ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

बेमौसमी बर्षाले रुवायो किसान

४ कार्तिक २०७८, बिहीबार
४ कार्तिक २०७८, बिहीबार

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–१ का किसान दशरथ यादवले करिव २० विघामा धान खेती लगाएका छन् । केही आफ्नो खेत हो भने अधिकांस अधिया हो । खेतमा धान पाकेर काट्ने बेला भएको छ । अरु किसानले भन्दा केही ढिला धान रोपेका उनको खेतमा धान नकाट्दै बेमौसमी बर्षाको कारण आएको बाढिले अधिकांस खेत डुवाएको छ । उनी भन्छन्–‘के बेला पानी परेको हो, सबै खत्तम पा¥यो । ’

उनी एक प्रतिनिधि पात्र हुन, उनी जस्ता लुम्बिनी प्रदेशका अधिकांस जिल्लाका किसानहरुको धान खेतीमा बाढि पसेको छ । काटेको धान बगाएको छ भने काट्न बाँकी रहेका धान खेतमा नै डुेबेको कारण उम्रेला की भन्ने डर छ । विगत केही दिनदेखि अविरल बर्षाका कारण अधिकांस किसानको खेतमा काट्ने बेलाको धान बाढिले बगाएको छ ।

लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका निमित्त सचिव तुलसीराम भण्डारीका अनुसार पहिलो चरणमा प्रदेशका सबै जिल्लाहरुको प्रारम्भिक क्षतिको विवरण लिने कार्य गरिएको छ । बेमौसमी बर्षाको कारण पहिलो चरणमा संकलन गरिएको विवरण अनुसार लुम्बिनी प्रदेशमा ४ अर्व ५१ करोड ४२ लाख ५४ हजार ८० रुपैयाँ बराबरको क्षती भएको पाइएको हो । लुम्बिनी प्रदेशमा कुल ३ लाख १७ हजार ४ सय १४ मेट्रिक टन धानमा क्षती पुगेको मन्त्रालयको तथ्यांक छ ।

क्षतीको विवरणमा प्रारम्भिक तथ्यांक लिने काम भइरहेको जानकारी दिदै मन्त्रालयका निमित्त सचिव तुलसीराम भण्डारीले बाढिले पु¥याएको क्षतीको विषयमा प्रदेशका मुख्यमन्त्रीकुल प्रसाद केसी मार्फत प्रधानमन्त्री समक्ष समेत जानकारी गराईएको जानकारी दिए । उनले भने–‘हाल सम्मको क्षतीको विषयमा हामीले मुख्य मन्त्रीमार्फत प्रधानमन्त्रीलाई समेत जानकारी गराएका छौं्र ।’ राहतको विषयमा भने प्रदेश मन्त्रीपरिषदले ठोस निर्णय गरेको छैन भने संघीय सरकारले समेत यो विषयमा तत्काल किसानलाई राहत दिने विषयमा ठोस निर्णय गर्न सकेको छैन ।

प्रदेशको खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका अनुसार रुपन्देहीमा सबैभन्दा बढि बाढिले क्षती पु¥याएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६७ हजार, ५ सय ५० हेक्टर क्षेत्रफलमा लगाईएको धानमा रुपन्देहीमा बाढिको कारण क्षती पुगेको छ ।

यस्तै कपिलवस्तुमा ६४ हजार ३५०, बर्दियामा ४९ हजार ६ सय ३८, दाङमा ३७हजार ९ सय ३६, बाँकेमा ३५ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा लगाईएको धानमा पुर्णरुपमा बाढिले क्षती पु¥याएको छ ।

यस्तै नवलपरासीमा २२ हजार ७ सय १२, गुल्मीमा १० हजार २ सय ४६, पाल्पामा ८ हजार ९ सय १०, अर्घाखाँचीमा ८ हजार ३ सय ४, प्पूठानमा ६ हजार १४, रोल्पामा ४ हजार ७ सय ९२, रुकुममा २ हजार ५८ हेक्टर क्षेत्रफलमा बेमौसमी बर्षाले धान बालीमा क्षती पु¥याएको छ ।

किसानले खेतमा काटिसकेको धान३६ हजार ४ सय ८० हेक्टरमा २३ हजार ७ सय १२ हेक्टर अर्थात ६५ प्रतिशत क्षती पुगेको छ ।

यस्तै खडा बाली ढलेको ९३ हजार ५ सय ७६ हेक्टरमा२० प्रतिशत अर्थात १८ हजार ७ सय १५ हेक्टरमा क्षती पुगेको छ ।
प्रदेशको कृषि विकास निर्देशनालयले किसानलाई मात्र आवश्यक क्षतिपूर्तिका लागिप्रदेश तथा संघीय सरकारका विभागीय मन्त्रालयसँग छलफल शुरु गरेको जनाएको छ ।

मातृ संस्था खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय साथै संघीय मन्त्रालयसँग छलफल भईरहेको प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देबकोटा बताउँछन् । ‘के कसरी क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ, केही दिनमा हामीले स्थानीय सरकारको समेत समन्वयमा क्षतिको विवरण हेरेर केही उपाय निकाल्ने प्रयत्न गरिरहेका छौं’– उनले भने । पश्चिम तराईका अधिकांश खेतहरुमा असोजको अन्तिम साता धान पाकि सकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दै छ ।

दशैँ अगाडि र लगत्तै यहाँका साना तथा ठूला किसानले धान काट्न शुरु गरेका थिए । मौसम बिभागले केहीदिनमा खराब मौसमको संकेत गरे पनि धेरै किसानले त्यो संकेतको ख्याल नगरेका कारण क्षति बढी भएको कृषि विज्ञले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले हल्का र छिटफुट वर्ष हुने सूचना जारी गरेका कारण पनि किसानहरुले माहाशाखाको सूचनालाई बेवास्ता गरेको किसानहरुले बताएका छन् ।

समयमै पानी परेको र मल पनि समयमै पाएकाले अन्य वर्षको तुलनामा यो वर्ष धान खेती बढी हुने अनुमान गरिएको थियो । लुम्बिनीमा प्रति हेक्टर ३ दशमलब ५ मेट्रिक टन धान उत्पादन हुने कृषि निर्देशनालयले प्रक्षेपण गरेको प्रमुख देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?