© २०२३
बुटवल,४ साउन । व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको एक क्वीन्टल सुनमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको आशंका व्यक्त गरेका छन् । तर, सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको मल्होत्राले बताए ।
उनले भने, सुन आयात गर्न मसम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ।’
समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै आफैं कल्पना गरेर नाम मुछिएको उनको भनाइ छ । आफ्नो तस्बिरसमेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरिएको उनले बताए ।
आफूले २०५५–५६ सालसम्म भन्सार तिरेर वैध तरिकाले सुनको व्यापार गरेको तर त्यसपछि त्यो छाडेर अन्य व्यापारमा लागेको मल्होत्राले बताए । अहिलेको प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार रहेको उनको भनाइ थियो ।
उनले थपे, जुन गिरोहले यो सामान ल्याएको छ, उनीहरुलाई बचाउन मप्रति लक्षित गरिएको भन्ने बुझेको छु ।’
प्रधानमन्त्री र शीर्ष नेताहरूसँगको तस्बिरबारे पनि उनले प्रष्टीकरण दिए ।
उनले भन्सार कर्मचारीहरु पनि कसैलाई नचिन्ने बताए ।
आफूले सञ्चारमाध्यमलाई पछिल्लो समय विज्ञापन दिन नसकेकाले पनि गलत समाचार लेखिएको हुन सक्ने मल्होत्राको अनुमान छ ।