमाउँछन्।”

उनले मासु र औषधिका लागि प्रयोग गरिने सुँगुर मिर्गौला प्रत्यारोपणका लागि प्रयोग गरिनुमा कुनै समस्या नभएको बताए। यो परीक्षण प्रारम्भिक भएको र यस विषयमा थप अनुसन्धान आवश्यक रहेको बताए।

मिर्गौला प्राप्त गर्ने मानिसका परिवारको अनुमतिपछि शल्यक्रिया गरिएको हो। सुरुमा परिवारकै सदस्य ती बिरामीलाई मिर्गौला दिन तयार थिए।

अमेरिकी नियामक संस्था एफडीएले आनुवंशिक रूपमा परिमार्जित सुँगुरका अङ्गहरू यस्ता किसिमका अनुसन्धानका लागि प्रयोग गर्ने अनुमति दिएको छ।

डा. मोन्ट्गोमरीले आगामी एक दशकमा सुँगुरका अन्य अङ्गहरू मुटु, फोक्सो र कलेजो पनि मानवमा प्रत्यारोपण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

द न्याश्नल हेल्थ सर्भिस इन इङ्ल्यान्डकी (एनएचएस) सघन उपचारकी चिकित्सक डा. मार्याम खोस्रवीले भनिन्, “जनावरबाट मानिसमा प्रत्यारोपण हामीले दशकौँदेखि अध्ययन गरिरहेको विषय हो र एउटा समूहले यो कार्यलाई अघि बढाउनु निकै रोचक विषय हो।”

नैतिकतासम्बन्धी विषयलाई इङ्गित गर्दै उनले भनिन्,”हामीले यस्तो प्रत्यारोपण गर्न सफल भयौँ भन्दैमा व्यवहारमा गर्नैपर्छ भन्ने होइन। सम्बन्धित पक्षले यस्ता प्रश्नको कस्तो उत्तर दिन्छ त्यो पर्खनुपर्ने हुन्छ।”

एनएचएस ब्लड एन्ड ट्रान्सप्लान्टका प्रवक्ताले भने तत्कालका लागि मिल्दो मानव दाताहरू हुनु प्राथमिकताको विषय भएको बताए।

परीक्षण गरिएको जस्तो प्रत्यारोपण वास्तविक व्यवहारमा हुन अझै समय लाग्ने भएकाले मानव अङ्गदानमै ध्यान पुर्‍याइनुपर्ने उनको धारणा छ।

“अनुसन्धानकर्ता र चिकित्सकहरूले बिरामीलाई प्रत्यारोपण गराउने सम्भावना बढाउन निरन्तर काम गरिरहे पनि सबै जनाले अङ्ग प्रत्यारोपणबारे निर्णय गरेर यदि अङ्ग प्रत्यारोपण सम्भव छ भने आफूले के चाहेको हो त्यो आफ्नो परिवारलाई जानकारी दिन आवश्यक छ,” उनले भने। -बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?